प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्यबाट समेत निष्कासित गर्न भोलि आइतवार नेकपा प्रचण्ड–नेपाल समूहले स्थायी कमिटी बैठक बोलाएको छ ।
पार्टी कार्यालय पेरिसडाँडामा आइतवार दिउँसो साढे १२ बजे बैठक बोलाइएको स्थायी कमिटी सदस्य पम्फा भुसालले जानकारी दिइन् ।
पार्टी हितविपरीत गतिविधि गरेको आरोपमा ओलीलाई स्पष्टीकरण सोधिएकोमा जवाफ नआएकाले भोलिको बैठकबाट साधारण सदस्य समेत नरहने गरी कारवाहीको निर्णय हुने नेकपा स्रोतले जनाएको छ । यसअघि अध्यक्ष माधवकुमार नेपालले समेत ओलीलाई कारवाही गर्न लागिएको जानकारी सार्वज...