बच्चाको कुरा लुकाउने बानी कसरी हटाउने ? अभिभावकलाई सुझाव

झूट बोल्न र कुरा लुकाउनु, दुई यस्ता बानी हुन् जुन बच्चाको घरको माहौलमा नै सिक्छन् । यदि तपार्इंको बच्चाले पनि तपार्इंबाट केहि कुराहरु लुकाउन थालेको छ वा गोप्य राख्न थालेको छ भने यो बानी कुनै पनि हालतमा ठिक होइन । उसले लुकाएको कुरा भविष्यमा उसको लागि समस्या हुन सक्छ वा लुकाएको कुराका कारण ऊ खतरामा पर्न सक्छ । तपाईंले आफ्नो बाल बच्चालाई राम्रो नराम्रो दुबै कुरा घरका ठूला सदस्यसँग साझा गर्नुपर्छ भनेर सिकाउनुपर्छ । यदि तपाईंको बच्चाले तपाईंसँग कुरा लुकाउँछ भने त्यसलाई नजरअन्दाज नगर्नुहोस्, यसलाई हटा

सम्बन्धित सामग्री

तातो पानीले नुहाउने बानी छ भने यी कुराहरु थाहा पाउनुहोस् - NepaliPatra

एजेन्सी । तातो पानीले नुहाउनु राम्रो हो तर यसले नोक्सान पनि पुर्याउन सक्छ । तातो पानीले नुहाउनाले शरिरलाई शान्त राख्ने काम गर्छ भने टेन्सन हटाउने काम पनि गर्छ । एक हिसाबले आराम दिने यस कामले अर्कोतर्फ भने तपाईको सुन्दरतामा नोक्सान पुर्याउने काम गर्छ । अधिक तातो पानीको प्रयोगका कारण तपाईको छाला पनि जल्न सक्छ । […]

किन ससाना काम पछिका लागि साँच्दै अल्छी गर्छौं हामी ? यस्तो बानी कसरी हटाउने ?

बीबीसी । ससाना कामहरुलाई पछिका लागि भनेर साँचेर राख्दा पछि त्यही काम सबैभन्दा ठूलो अवरोधमा परिणत हुन्छ । तर थाहा हुँदाहुँदै पनि हामीले किन त्यस्तो गरिरहेका हुन्छौँ ? आफूलाई मन नपर्ने सहकर्मीलाई इमेल पठाउनुपर्ने काम होस् या कुनै साधारण पेपरवर्क अथवा कुनै फारम भर्नुपर्ने, सरसफाइ गर्नुपर्ने, आफ्ना हाकिमसँग छोटो कुरा गर्नुपर्नेलगायतका...

दुईदिने बिदा गलत छ

अन्तरराष्ट्रिय प्रचलन हेर्दा नेपालमा पनि २ दिन बिदा सामान्य देखिन्छ । तर, नेपालको भूबनोट र असफल भइसकेकाले यो प्रचलन असान्दर्भिक देखिन्छ । नेपालको भूबनोटले गर्दा अहिले पनि जिल्ला सदरमुकाम पुग्न २ दिन हिँड्नुपर्ने अवस्था छ । यस कारण यो दुईदिने बिदाले सामान्य जनतालाई मर्का र पीडाबाहेक अरू कुनै उपलब्धि दिँदैन बरु झन् महँगीको भार बढाउँछ । जनतालाई सदरमुकाममा बढी खर्च गर्नुपर्ने परिस्थिति उत्पन्न गराउँछ । यदि सरकारले पेट्रोल नै बचाउन चाहेको हो भने ब्याट्रीबाट चल्ने सवारीसाधनको एसेम्बलिङ कारखाना खोल्नतिर लाग्नुपर्थ्यो । यसो भए हाम्रो अथाह जलस्रोतको पनि सदुपयोग हुने थियो । विदेशी मुद्राको पनि बचत हुने थियो तर सरकारको ध्यान त्यतापट्टि जानै सकेन । जबसम्म हामी आफूसँग भएको कच्चा पदार्थबाट उत्पादन थाल्दैनौं तबसम्म देश विकास सम्भव हुँदैन । सरकारले नीतिनियम बनाउँदा क्षणिक लाभ नहेरी हजारौं वर्षपछि सम्मको सोच राख्नुपर्छ । तर, के हाम्रो सरकार र कर्मचारी संयन्त्रले यो सोच राखेको छ ? माओवादी द्वन्द्वकालमा सरकारी गाडी माओवादीको निशानामा परे भनेर सरकारी गाडी धेरैजसोलाई प्राइभेट नम्बरमा बदलिएको छ । त्यसैगरी न्यायाधाीशहरूको गाडी पनि ९० प्रतिशत प्राइभेट नम्बरका छन् । ट्राफिक प्रहरी सरकारी गाडी कुन आधारमा चिनेर कारबाही गर्न सक्लान् ? जब सरकारी र प्राइभेट गाडी नै छुट्ट्याउन सकिँदैन भने कसरी पेट्रोलको दुरुपयोग रोक्ने ? फेरि हाम्रो सरकार कति बाठो भने सरकारी गाडीमा प्राइभेट नम्बर हाल्ने तर कर तिर्दाचाहिँ सरकारी गाडीको नियमअनुसार थोरै कर तिर्ने अर्थात् सरकारी गाडीले जनताले तिर्ने कर भन्दा ४–५ गुना कम कर तिर्छन् । के यस्तो दोहोरो नियम लगाउन पाइन्छ ? के भएभरको सुविधा सरकार र सरकारी कर्मचारीले मात्रै लिने हो ? हामीकहाँ बिदाको संख्या पहिले नै धेरै छ । झन् त्यसमा वर्ष दिनमा अझ ५२ दिन बिदा थप्दा काम गर्ने दिन र कर्मचारीले पाउने बिदा दिनको संख्या उस्तै हुन आउँछ । जस्तो कि १०४ दिन शनिवार र आइतवार २ बिदा, १ महिना घर बिदा, १२ दिन बिरामी बिदा, ६ दिन भैपरी आउने बिदा, ६ दिन पर्व बिदा, १६ दिन पर्व बिदा गरी जम्मा १७४ दिन बिदा हुन्छ । यसबाहेक ३ लोसार बिदा र ईद बिदा गर्दा १८० दिनभन्दा बढी त बिदा नै हुन्छ । के हामी जस्तो अविकसित देशको यसै गरी विकास हुन्छ त ? हाम्रो जस्तो अविकसित देशमा त जापानले दोस्रो विश्वयुद्धपछि जसरी १४/१६ घण्टा काम गरायो त्यसैगरी कमसे कम १४ घण्टा काम गर्नुपर्छ । काम गर्ने वातावरण बनाएर काम गरे पो त देश विकास हुन्छ । नत्र हामी सधैं अविकसित भइरहन्छौं । यसमा हाम्रा नेताले कहिल्यै सोचेका छन् ? मलाई लाग्छ पक्कै सोचेका छैन । तर, अब यसरी सोच्न जरुरी भइसकेको छ । अझ पनि हाम्रा नेता तथा प्रशासकहरूले आफूसँग भएको स्रोतसाधन बढीभन्दा बढी प्रयोग गरेर देश कसरी माथि लैजाने भनेर मिहिन ढंगले सोच्न अब ढिला गर्नु हुँदैन । जनताले पनि अब तामझाम होइन, सकेसम्म आफ्नै देशमा उत्पादन भएका सामग्री प्रयोग गर्ने बानी बसाल्नुपर्छ । त्यसै गरी व्यापारी वर्ग एवं उत्पादनमूलक उद्योगले पनि क्षणिक लाभ नहेरी आफ्नो उत्पादनलाई गुणस्तरीय बनाउनेतर्फ ध्यान दिनुपर्छ । सरकारले पनि बेलाबेलामा सही ढंगले गुणस्तर परीक्षण गरेर स्वदेशी उत्पादन गुणस्तरीय छ भनेर जनतालाई विश्वास दिलाउनुपर्छ । सरकारले पनि यहाँ उत्पादन हुने सामग्रीको कच्चा पदार्थलाई सकभर कम कर लगाएर वा कर छूट दिएर नेपाली उद्योगहरूलाई संरक्षण दिनुपर्छ । सरकारले के बुझ्नु जरुरी छ भने निजीक्षेत्रलाई साथमा नलिईकन विकास गर्छु भन्नु दिवास्वप्न मात्र हुनेछ । तर, हाम्रो सरकार आश्वासन त दिन्छ तर नीतिनियम बनाउँदा भने निजीक्षेत्रसँग सल्लाह लिए जस्तो गरेर आफूअनुकूल नियमकानून बनाउँछ । सबैभन्दा अचम्मको कुरा त के छ भने हाम्रो सरकार राजस्व बढाउन जनतालाई कसरी कर बढी लिने भनेर सोच्ने गर्छ । के सरकार आफ्नो कर्मचारीलाई विश्वासमा लिएर काम गर्न सक्दैन ? यदि सक्छ भने यतिसम्म धूँवा फ्याक्ने सवारीसाधन मात्र चलाउन पाउने र तोकिएको भन्दा बढी धूँवा फ्याँक्ने गाडी चलाउन नपाइने भनेर नियम बनाउन सक्दैन । कर्मचारीले पनि लोभलालचमा नफसी इमानदारीपूर्वक काम गरेर जनतालाई सुशासन दिने वातावरण बनाउनुपर्छ । स्थायी सरकार भनेको कर्मचारीतन्त्र नै हो । सरकारले पनि कर्मचारीले नियमपूर्वक गरेको कार्यमा अनावश्यक हस्तक्षेप गर्नु हुँदैन । त्यति मात्र होइन, जुनसुकै सरकार आए पनि हाम्रालाई नभनी राम्रालाई प्राथमिकता दिने हो भने कर्मचारीको पनि आत्मबल बलियो हुन्छ । यसरी मुलुकले विकास निर्माणमा देखापरेको अवरोधको सही विश्लेषण गर्ने र त्यसअनुसार अवरोध हटाउने प्रभावकारी व्यवस्था गर्ने हो भने विकासले गति लिन सक्छ । तर, सरकारले हचुवा र टालटुले नीति लिँदा नै विकासका समस्या गुजुल्टिँदै गएका छन् । यसरी देशले आफ्नो प्राथमिकताअनुसार काम गर्दै गयो भने देश विकासले गति लिन्छ र आउँदो १०/१५ वर्षमा नै हामी विकसित देशमा परिणत हुन्छौं । लेखक नेपाल राष्ट्र बैंकका पूर्वकर्मचारी हुन् ।

ओछ्यानमा पिसाब फेर्ने बानी हटाउने तरिका

१. सुत्नुभन्दा अगाडि अनिवार्य रूपमा पिसाब फेर्ने । २. दिनभरिको पिउने पदार्थको मात्रा पनि घटाउने । ३. कोल्टे परेर सुत्न लगाउने । ४. बच्चाको आत्म विश्वास बढाउने अरूको भन्दा उसको नै तारिफ गर्ने । ५. सुत्नुअघि करिब १-२ घण्टासम्म पानी नपिउने । ६. उत्तानो परेर नसुत्ने । ७. बच्चालाई गाली गलौच र पिटपाट नगर्ने । […]

सिर्जनात्मक कामले हट्छ मोबाइलको लत

कोरोना महामारीको दोस्रो लहरका कारण जारी निषेधाज्ञामा बालबालिकालाई मोबाइल चलाउने लत बसेको हुनसक्छ । बालबालिकाको यस्तो लत हटाउने हो भने आफ्नो पनि बानी सुधार गर्न मनोविद्हरूको सुझाव छ । “अभिभावक भने मोबाइल, ल्यापटप चलाउने अनि बालबालिका तथा किशोरकिशोरीलाई

साना कामको पछि लाग्न किन अल्छि गर्छौँ हामी ? कसरी हटाउने यस्तो बानी ?

बीबीसी । साना–साना कामलाई पछिको लागि भनेर साँचेर राख्दा, पछि त्यही काम सबैभन्दा ठूलो तगारो बन्छ । थाहा हुँदाहुँदै पनि हामीले किन त्यस्तो गरिरहेका हुन्छौँ ? आफूलाई मन नपर्ने सहकर्मीलाई मेल पठाउनुपर्ने काम होस् या कुनै साधारण पेपरवर्क अथवा कुनै फारम भर्नुपर्ने, सरसफाइ गर्नुपर्ने, आफु नजिककासँग छोटो कुरा गर्नुपर्ने लगायतका काम...

अविष्ट शक्तिबाट उत्पन्न भएको उदासीनता यसरी हटाउने

“मैले मेरो अध्ययनको क्रममा काम गर्न शुरू गरें र यी दुई दायित्वहरू एकसाथ सजिलोसँग गर्न सकें । मैले मेरो काममा पनि उत्कृष्टता प्रदर्शन गरेर चाँडै स्थायी भूमिकाको प्रस्ताव पाएँ । म आर्थिक रूपमा स्वतन्त्र भएपछि, म भाषाहरुमा आफ्नो सीप बढाउने, असामान्य खेल र यात्रामा धेरै रुचि राख्न सक्षम भए । यद्यपि बाहिरी रूपमा मैले सफल छवि प्रक्षेपित गरे पनि, आन्तरिक रूपमा म उदासीनताको शिकार भईरहेको थिए, जसले मलाई एक पटकमा लगभग ६ हप्ताको अवधिसम्म एक वर्षमा कम्तिमा ६ पटक प्रभावित गर्दथ्यो । जब मैले मान्सिक चिन्ता किन भयो भनेर आत्मनिरीक्षण गर्दा, मैले केहि प्रकारणहरुमा मात्र यसको कारण थाहा पाउन सक्षम भएँ । साथै केहि प्रकारणहरुमा, मेरो जीवनमा भएका घटनाहरूले मलाई धेरै हदसम्म प्रभाव पार्दथ्यो । उदाहरणको लागी, मेरो विद्यालयीन जीवनमा मेरा साथीहरुले मसँग कुनै स्पष्ट कारण बिनानै धेरै महिनासम्म मसित कुरा गर्दैन्थ्यो । अर्को उदाहरण यो थियो कि मेरो प्रेमीले मलाई छोडेको कारण मैले आठ महिना भन्दा बढि मान्सिक चिन्ता भोगनु पर्यो । अर्को अवस्थामा, मान्सिक चिन्ताको कारण काममा मेरो हाकिम कस्तो हुनु पर्ने भन्ने अपेक्षाको कारण थियो । मलाई धेरै मान्सिक चिन्ताहरु सामना गर्ने बानी भएको थियो, जहाँ प्रायजसो अवस्थाहरुमा मलाई त्यसको कारणहरू थाहा हुँदैन थियो । जे होस् मेरो जीवनमा सबै कुरा भए पनि, मैले महसुस गरें कि केहि कुरा त पूर

कसरी हटाउने किनमेलको लत ?

हना लुईस पोस्टन पछिल्लो केही बर्षदेखि आफ्नो एक बानी छुटाउन चाहन्थिन् । उनी सौन्दर्य सामग्री, कपडा र घरको सामाग्री खरिद गर्न चाहन्थे, भलै उनीसँग यसका लागि पैसा थिएन । उनी भन्छिन्, ‘मलाई पूर्ण रुपमा किनमेलको लत …

सखरखण्ड खाँदा शरीरलाई हुन्छ फाइदा

काठमाडौं — हामी जे भेट्यो त्यही खाइहाल्ने बानी भएका मान्छे हौं । स्वास्थ्यको ख्याल नगरिकन खानेकुरा बजाइदिन हामी च्याम्पियन छौं । जे पायो त्यही खाएर हामी शरीरमा विषाक्त तत्व जम्मा गरिरहेका हुन्छौं ।  शरीरको विषाक्त तत्व हटाउने अनेकथरी औषधी बजारमा भेटिन्छन् । तिनका पछि नलाग्नुस् । बरू सखरखण्डको झोल पिउन थाल्नुस् ।  सखरखण्ड खानुभयो भने तपाईंलाई अनावश्यक भोक लाग्दैन । जापानका अनुसन्धानकर्ताहरूले पानीमा सखरखण्ड उमालेर खाँदा स्वास्थ्यलाई फाइदा पुग्ने बताएका छन् । अझ त्यो पानी नै पिउँदा पनि राम्रो हुन्छ । स...

फेसबुकमा कस्तालाई हटाउने, कस्तालाई राख्ने ?

मिनेट–मिनेटमा स्टाटस अपडेट गर्छन् । जे कुरामा पनि बीचमा बोलिहाल्नुपर्ने, आफ्नो विचार व्यक्त गरिहाल्नुपर्ने यिनीहरूको बानी हुन्छ । यिनीहरूलाई हटाउनु पर्दैन । यिनीहरूबाट देश–विदेशमा के घटना घट्यो भन्ने कुरा तुरुन्तै थाहा पाउन सकिन्छ ।