काठमाण्डाै – गृहमन्त्री बालकृष्ण खाणले यात्रुलाई बोझ हुने गरी भाडा नलिन यातायात व्यवसायीलाई आग्रह गर्नुभएको छ । गृहमन्त्री खाणले एकै ठाउँमा जाँदा पनि फरक फरक भाडा दर देखाउने अवस्थाकाे तत्काल अन्त्य गर्नुपर्ने बताउनुभयो ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको छैटाैँ राष्ट्रिय महाधिवेशनलाई आज आइतवार काठमाण्डाैमा उद्घाटन गर्दै उहाँले भाडा निर्धारण गर्दा यात्रु र व्यवसायी दुवैलाई मर्का नहुने बाटो अवलम्बन गर्नुपर्ने पनि स्पष्ट पार्नुभयो ।
गृहमन्त्री खाणले भन्नुभयो, ‘यात्रुलाई पनि भाडा तिर्दा धेरै बोझ नहोस् । त्...