राष्ट्र बैंकको निर्देशनले बजारमा गाडीको ब्रेक र क्लच अभाव हुने संकेत

नेपाल राष्ट्र बैंकले आयातमा कडाई गर्न शत् प्रतिशत क्यास मार्जिज राख्नुपर्ने व्यवस्था गरेपछि सवारी साधनको स्पेयर पार्टस्को अभाव हुने भएको छ । एलसी खोलेर आयात गरिने बस्तुको आयातमा कडाई गर्न राष्ट्र बैंकले १ सय प्रतिशतसम्म मार्जिन राख्नुपर्ने व्यवस्था गरेसँगै ब्रेक लाईनिङ, क्लच जस्ता बस्तुको अभाव हुने भएको हो ।राष्ट्र बैंकले एचएस कोड ६८ बाट सुरु हुने बस्तुको आयातमा १ सय प्रतिशत मार्जिन राख्नुपर्ने व्यवस्था गरेपछि बजारमा गाडी तथा मोटरसाइकलको लागि अत्यावश्यक ब्रेक तथा क्लच लगायतका बस्तुको अभाव हुने नाडा अटोमोबाइल्स एसोसियसनका उपाध्यक्ष सुनिल रिजाल बताउँछन् । ‘एलसी खोल्न जाँदा सय प्रतिशत मार्जिन राख्नुपर्छ भनिन्छ, स्पेयर पार्टस् त अत्यावश्यक क्षेत्र हो भनेर हामीले भन्दा पनि बैंकले सय प्रतिशत मार्जिन राख्नुपर्ने भन्दै एलसी खोल्न मानेका छैनन्, धेरै साथीहरुबाट गुनासो आईरहेको छ’ रिजालले भने ।रिजालका अनुसार राष्ट्र बैंकको सर्कुलरले बैंकहरुले एलसी खोल्न सय प्रतिशत मार्जिन खोज्न थालेपछि बजारमा कम गुणस्तरका ब्रेक तथा क्लचहरु भित्रिने जोखिम पनि रहन्छ । ब्रेक र क्लचको आयातमा कडाई गर्ने नीति होइनः राष्ट्र बैंकराष्ट्र बैंकले पनि ब्रेक लाइनिङ तथा क्लच अत्यावश्यक बस्तुभित्र पर्ने भएकाले शत प्रतिशत मार्जिन राख्नुपर्ने व्यवस्था नहुनुपर्ने स्वीकार गरेको छ । नाडाका प्रतिनिधिहरुले यो विषय उठाएपछि राष्ट्र बैंकले यसलाई मौखिक रुपमा स्वीकार पनि गरेको छ । ‘अत्यावश्यक बस्तुको आयातमा पूरानै व्यवस्थाको निरन्तरता हो’ राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्ट भन्छन्, ‘ब्रेक, क्लच लगायतका सवारीका अत्यावश्यक बस्तुको आयात कडाई गर्ने राष्ट्र बैंकको नीति होइन ।’ अर्को सर्कुलर आवश्यकः व्यवसायीराष्ट्र बैंकले नाडाका प्रतिनिधिसँग भेट पनि गर्ने बताएको छ । राष्ट्र बैंकका प्रवक्ता डा. भट्टले नाडाका प्रतिनिधिसँग भेट गर्ने जनाएपनि समय भने अहिलेसम्म नदिएको नाडाका उपाध्यक्ष सुनिल रिजाल बताउँछन् । व्यवसायीहरुले राष्ट्र बैंकले मौखिक रुपमा स्वीकार गरिसकेको विषय भएकाले पुनः अर्को सर्कुलर आवश्यक रहेको बताएका छन् । राष्ट्र बैंकले अर्को सर्कुलर जारी नगरेसम्म बैंकहरुले सहजै एलसी खोलिदिने अवस्था नरहेको भन्दै नाडाका उपाध्यक्ष रिजालले राष्ट्र बैंकले अर्को सर्कुलर जारी गर्नुपर्ने बताए । 

सम्बन्धित सामग्री

मोदीको ‘चामत्कारिक छवि’ चार सय पारमा काम लागेन, भाजपा शक्तिमा ब्रेक लाग्ने संकेत

भारतको लोकसभा चुनावको जारी मतगणनाले सत्तारुढ भारतीय जनता पार्टीले बहुमत नल्याउने संकेत गरेको छ । वास्तवमा मोदीका लागि यो निकै लज्जास्पद परिघटना पनि हो ।

मोदीको ‘चामत्कारिक छवि’ चार सय पारमा काम लागेन, भाजपा शक्तिमा ब्रेक लाग्ने संकेत

भारतको लोकसभा चुनावको जारी मतगणनाले सत्तारुढ भारतीय जनता पार्टीले बहुमत नल्याउने संकेत गरेको छ । वास्तवमा मोदीका लागि यो निकै लज्जास्पद परिघटना पनि हो ।

आइतबारको ‘सर्किट ब्रेक’ले के संकेत गर्छ, लगानीकर्ताले के गर्ने ?

काठमाडौं । आइतबार बजार खुलेको पाँच मिनेटमै ४ प्रतिशतले बजार बढेपछि पहिलो सर्किट ब्रेक लाग्यो र २० मिनेटका लागि कारोबार स्थगित भयो । बिहान ११:२५ मा दोस्रो पटक खुलेको बजारमा दुई मिनेटमै अर्को १ प्रतिशत बिन्दु अर्थात् कुल ५ प्रतिशत बढेपछि दोस्रो सर्किट ब्रेक लाग्यो र ४० मिनेटका लागि कारोबार स्थगित भयो । दिउँसो १२:०७ […]

निर्यात व्यापारमा ‘ब्रेक थ्रु’ को संकेत

नेपालबाट सबैभन्दा बढी निर्यात हुने वस्तुहरू कुन–कुन हुन् भनेर सोध्यौं भने सबैको मुखमा जुट, पस्मिना, गलैंचा, तयारी पोसाक, जडीबुटी आदि पर्छन् । यी वस्तुहरूको सूची आजको दिनमा मात्र होइन, नेपालले अन्तर्राष्ट्रिय व्यापार सुरु गरेदेखि नै निर्यात व्यापारमा पर्ने प्रमुख वस्तुहरू यिनै हुन् । नेपालको वैदेशिक व्यापारको इतिहास हेर्ने हो भने सन् १९५० को दशकमा दुई […]

मौद्रिक नीतिको उत्साहमा ब्रेक लागेको संकेत, नाफा बुकिङमा ठूला लगानीकर्ता सक्रिय

काठमाडौं। सेयर बजार प्रति उदार भइ सार्वजनिक भएको चालु आर्थिक वर्षको मौद्रिक नीतिको उत्साह मंगलबारको कारोबारले समाप्त भएको संकेत गरेको

तनहुँमा जोशी चुनाव जित्न असफल, कांग्रेसलाई हल्लाउन सफल

९ वैशाख, तनहुँ । छोरा दिपकराज जोशीलाई व्यास नगरपालिकाको मेयर बनाएर रामचन्द्र पौडेलसँगको इगो मेट्ने र आफ्नो राजनीतिक विरासत जोगाउने पूर्वमन्त्री गोविन्दराज जोशीको प्रयासमा तत्कालका लागि ब्रेक लागेको छ । तर पौडेल र जोशीको टकराव झन गहिरिने संकेत देखिएको कांग्रेस नेताहरु बताउँछन् । जोशीले १७ वर्षदेखि अमेरिकामा बस्दै आएका छोरा दीपकलाई फिर्ता बोलाएर तनहुँको व्यास […]

महन्थको हस्ताक्षर अभियानमा राजेन्द्र महतोको अवरोध

काठमाडौँ  । जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सघाउनका लागि सुरु गरेको हस्ताक्षर अभियान आफ्नै गुटभित्र अल्पमतमा पर्ने संकेत देखिएको छ । महन्थ ठाकुर पक्षकै नेताहरुमा अन्तरविरोध देखिएपछि ठाकुरको अभियानमा ‘ब्रेक’ लागेको छ ।प्रधानमन्त्री ओलीलाई विश्वासको मतमा सघाउनुपर्ने अध्यक्ष ठाकुरको अभियानमा साथ दिइरहेका जसपाका वरिष्ठ नेता राजेन्द्र महतोका साथै कार्यकारिणी सदस्यहरु शरतसिंह भण्डारी र निर्जला राउतले हस्ताक्षर गरेका छैनन् ।जसप