विराटनगरमा दुई वर्षपछि शनिबार ५४ औं राधाकृष्ण रथयात्रा निकालिएको छ । कोरोना महामारीले दुई वर्षदेखि रोकिएको रथयात्रालाई यस वर्ष निकालिएको हो । भगवान श्रीकृष्ण जन्मिएको उपलक्ष्यमा श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट रथयात्रा निकाल्ने प्रचलन छ । राधाकृष्ण आरुढ खटलाई नगर परिक्रमा गराउने चलन १९८८ सालदेखि सुरु भएको हो । खटयात्राबाट सुरु भएको राधाकृष्णलाई नगर परिक्रममा गराउने चलन २०२५ सालदेखि रथयात्रामा परिणत भएको हो ।