काठमाडौं — हामी जे भेट्यो त्यही खाइहाल्ने बानी भएका मान्छे हौं । स्वास्थ्यको ख्याल नगरिकन खानेकुरा बजाइदिन हामी च्याम्पियन छौं । जे पायो त्यही खाएर हामी शरीरमा विषाक्त तत्व जम्मा गरिरहेका हुन्छौं ।
शरीरको विषाक्त तत्व हटाउने अनेकथरी औषधी बजारमा भेटिन्छन् । तिनका पछि नलाग्नुस् । बरू सखरखण्डको झोल पिउन थाल्नुस् ।
सखरखण्ड खानुभयो भने तपाईंलाई अनावश्यक भोक लाग्दैन । जापानका अनुसन्धानकर्ताहरूले पानीमा सखरखण्ड उमालेर खाँदा स्वास्थ्यलाई फाइदा पुग्ने बताएका छन् । अझ त्यो पानी नै पिउँदा पनि राम्रो हुन्छ ।
स...