हिन्दु धर्ममा मृत्युपछि गरुड पुराण सुन्ने परम्परा छ । यस पुराणमा भगवान् विष्णुले आफ्नो वाहन गरुडलाई मृत्युसँग सम्बन्धित अनेकौं गोप्य कुरा बताउनुभएको छ । मृत्युपछि जीवात्मा कसरी यमलोकतिर जान्छ भन्ने कुराको विस्तृत वर्णन गरुड पुराणमा गरिएको छ । पढ्नुहोस्, गरुड पुराणका केही रोचक तथ्य :
गरुड पुराणका अनुसार मर्न लागेको मान्छे बोल्न खोज्छ तर सक्दैन । अन्तमा उसका सबै इन्द्रियहरू नष्ट हुन्छन् र ऊ जड अवस्थामा पुग्छ । त्यसपछि उसको मुखबाट फिँज निस्कन थाल्छ र र्याल चुहिन थाल्छ ।
त्यतिखेर दुई यमदूत आउँछन् । उनीहरूको अनुहार एकदम डरलाग्दो हुन्...