मृतकको शान्तिको कामना गर्दै दीप प्रज्वलन

काठमाडौँ : चितवनकी सविता भण्डारीको मृत्यु भएको वार्षिकीको अवसरमा उनको आत्मा शान्तिको कामना गर्दै बहिनी सजनी भण्डारी लगायत ६० जनाले आइतबार माइतीघर मण्डलामा दीप प्रज्वलन गरेका छन्। सविताको गत वर्ष रहस्यमय निधन भएको थियो।

सम्बन्धित सामग्री

इजरायलमा ज्यान गुमाएकाको शान्तिको कामना गर्दै तरुण दलको दीप प्रज्वलन (तस्बिरहरु)

काठमाडौं । इजरायलको युद्धमा निधन भएका नेपालीहरुको सम्झनामा नेपाल तरुण दलले दीप प्रज्वलन गरेको छ । मंगलबार साँझ रात्नपार्कस्थित शान्ति वाटिकामा दीप प्रज्वलन राखिएको थियो । उनीहरुले दिवंगत नेपालीहरुको अत्माको चिरशान्तिको कामना गर्दै दीप प्रज्वलन गरेका थिए । कार्यक्रममा नेपाल तरुण दल अध्यक्ष विद्वान गुरुङलगायतको उपस्थिति रहेको थियो ।

विश्व शान्तिको कामनासहित हलेसीमा दीप प्रज्वलन

खोटाङ – विश्व शान्तिको कामना गर्दै त्रिधार्मिकस्थल खोटाङको हलेसीमा दीप प्रज्वलन गरिएको छ । हिन्दू, बौद्ध र किराँत धर्मावलम्बीको सङ्गमस्थल हलेसीमा आइतबार १०८ वटा दीप तथा दुई लाख २१ हजार बत्ती बालेर विश्व शान्तिको कामनासहित दीप प्रज्वलन कार्यक्रमको आयोजना गरिएको हो । हलेसीलाई भारतलगायत विश्वभर चिनाउने र धार्मिक तथा पर्यटकीय गन्तव्य बनाउने लक्ष्यका साथ दीप […]

जहाज दुर्घटनामा मृत्यु हुनेकाे सम्झनामा स्वस्ति शान्ति

१५ माघ, पोखराको विन्ध्यावासिनी मन्दिरमा यती एयरलाइन्सको जहाज दुर्घटनामा ज्यान गुमाउनेको चीर शान्तिको कामना गर्दै स्वस्ति शान्ति तथा दीप प्रज्वलन गरिएको छ । माघ १ गते काठमाडौंबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याण्डिङ गर्ने तयारी गरिरहेको यती एयरलाइन्सको जहाज सेती खोंचमा खसेर दुर्घटना भएको थियो । दुर्घटनामा ७२ जनाको मानवीय क्षति भएको थियो । दुर्घटनामा ज्यान जाने […]

युक्रेनमा शान्तिको कामना गर्दै बौद्धमा दीप प्रज्वलन (तस्बिरहरू)

काठमाडौं । अमेरिकासहित विभिन्न देशका राजदूतले काठमाडौंको बौद्धनाथमा दीप प्रज्वलन गरेका छन् । युक्रेनमा शान्तिको कामना गर्दै बिहीबार उनीहरूले दीप प्रज्वलन गरेका हुन् । मैनवत्ती प्रज्वलन गर्न अमेरिकी राजदूत र्‍यान्डी बेरी, जर्मनी, फ्रान्स, स्विट्जरल्यान्डका र फिनल्यान्डका अधिकारीहरू पुगेका थिए । हेर्नुहोस् तस्बिहरू : तस्बिरहरू : अभिषेक महर्जन/बाह्रखरी

युक्रेनमा शान्तिको कामना गर्दै राजदूतहरूले गरे दीप प्रज्वलन (फोटो फिचर)

काठमाडौँ : अमेरिकासहित युरोपेली युनियन (ईयू)का सदस्य राष्ट्रका प्रतिनिधिहरूले युक्रेनमा शान्तिको कामना गर्दै आज साँझ बौद्धमा दीप प्रज्वलन गरेका छन्।अष्ट्रेलिया‚ युक्रेन‚ जापान‚ बेलायतलगायत देशका राजदूतले दीप बालेका छन्। उनीहरूले रूसले तत्काल युद्धविराम गर्दै वार्तामा बसी युक्रेनमाथिको आक्रमण बन्द गर्न आह्वान गरेका छन्। रूस-युक्रेन युद्धमा ज्यान गुमाउनेको आत्माको शान्तिको कामना गर्दै उनीहरूले दीप प्रज्वलन गरेका हुन्।आठ दिनदेखि रूस र युक्रेनबीच युद्ध भइरहेको छ

युक्रेनमा शान्तिका लागि लुम्बिनीमा प्रार्थना

विश्व शान्तिको कामना गर्दै लुम्बिनीमा आज शान्ति दीप प्रज्ज्वलन गरिएको छ । रुसी आक्रमणका कारण युक्रेनमा भइरहेको युद्ध, हत्या, हिंसा र बमबारीले सिङ्गो संसार आक्रान्त भइरहेको भन्दै लुम्बिनीका स्थानीयवासीले आज १०८ दीप प्रज्वलन र शान्ति प्रार्थना गरेका हुन् ।विश्व शान्तिको मुहान लुम्बिनीस्थित मायादेवी मन्दिर परिसरमा भेला भएका स्थानीय नागरिक, पर्यटन व्यवसायी तथा भिक्षु–भिक्षुणीले युक्रेनमा भइरहेको भयानक युद्धको अन्त्य र  सिङ्गो मानव जगतको रक्षाका लागि दीप प्रज्ज्वलन तथा शान्ति पाठ गरेका लुम

राजा वीरेन्द्रको  सम्झनामा दीप प्रज्वलन

वीरेन्द्र शान्ति प्रतिष्ठानले शान्तिप्रेमी राजा वीरेन्द्र शाहको ७७औँ जन्मजयन्तीको अवसरमा मुलुकमा शान्तिको कामना गर्दै जवलाखेलमा आज दीप प्रज्वलन गरेको छ । प्रतिष्ठानले मुलुकको राजनीतिक, आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासमा स्व। शाहले पु¥याएको योगदानको स्मरण गरेको छ ।  प्रतिष्ठानका अध्यक्ष शिवहरि खनालले नेपाललाई अन्तर्राष्ट्रिय तहमा फरक पहिचान बनाउन शान्ति क्षेत्रको प्रस्ताव गरेका स्व राजा वीरेन्द्र राष्ट्रवादी, शान्ति, विकास र प्रजातन्त्रका पक्षधर भएको बताए । उक्त प्रस्तावका पक्षमा ११६ राष्ट्रले हस्ताक्षर गरेका जनाइएको छ । जा...

​विश्व शान्तिको कामना गर्दै लुम्बिनीमा दीप प्रज्वलन

गोपाल भण्डारी/उज्यालो । कपिलवस्तु, वैशाख १६ – लुम्बिनीमा विश्व शान्तिको कामना गर्दै दीप प्रज्वलन गरिएको छ । २५६२ औं बौद्ध जयन्ती तथा अन्तराष...