रुसले जवाफी कारवाही स्वरुप अमेरिकाका १० कूटनीतिज्ञलाई निष्कासित गरिदिएको छ । यसका साथै रुसले आठ वरिष्ठ अधिकारीलाई कालो सूचीमा राखिदिएको छ ।रुसले प्रतिबन्ध लगाएकामध्ये अमेरिकी जाँच एजेन्सी एफबीआईका निर्देशक र अमेरिकाका अटोर्नी जनरल समावेश छन् ।अमेरिकाले एक दिनअघि रुसका थुप्रै अधिकारीविरुद्ध यस्तै कारवाही गरेको थियो । तत्पश्चात्, रुसले यसको जवाफ फर्काउने बताएको छ ।तनावको स्थितिका बीच दुई देशले यस्तो कदम उठाएका हुन् ।रुसले ठूलो संख्यामा आफ्नो सैनिकलाई युक्रेनको सीमा नजिकै भेला गरिरहेको छ ।यस्तै अमे