राष्ट्र बैंकको भुक्तानी प्रणालीसम्बन्धी नयाँ सर्कुलर जारी

काठमाडौं । नेपाल राष्ट्र बैंकले भुक्तानी प्रणालीसम्बन्धी नयाँ सर्कुलर जारी गरेको छ । केन्द्रीय बैंकले १ लाखसम्म कारोबार गर्ने व्यवसाय तथा मर्चेन्ट आवद्ध गर्दा अन्य व्यवसायभन्दा फरक रुपमा मूल्यांकन गर्न बैंक तथा वित्तीय संस्थालाई सर्कुलर जारी गरेको हो । सम्पत्ति शुद्धीकरण तथा आतंकवाद कार्यमा वित्तीय लगानी विषयअनुसार यो निर्देशन जारी गरेको र त्यस्ता व्यवसायलाई छुट्टै […]

सम्बन्धित सामग्री

चैतदेखि संस्थागत निक्षेपकर्तालाई राष्ट्र बैंकले दिएको राहत लागू हुने

काठमाडौं । संस्थागत निक्षेप कर्ताले आगामी चैत १ गतेबाट नेपाल राष्ट्र बैंकको सहुलियत पाउने भएका छन् । राष्ट्र बैंकले सर्कुलर जारी गर्दै चैत १ गतेबाट संस्थागत निक्षेप कर्ताका लागि मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा मार्फत दिइएको राहत कार्यान्वयन गर्न बैंक तथा वित्तीय संस्थालाई भनेको छ । बैंकले संस्थागत निक्षेप र व्यक्तिगत निक्षेपकर्ताको ब्याजदरमा १ प्रतिशत विन्दुले […]

विकास बैंकहरुलाई काउन्टर साइक्लिकल बफर कायम गर्न राष्ट्र बैंकको निर्देशन

काठमाडौ । नेपाल राष्ट्र बैंकले राष्ट्रियस्तरका विकास बैंकहरुलाई पनि काउन्टर साइक्लिकल बफर कायम गर्न निर्देशन दिएको छ । अब विकास बैंकहरुले पनि थप २.५ प्रतिशत पूँजी कोष कायम गर्नुपर्नेछ । मौद्रिक नीतिमा आएको व्यवस्थालाई राष्ट्र बैंकले शुक्रबार सर्कुलर जारी गर्दै कार्यान्वयनमा लगेको छ । काउन्टर साइक्लिकल बफरअनुसार ११ प्रतिशत कायम गर्दै आएको पूँजी कोष अनुपातमा […]

राष्ट्र बैंकको निर्देशनले बजारमा गाडीको ब्रेक र क्लच अभाव हुने संकेत

नेपाल राष्ट्र बैंकले आयातमा कडाई गर्न शत् प्रतिशत क्यास मार्जिज राख्नुपर्ने व्यवस्था गरेपछि सवारी साधनको स्पेयर पार्टस्को अभाव हुने भएको छ । एलसी खोलेर आयात गरिने बस्तुको आयातमा कडाई गर्न राष्ट्र बैंकले १ सय प्रतिशतसम्म मार्जिन राख्नुपर्ने व्यवस्था गरेसँगै ब्रेक लाईनिङ, क्लच जस्ता बस्तुको अभाव हुने भएको हो ।राष्ट्र बैंकले एचएस कोड ६८ बाट सुरु हुने बस्तुको आयातमा १ सय प्रतिशत मार्जिन राख्नुपर्ने व्यवस्था गरेपछि बजारमा गाडी तथा मोटरसाइकलको लागि अत्यावश्यक ब्रेक तथा क्लच लगायतका बस्तुको अभाव हुने नाडा अटोमोबाइल्स एसोसियसनका उपाध्यक्ष सुनिल रिजाल बताउँछन् । ‘एलसी खोल्न जाँदा सय प्रतिशत मार्जिन राख्नुपर्छ भनिन्छ, स्पेयर पार्टस् त अत्यावश्यक क्षेत्र हो भनेर हामीले भन्दा पनि बैंकले सय प्रतिशत मार्जिन राख्नुपर्ने भन्दै एलसी खोल्न मानेका छैनन्, धेरै साथीहरुबाट गुनासो आईरहेको छ’ रिजालले भने ।रिजालका अनुसार राष्ट्र बैंकको सर्कुलरले बैंकहरुले एलसी खोल्न सय प्रतिशत मार्जिन खोज्न थालेपछि बजारमा कम गुणस्तरका ब्रेक तथा क्लचहरु भित्रिने जोखिम पनि रहन्छ । ब्रेक र क्लचको आयातमा कडाई गर्ने नीति होइनः राष्ट्र बैंकराष्ट्र बैंकले पनि ब्रेक लाइनिङ तथा क्लच अत्यावश्यक बस्तुभित्र पर्ने भएकाले शत प्रतिशत मार्जिन राख्नुपर्ने व्यवस्था नहुनुपर्ने स्वीकार गरेको छ । नाडाका प्रतिनिधिहरुले यो विषय उठाएपछि राष्ट्र बैंकले यसलाई मौखिक रुपमा स्वीकार पनि गरेको छ । ‘अत्यावश्यक बस्तुको आयातमा पूरानै व्यवस्थाको निरन्तरता हो’ राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्ट भन्छन्, ‘ब्रेक, क्लच लगायतका सवारीका अत्यावश्यक बस्तुको आयात कडाई गर्ने राष्ट्र बैंकको नीति होइन ।’ अर्को सर्कुलर आवश्यकः व्यवसायीराष्ट्र बैंकले नाडाका प्रतिनिधिसँग भेट पनि गर्ने बताएको छ । राष्ट्र बैंकका प्रवक्ता डा. भट्टले नाडाका प्रतिनिधिसँग भेट गर्ने जनाएपनि समय भने अहिलेसम्म नदिएको नाडाका उपाध्यक्ष सुनिल रिजाल बताउँछन् । व्यवसायीहरुले राष्ट्र बैंकले मौखिक रुपमा स्वीकार गरिसकेको विषय भएकाले पुनः अर्को सर्कुलर आवश्यक रहेको बताएका छन् । राष्ट्र बैंकले अर्को सर्कुलर जारी नगरेसम्म बैंकहरुले सहजै एलसी खोलिदिने अवस्था नरहेको भन्दै नाडाका उपाध्यक्ष रिजालले राष्ट्र बैंकले अर्को सर्कुलर जारी गर्नुपर्ने बताए ।

राष्ट्र बैंकको निर्देशनले बजारको ‘चेन’ बिग्रने डर, पूरानो उधारो नउठ्ने जोखिम

नेपाल राष्ट्र बैंकले सोमबार एउटा सर्कुलर जारी गर्दै बस्तुको आयातमा कडाई गरेको छ । ऋणको ठूलो हिस्सा आयातमा प्रयोग भई त्यसको असर तरलतामा देखिन थालेको भन्दै राष्ट्र बैंकले बस्तुको आयातमा कडाई गरेको हो । राष्ट्र बैंकले विभिन्न १८ प्रकारका वस्तुको आयात गर्दा अनिर्वाय सय प्रतिशतसम्म नगद मार्जिन तथा २ प्रकारका सामान आयात गर्दा ५० प्रतिशत नगद मार्जिन राख्नु पर्ने ब्यवस्था गरेको छ । अर्थात् कुनै सामान आयात गर्दा १०० रुपैयाँ लाग्ने छ भने १०० रुपैयाँ नै मार्जिनको रुपमा राख्नु पर्ने छ । यसो गर्दा ब्यापारीले सामान आयात गर्दा थप नगदको ब्यवस्था गर्नु पर्नेछ । यसबाट आयात निरुत्साहित हुने राष्ट्र बैंकको विश्वास छ । के पर्छ असर ?राष्ट्र बैंकको यस खालको नीतिले बजारको ‘चेन ब्रेक’ हुने व्यवसायी बताउँछन् । आत्मनिर्भर नभएका र स्वदेशी उत्पादनले नधान्ने बस्तुको आयातमा गरिएको कडाईले महँगी बढ्ने नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका उपाध्यक्ष दुर्गाराज श्रेष्ठ बताउँछन् । ‘मानौ कुनै व्यवसायीले ५० करोडको एलसी खोल्थ्यो, त्यसमा १० प्रतिशत क्यास मार्जिन राख्थ्यो पुग्थ्यो, अब सय प्रतिशत राख्नुपर्ने भएपछि त्यो पैसा कहाँबाट ल्याउने ?’ श्रेष्ठ भन्छन्, ‘बैंकले ऋण बन्द गरेका छन्, क्यासमा ल्याउन सक्ने अवस्था छैन ।’यसअघिःयी हुन् राष्ट बैंकले आयातमा कडाई गरेका वस्तु, गाडी, कस्मेटिक सामान, रक्सिदेखि पानीसम्मयदि कुनै व्यवसायीले सय प्रतिशत क्यास मार्जिन राखेर बस्तु आयात गरेपनि उसले यहाँ ल्याएपछि उधारोमा दिन नसक्ने उनको भनाई छ ।‘ल मानौँ, कुनै व्यवसायीले सय प्रतिशत नै क्यास मार्जिन राखेर ल्यायो रे, तर यहाँ ल्याएपछि उसले उधारोमा त सामान दिन सक्दैन । कसैले ६० दिनको एलसी खोलेर सामान ल्याउँथ्यो होला, उसले ३० दिनको लागि यता उधारो दिन्थ्यो होला, पैसा उठेपछि फेरि अर्को एलसी खोल्थ्यो होला । यो बजार त यस्तो चेनमा चलिरहेको हो नि । तर, राष्ट्र बैंकले जुन ब्यवस्था गर्यो, त्यसले विजनेशको चेन नै ब्रेक गर्ने भयो ।’पूरानो उधारो नउठ्ने जोखिमराष्ट्र बैंकको नयाँ ब्यवस्थाले पहिल्यै उधारोमा गईसकेको सामानको पैसा नउठ्ने जोखिम पनि सिर्जना गरिदिएको श्रेष्ठको भनाई छ । ‘जुन चेनमा बजार घुमिरहेको थियो, त्यो चेन घुमाउन नसकेपछि व्यवसायी त पलायन हुन्छ, व्यवसाय छोड्नुको विकल्प हुँदैन’ उनले थपे, ‘अनि उधारोमा गईसकेको सामानको पैसा कसरी उठ्छ ? मैले गरिरहेको व्यवसाय मैले छोडेपछि उधारो लैजानेले सामान कहाँबाट पाउँछ ? उसले यसअघि नै उधारोमा लगेको सामानको पैसा कसरी तिर्न सक्छ ?’अहिले बजारमा गईसकेको उधारो अर्बौ रुपैयाँको रहेको व्यवसायीहरु बताउँछन् । एकातिर एलसी बन्द र अर्कोतिर बैंकबाट प्रवाह हुने कर्जाको उपलब्धता पनि नभएको अवस्थामा राष्ट्र बैंकबाट महँगी बढ्ने तर, राजस्वमा गिरावट आउने नीजि आउनु दुःखको विषय भएको आयातकर्ताहरु बताउँछन् ।यी हुन् राष्ट्र बैंकले आयातमा कडाई गरेका बस्तुःल्वाङचुइगम चकलेट शखरचिनीग्लुकोज ल्याक्टोजमिनरल वाटर अल्कोहल नभएको बियर इनर्जी ड्रिंकजौको बियर अन्य बियर वाइनसाइडरअल्कोहलजन्य अन्य पदार्थ व्हिस्की, रम, भोड्का , भिनेगरटोब्याकोचुरोटहुक्का फ्लेभर परफ्युम मेक अप सामग्री पाउडर फेस क्रिम पालिस लोसन सौदर्य समबन्धि सामग्री श्याम्पू कपालमा लगाउने तेल कपाल रंग्याउने सामग्री धुप कस्मेटिक सामग्री काठ तथा काठबाट बनेका सामग्रीटुथ पिक क्लोथ ह्यांगर सलाईको काँटी जुत्ता चप्पल क्याप टोपीटाउकोको सुरक्षामा लगाईने टोपी, छाता टेक्ने लौरोकृतिम फूलहरु नक्कली कपाल, दारी, जुँगा, आँखी भौ टायल मार्बल ढुंगाबाट बनेका सजावट सामग्री इट्टा, ब्लक ग्रेफाइटका सामग्री सेरामिक सामग्री ग्लास तथा ग्लासबाट बनेका सामग्री बोतल, थर्मस चाँदी, चाँदीको धुलो, चाँदीबाट बनेका सामग्री ३ पांग्रे रिक्सा, हजार सिसिभन्दा बढीका गाडी, एम्बुलेन्स, सब बहान मोटरसाइकल, साइकल मेटल तथा मेटलबाट बनेका सामग्री (अपाङ्गता भएका व्यक्तिले प्रयोग गर्ने बाहेक) काठका फर्निचर , प्लास्टिकका फर्निचर, बाँसका फर्निचर, अन्य सामग्रीका फर्निचर खेल्ने तास

राष्ट्र बैंकको सर्कुलर : तोकियो पहिलोपटक चाँदीमा कोटा

नेपाल राष्ट्र बैंकले आयात नियन्त्रण गर्ने गरि नयाँ   सर्कुलर जारी गरेको छ । सोमबार बेलुका सूचना जारी गर्दै केन्द्रीय बैंकले कच्चा चाँदीको आयातदेखि अन्य बस्तुको आयातमा समेत कोटा तोकेको हो ।  पहिलो पटक केन्द्रीय बैंकले चाँदीको आयातमा कोटा प्रणाली लागू गरेको छ ।  बैंकद्वारा जारी  सर्कुलरअनुसार अब चाँदी एक पटकमा ३५ हजार अमेरिकी डलर बराबरको मात्र आयात गर्न पाइनेछ । बैंक ग्यारेन्टी मार्फत् हुने यस्तो आयात चाँदी व्यवसायीले, हस्तकला व्यवसायीले गरगहना वा अन्य वस्तु निर्माण ग

२४ बैंकले ब्याजको दर दोहोरो अंकमा पुर्याए, मेगा सहित तीन बैंकले एकल अंकमा राखे

नेपाल राष्ट्र बैंकले ब्याजदर निर्धारणमा नयाँ फर्मुला तोकेपछि २४ वटा कमर्शियल बैंकले व्यक्तिगत तर्फको मुद्दती निक्षेपको ब्याज बढाएर दोहोरो अंकमा पुर्याएका छन्। समान ब्याज राख्ने प्रस्तावमा कमर्शियल बैंकका सीईओहरुबीच सहमती नजुटेपछि यी २४ वटाले ब्याज दोहोरो अंकमा पुर्याएका हुन्। २४ वटा कमर्शियल बैंकमे व्यक्तिगत तर्फको मुद्दती निक्षेपको ब्याज बढाएर १०.०५ प्रतिशत पुर्याएका छन्। उनीहरुले नेपाल राष्ट्र बैंकले आइतबार कात्तिक २८ गते जारी गरेको सर्कुलर अनुसार ब्याज १०.०५ प्रतिशत पुर्याएका हुन्। कमर्शियल बैंकका सीईओहरुबीच मुद्दती निक्षेपको अधिकतम ब्याज ९.७५ वा ९.७४ प्रतिशत राख्ने प्रयास असफल भएपछि सबैले राष्ट्र बैंकको निर्देशनभित्र रहेर ब्याजको दर सार्वजनिक गरेका हुन्।  राष्ट्र बैंकले औषत ब्याजको दरमा १० प्रतिशतले बढाउन पाइने सर्कुलर जारी गरेपछि २४ वटा बैंकले सोहि अनुसार गरेका हुन्। कार्तिक महिनामा वाणिज्य बैंकहरुको औसत ब्याजदर ९.१३ प्रतिशत थियो । अब त्यसमा १० प्रतिशत जोड्दा १०.०४८ प्रतिशत हुन आउँछ ।  यससंगै सबै बाणिज्य बैंकहरुले १०.०४८ प्रतिशतसम्मको ब्याज दर कायम गर्न सक्ने छन् ।  १०.०४८ प्रतिशत अधिकतम सीमा हो, बैंकहरुले सो भन्दा कम ब्याजदर पनि कायम गर्न सक्ने छन्। यहि अनुसार तीनवटा कमर्शियल बैंकले भने मुद्दती निक्षेपको ब्याज एकल अंकमा राखेका छन्। निजि क्षेत्रका बिशेषगरि शिक्षा क्षेत्रका धेरै संस्थापक सेयरधनी रहेको मेगा बैंक, बिदेशी लगानीको स्ट्याण्डर्ड चार्टड बैंक र सरकारी स्वामित्वको राष्ट्रिय बाणिज्य बैंकले ब्याज एकल अंकमा राखेका छन्।मेगा बैंकले मुद्दाती निक्षेपको अधिकतम ब्याज ९.९६ प्रतिशत निर्धारण गरेको छ भने स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालले ९.३० प्रतिशत ब्याज तोकेको छ। त्यस्तै सरकारी स्वामित्वको राष्ट्रिय बाणिज्य बैंकले ९.९६ प्रतिशत तय गरेको छ।