मोरङ – कोराना महामारीले विगत दुई वर्षदेखि रोकिएको राधाकृष्ण रथयात्रा विराटनगरमा भव्य रुपमा निकालिएको छ। शनिबार विराटनगर–१ स्थित पोखरियामा रहेको राधाकृष्ण मन्दिरबाट निकालिएको रथयात्राले नगरको परिक्रमा गरेको थियो। वि.सं. १९८८ सालदेखि खट यात्राबाट सुरुआत गरिएको रथयात्राले ५४औं संस्करण पूरा गरेको राधाकृष्ण मन्दिर व्यवस्थापन समितिका सचिव कपिल कुमार भण्डारीले जानकारी दिए। सचिव भण्डारीका अनुसार रथयात्रा निकाल्नका […]