बुढीगंगाको मेयर उपमेयरमा एमाले निर्वाचित

बाजुरा– बाजुराको बुढीगंगा नगरपालिकाको प्रमुख र उपप्रमुखमा एमाले उम्मेदवार निर्वाचित भएका छन् । स्थानीय तह निर्वाचनअन्तर्गत शनिबार भएको मतगणनाको आइतबार सार्वजनिक परिणामअनुसार मेयरमा एमालेका उम्मेदवार रामबहादुर बानियाँ र उपमेयर उम्मेदवार  मायाकुमारी खड्का (कुँवर) निर्वाचित भएका हुन् ।  एमालेका बानियाँले चार हजार ७७७ मत ल्याएर निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका रंगबहादुर खातीले तीन हजार ७७४ […]

सम्बन्धित सामग्री

गठबन्धनलाई पछि पार्दै मेचीनगरमा मेयर र उपमेयरमा एमाले निर्वाचित

झापा । झापाको मेची नगरपालिकामा नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले मेयर र उपमेयर दुवै पदमा विजयी हासिल गरेको छ । मेयर पदमा नेपाली कांग्रेसका उम्मेद्वार इन्द्रबहादुर बुढाथोकीलाई पछि पार्दै एमालेका उम्मेदवार गोपालचन्द्र बुढाथोकी निर्वाचित बन्नु भएको हो । मेयरमा निर्वाचित गोपालचन्द्रले २६ हजार ४७८ मत प्राप्त गर्नुभयो भने कांग्रेससहितका गठबन्धन दलको तर्फबाट उम्मेद्वार बन्नु भएका […]

महामन्त्री शर्माको गृहनगरमा एमालेले जित्यो मेयर र उपमेयर

काठमाडौं, जेठ १० । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माको गृहनगर झापाको मेचीनगर नगरपालिकामा नेकपा एमाले विजयी भएको छ । मेचीनगरमा नेकपा एमालेले मेयर र उपमेयर जितेको हो। एमालेका मेयर उम्मेदवार गोपालचन्द्र बुढाथोकी २६ हजार चार सय ७८ मतसहित निर्वाचित भए भने कांग्रेसका इन्द्रबहादुरले २१ हजार तीन सय ११ मतमात्रै ल्याएका छन्। उपमेयर पनि एमालेले जितेको […]

गौरादहको मेयर र उपमेयरमा एमाले निर्वाचित

काठमाडौँ – झापाको गौरादह नगरपालिकामा नेकपा एमालेले मेयर उपमेयर दुवैमा जित हासिल गरेको छ । मेयरका उम्मेदवार छत्रपति सुवेदी १२ हजार ८४९ पाएर विजयी भए भने उपमेयरमा जल वर्षा राजवंशीले ११ हजार ९१४ मत पाएर निर्वाचित भइन् । सुवेदीका प्रतिस्पर्धी कांग्रेसका रोहित कुमार शाहले ११ हजार ४८४ मत प्राप्त गर्दा उपमेयरमा माओवादी केन्द्रका पुष्पलाल ढकाल […]

सिद्धार्थनगरमा कांग्रेसका मेयर र एमालेको उपमेयर निर्वाचित

भैरहवा– रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाको प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमाले विजयी भएको छ । स्थानीय तह निर्वाचन २०७९ मा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बनेका संविधान सभा सदस्य समेत रहेका इस्तियाक अहमद खान ९ हजार १३४ मत ल्याएर निर्वाचित भएका छन् । उनका प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टीकाका उम्मेदवार पूर्व मेयर सागर प्रताप राणाले ८ हजार १३७ मत […]

मोरङ सुनवर्षीको मेयर र उपमेयरमा एमाले विजयी

विराटनगर । मोरङको सुनवर्षी नगरपालिकाको मेयर र उपमेयर दुवैमा नेकपा एमाले विजयी भएको छ । मेयरमा श्यामप्रसाद राजवंशी र उपमेयरमा मीरादेवी दास केवरत निर्वाचित भएका हुन् । राजवंशीले ८ हजार ६३९ मत प्राप्त गरे भने उनका निकटतम् प्रतिस्पर्धी नेपाली काँग्रेसका उम्मेदवार यज्ञबहादुर कार्कीले ६ हजार ९५३ मत पाए । उपमेयरमा निर्वाचित मीरादेवीले ८ हजार ३८३ […]

रुपन्देहीको देवदह नगरपालिका मेयर/उपमेयर दुवैमा एमाले विजयी

रुपन्देही – रुपन्देहीको देवदह नगरपालिकाको मेयर र उपमेयर दुवै पद नेकपा एमालेले जितेको छ । मेयर पदमा ध्रुव खरेल र उपमेयरमा विद्यालक्ष्मी गुरुङ निर्वाचित हुनु भएको हो । मेयरमा निर्वाचित खरेलले नेपाली कांग्रेसका हिरा खत्रीलाई १ हजार ६२० मत अन्तरले पराजित गर्नु भएको हो । खरेलले १२ हजार ९४३ मत पाउँदा खत्रीले ११ हजार ३ सय २३ मत पाउनु भयो । खत्री २०७४ सालको निर्वाचनमा एमालेका टिकाराम चापागाईंलाई पराजित गरी नगर प्रमुख निर्वाचित हुनु भएको थियो । उपमेयरमा विद्यालक्ष्मी गुरुङ १३ हजार ७८४ मत ल्याएर विजयी हुनुभयाे ...

मोरङको लेटाङमा मेयर/उपमेयर एमालेको कब्जामा

मोरङको लेटाङ नगरपालिकाको मेयर र उपयमेयरमा एमाले उम्मेदवार निर्वाचित भएका छन् । मेयरमा भुपेन्द्रकुमार लावती १० हजार २२७ मत र उपमेयरमा कृष्णकुमारी पोखरेल ९ हजार ४६० मतसहित विजयी भएका हुन् ।मेयरका प्रतिस्पर्धी नेपाली काँग्रेसका ज्ञानेन्द्र ढकालले ८ हजार १०५ मत ल्याए भने उपमेयर प्रतिस्पर्धी माओवादीका कृष्णप्रसाद लम्साल ४ हजार ९०५ मत मात्र ल्याए ।

मेयर/अध्यक्ष तथा उपमेयर/उपाध्यक्षमा कहाँ कुन पार्टीले जित्यो ?

काठमाण्डाै - गएको वैशाख ३० गते भएको पालिका चुनाव अन्तर्गत अहिलेसम्म २२ वटा पालिकाको नतिजा आएको छ । २२ पालिकामध्ये एमालेले ९ वटा पालिका जितेको छ । त्यस्तै कांग्रेसबाट अध्यक्षका उम्मेदवार ८ वटामा पालिकामा निर्वाचित भएका छन् । अहिलेसम्म मेयर/अध्यक्ष तथा उपमेयर/उपाध्यक्षमा कहाँ कुन पार्टीले जित्यो हेर्नुस् : प्रमुख पदकाे नतिजा  एमाले  १. सोलुखुम्बुको खुम्बुपासाङ ल्हामु गाउँपालिका २.‍ मनाङ ङिस्याङ गाउँपालिका ३. मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका ४. मनाङको चामे गाउँपालिका ५. वरागुङ्ग म...

माओवादी केन्द्रबाट निर्वाचित मेयर र उपमेयर एमालेमा प्रवेश

मोरङ, २५ फागुन । माओवादी केन्द्रबाट निर्वाचित भएका मोरङको रंगेली नगरपालिकाका मेयर र उपमेयर एमालेमा प्रवेश गरेका छन् । बुधबार नेकपा (एमाले) मोरङले आयोजना गरेको सभामा माओवादी केन्द्रबाट निर्वाचित मेयर दिलिप कुमार अग्रवाल (बगडीया), उपमेयर केशवकुमारी खराल र दुईजना वडाध्यक्षसहित करिब ५ हजार जना एमालेमा प्रवेश गरेको नेकपा एमालेले जनाएको छ । मोरङको रङ्गेलीमा पार्टीले […]

रंगेलीका मेयर र उपमेयर नै एमालेमा प्रवेश

माओवादी केन्द्रबाट निर्वाचित मोरङको रंगेली नगरपालिकाका मेयर र उपमेयर नेकपा एमालेमा प्रवेश गरेका छन् । मेयर दिलिप कुमार अग्रवाल र उपमेयर केशव कुमारी खराललाई  एमाले अध्यक्ष केपी शर्मा ओलीले बुधबार रंगेलीमै आयोजित एक कार्यक्रमबीच पार्टी प्रवेश गराएका हुन् । एमालेका मोरङ अध्यक्ष ऋषिकेश पोखरेलका अनुसार मेयर, उपमेयरसहित ४ हजार ७ सय १० जना पार्टी प्रवेश गरेका छन् । पार्टी प्रवेश गर्नेमा रंगेली नगरपालिका वडा नम्बर ७ का अध्यक्ष रामचन्द्र मण्डल र वडा नम्बर १ का महेशकुमार खनाल