समयकालमा ऊ पहिले मर्यो । म पनि मरेँ । मैले पाप गर्न मौकै पाएकै रहेनछु । मेरो आत्मा काउचमा रहेछ । चित्रगुप्तको डायरीमा उसले धेरै खानदानी पाप गरेको देखिएको रहेछ। उसको आत्मा कुम्भीपाकमा रहेछ।उसको आत्माले मेरो आत्मालाई देखेर भन्यो–‘अहो,तँ काउचमा ?मेरो आत्माले उत्तर दिएछ–‘सम्पत्तिले मृत्यु टार्न सकिँदो रहेन छ र मात्र, नत्र मलाई भन्थ्यौ होला हगि गरिब थियो ।, त्यसैले मर्यो !’