अमेरिकाले १२ रुसी कुटनीतिज्ञलाई हटाउने निर्णय गरेपछि रुसले बदलास्वरुप थुप्रै अमेरिकी कुटनीतिज्ञलाई आफ्नो देशबाट निष्कासित गर्ने बताएको छ ।अघिल्लो महिना अमेरिकाले राष्ट्रिय सुरक्षा चिन्ताको कारण न्युयोर्कस्थित संयुक्त राष्ट्र नियोगबाट रुसी कुटनीतिज्ञलाई निष्कासन गरेको थियो । र पछि अमेरिकाले संयुक्त राष्ट्रमा एक अतिरिक्त रुसी कुटनीतिज्ञ जासुस भएको दाबी गर्दै उनीहरुलाई निष्कासित गरेको थियो ।सोमबार रुसका लागि अमेरिकी राजदूत जोन सुलिभानलाई बोलाइएको थियो र रुसको विदेश मन्त्रालयले राष्ट्रपति बाइड