राष्ट्रिय प्रसारण लाइनमा जोडियो जुम्ला

जुम्ला सदरमुकाम खलंगा आइतबारदेखि राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । विद्युत् प्राधिकरणले राष्ट्रिय प्रसारण लाइन पुर्‍याएसँगै खलंगासहित आसपासका गाउँका दुई हजार एक सय घरमा एकैसाथ बिजुली बलेको हो ।

सम्बन्धित सामग्री

७६ जिल्लामा पुग्यो राष्ट्रिय प्रणालीको विद्युत्

काठमाडौं। नेपालको ७६ जिल्लामा राष्ट्रिय प्रणालीको विद्युत्को पहुँच पुगेको छ । कर्णाली प्रदेशको मुगुमा केन्द्रीय प्रसारण लाइनको विद्युत् विस्तार भएसँगै विद्युत्को राष्ट्रिय प्रणालीमा जोडिएका जिल्ला ७६ ओटा पुगेका हुन् । नेपाल विद्युत् प्राधिकरणले कालिकोटबाट जुम्ला जाने ३३ केभी प्रसारण लाइनलाई नाग्मा भन्ने स्थानमा ‘ट्यापिङ’ गरी मुगुको सदरमुकाम गमगडीसम्म विद्युत् पुर्‍याएको हो । यसका लागि करीब ८५ किलोमिटर लाइन निर्माण गरिएको छ । प्राधिकरणले आइतवारदेखि गमगडीलगायत क्षेत्रमा राष्ट्रिय प्रसारण लाइनबाट विद्युत् आपूर्ति दिन शुरू गरेको छ ।  प्राधिकरणले ४०० किलोवाट जडित क्षमताको गमगाड साना जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन गरी गमगढी र आसपासका क्षेत्रमा विद्युत् आपूर्ति गर्दै आएको थियो । अब कर्णाली प्रदेशको हुम्ला जिल्ला मात्र राष्ट्रिय प्रसारण लाइनमा जोडिन बाँकी छ । हुम्लामा राष्ट्रिय प्रसारण लाइनमा पुर्‍याउन ठेक्का सम्झौता सम्पन्न भई ‘सर्भे’ भइरहेको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले साना जलविद्युत् समय समयमा बन्द हुँदा मुगुमा हुने विद्युत् आपूर्तिको समस्या राष्ट्रिय प्रसारण लाइन पुगेपछि समाधान हुने जानकारी दिए । उनले राष्ट्रिय प्रसारण लाइन पुगेकाले विद्युतीकरण तीव्र रूपमा अगाडि बढाइने बताए । हाल मुगुमा प्राधिकरणका ३ हजार ५०० घरधुरी ग्राहक छन् । गतवर्षको असोजमा आएको विनाशकारी वर्षाका कारण गमगाड साना विद्युत्गृहमा क्षति पुग्दा विद्युत् उत्पादन बन्द भएको थियो । प्राधिकरणले तत्कालै ‘डिजेल जेनेरेटर’ जडान गरी विद्युत् आपूर्ति दिएको थियो । भारी वर्षासँगै आएको बाढीपहिरोले छायाँनाथ रारा नगरपालिका–४ स्थित विद्युत्गृहको ११०० मिटर लामो नहरमध्ये झण्डै ७०० मिटरमा क्षति पुर्‍याएको थियो । यसैगरी, बाढीपहिरोबाट विद्युत्गृहको सबस्टेसनका संरचनामा पनि क्षति पुगेको थियो । बाढीपहिरोले क्षति पुर्‍याएको नहरको पुनर्निर्माण र मर्मतपछि विद्युत्गृह सञ्चालनमा ल्याइएको थियो । मुगुको विद्युत् आपूर्ति भरपर्दो र गुणस्तरीय बनाउन गमगाडमा ३३/११ केभी सबस्टेसन र ११ केभीको लाइनलाई ३३ केभीमा स्तरोन्नति गर्ने कार्य भइरहेको प्राधिकरण, कर्णाली प्रदेश कार्यालयका प्रमुख शम्भु कुसियत यादवले बताए ।

बाढी-पहिरोका कारण नेशनल ग्रीड दुई सातादेखि अवरुद्ध

जुम्ला । असोज अन्तिम साता आएको वर्षासँगै बाढीपहिरोले राष्ट्यि प्रशारण लाइनमा (नेशनल ग्रीड) अवरुद्ध भएको छ । बाढीपहिरोका कारण क्षति पुगेपछि विद्युत आपूर्ति   अवरुद्ध भएको  हो । दैलेख, कालिकोट हुँदै जुम्ला राष्ट्रिय प्रसारण लाइन पुगेको छ । बाढीपहिरोले जुम्ला र कालिकोट खण्डमा ९० वटा पोल र तारमा क्षति भएपछि दुई सातादेखि विद्युत आपूर्ति नभएको नेपाल […]

जुम्ला जोडियो राष्ट्रिय प्रसारण लाइनमा

कर्णालीको जुम्ला नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । प्राधिकरण जुम्लाले आइतबारदेखि जुम्लालाई विद्युत्को राष्ट्रिय प्रसारण लाइनमा जोडेको हो । प्राधिकरणका जुम्ला वितरण प्रमुख गौरव पाण्डेका अनुसार जुम्लामा ११ केभीको राष्ट्रिय प्रसारण लाइन जोडिएको छ । प्राधिकरणले कालीकोटबाट अहिले तत्कालका लागि ११ केभी लाइन जुम्ला जोडेको छ । गत असारमा कालीकोट पनि विद्युत्को राष्ट्रिय प्रसारण लाइनमा जोडिएको थियो ।

जुम्ला विद्युत्को राष्ट्रिय प्रसारण लाइनमा जोडियो

जुम्ला सदरमुकाम खलङ्गा बजारमा राष्ट्रिय प्रसारण लाइन जोडिएको छ । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र जुम्लाका प्रमुख गौरव पाण्डेका अनुसार जिल्लामा ११ केभीको राष्ट्रिय प्रसारण लाइनमा जोडिएको बताए ।उनले भने, “प्राधिकरणले कालीकोटबाट अहिले तत्कालका लागि ११ केभी लाइन जुम्ला जोडिएकोे छ, प्राधिकरणले कालीकोट लाइन पुग्ने बित्तिकै जुम्ला चाँडै जोड्ने लक्ष्यअनुसार तीव्र गतिमा काम गरिरहेको थियो, सोहीअनुसार जुम्लाबाट कर्णाली राजमार्ग क्षेत्रको कालीकोटको मान्मसम्म लाइन जोड्नु पूर्ण लाइनसमेत परीक्षण ग

१० दिनभित्र राष्ट्रिय प्रसारण लाईनमा जोडिदैं जुम्ला

साउन ५, सुर्खेत । कर्णाली प्रदेशको दोस्रो ठूलो शहर जुम्लामा अबको १० दिनभित्रै राष्ट्रिय विद्युत् प्रसारण लाईन जोडिने भएको छ ।  नेपाल विद्युत् प्राधिकरणसँगको छलफलका क्रममा कर्णाली प्रदेशका जलस्रोत तथा ऊर्जा विकास मन्त्री दीनबन्धु श्रेष्ठले मंगलवार सुर्खेतको वीरेन्द्रनगरमा जुम्ला जिल्लालाई अबको १० दिनभित्रै विद्युतको राष्ट्रिय प्रसारण लाईनसँग जोड्ने तयारी भएको जानकारी दिए ।  उनले नेपाल विद्युत् प्राधिकरणका पदाधिकारीसँगको छलफलका क्रममा जुम्लामा विद्युतको राष्ट्रिय प्रसारण लाईन पुर्‍याउन टान्सफर्मरलगायतका विद्युतका सामग्रीहरु अपुग भएमा प्रदेश प्रदेश सरकार आवश्यक सहयोग र सहजीकरण गर्न तयार रहेको बताए ।  ‘छिमेकी जिल्लासम्म पुगिसकेको विद्युतको प्रसारणलाइन तत्काल जुम्लासम्म पु¥याउन विद्युत् प्राधिकरणलाई निर्देशन दिएको छु,’ मन्त्री श्रेष्ठले भने, ‘हप्ता १० दिनभित्रमा जुम्लामा राष्ट्रिय प्रसारण लाइन पुग्ने अपेक्षा लिएको छु ।’ नेपाल विद्युत् प्राधिकरण कर्णाली प्रदेश कार्यालयका प्रमुख सुरेन्द्र अग्रहरिले जुम्लालाई राष्ट्रिय प्रसारण लाईनमा जोड्न तीव्रताका साथ काम भइरहेको बताए ।  ‘कालिकोटसम्म ३३ केभीलाइन पुर्‍याएका छौं, जुम्लामा लाईन विस्तारको काम भइरहेको छ,’ उनले भने, ‘एक साताभित्र जुम्लालाई राष्ट्रिय प्रसारण लाइनमा जोड्ने लक्ष्य राखेका छौं ।’ उनले निरन्तरको वर्षाका कारणले काममा समस्या भइरहेको भएपनि चाँडोभन्दा चाँडो जुम्लालाई राष्ट्रिय प्रसारण लाईनमा जोड्ने लक्ष्यका साथ कामले निरन्तरता पाईरहेको जानकारी दिए ।  उनका अनुसार एक सातामै दैलेखको दुल्लु सव–स्टेशनमार्फत कालिकोटमा ३३ केभी प्रसारण लाईन पुग्दैछ । कालिकोट सदरमुकाम मान्मबाट जुम्लासम्म तत्कालका लागि ११ केभी प्रसारणलाइन पुर्‍याउने लक्ष्य प्राधिकरणको छ । मान्मादेखि जुम्ला खण्डको ३५ किलोमिटर खण्डमा विद्युत् प्रवाह भइरहेको छ ।