बुढीगण्डकी आयोजना प्रभावितलाई बाँडियो ४३ अर्ब मुआब्जा

१२ सय मेगावाटको जलाशययुक्त बुढीगण्डकी जलविद्युत् आयोजना प्रभावितलाई ४३ अर्ब रुपैयाँ मुआब्जा बाँडिसकिएको छ । डुबान क्षेत्रमा पर्ने जग्गा र संरचनाको मुआब्जाबापत करिब ४३ अर्ब मुआब्जा वितरण गरिसकिएको बुढीगण्डकी जलविद्युत् कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत जगतकुमार श्रेष्ठले बताए । झन्डै ९५ प्रतिशत मुआब्जा बाँडिसकिएको कार्यालयले जनाएको छ ।

सम्बन्धित सामग्री

मुआब्जामै अड्कियो बुढीगण्डकी आयोजना

राष्ट्रिय गौरव बोकेको बुढीगण्डकी जलविद्युत् आयोजनाको औपचारिक रुपमा चर्चा सुरु भएको दशक बित्न लाग्यो । आयोजना कुन ढाँचामा कसरी बनाउने भन्ने विषयमा हालसम्म उपयुक्त निर्णय हुन सकेको छैन । आयोजना प्रभावितका लागि २०७२ सालको चैतदेखि मुआब्जा वितरणको कार्य सुरु गरिए पनि हालसम्म सम्पन्न हुन सकेको छैन ।

बुढीगण्डकी प्रभावित आन्दोलित, आयोजना कार्यालयमा धर्ना

मुआब्जा वितरण, पुनर्स्थापना र पुनर्बासको काम टुङ्ग्याउन माग गर्दै बुढीगण्डकी आयोजना प्रभावित क्षेत्रका स्थानीय आन्दोलित बनेका छन्।

बुढीगण्डकी आयोजना : आरुघाट र आर्खेतको मुआब्जा तोक्न काम सुरु

गोरखा – बुढीगण्डकी जलविद्युत आयोजनाको डुबान क्षेत्रमा पर्ने गोरखाको आरुघाट र आर्खेत बजारको मुआब्जा निर्धारणको काम सुरु भएको छ । जिल्ला मुआब्जा निर्धारण समितिको गएको साउनमा बसेको बैठकले आरुघाट र आर्खेत बजारको मुआब्जा निर्धारणका लागि सिफारिस गर्न सहायक प्रमुख जिल्ला अधिकारी पुष्पराज पौडेलको संयोजकत्वमा समिति बनाएको थियो ...

बुढीगण्डकी आयोजना : पूर्ण विस्थापितको पुनर्वासका दुई वटा विकल्पबारे छलफल सुरु

गोरखा – बुढीगण्डकी जलविद्युत आयोजनाबाट पूर्ण विस्थापित हुनेहरुको पुनःस्थापनाका लागि सरकारले दुई वटा अवधारणा अघि सारेको छ ।  आयोजनाबाट सम्पूर्ण घरजग्गा डुवानमा पर्नेहरुलाई लक्षित गरी आयोजना अन्तर्गतको वातावरण, मुआब्जा वितरण पुनर्वास तथा पुनःस्थापना इकाईले प्रारम्भिक अवधारणा तयार पारेको हो । पूर्ण रुपमा विस्थापित...

बुढीगण्डकीको मुआब्जामा लापरबाही : जग्गाधनीले पाएनन् घडेरीको मुआब्जा

२० वैशाख, काठमाडौं । बुढीगण्डकी आयोजनाले घडेरी जग्गाको किसिम फरक पारी थोरै मुआब्जा दिएको प्रभावित क्षेत्रका वसिन्दाले गुनासो गरेका छन् । प्रतिरोपनी ७ लाख ७३ हजार रुपैयाँ मुआब्जा पाउनुपर्ने घडेरी जग्गालाई किसिम फरक पारी बुढीगण्डकी आयोजना वातावरण, मुआब्जा वितरण, पुनर्बास तथा पुनर्स्थापना इकाइले थोरै रकममात्र मुआब्जा दिएको हो । मुआब्जा समितिले …

बुढीगण्डकी आयोजना : गुठी र ऐलानी जग्गाको पनि मुआब्जा दिने निर्णय

उर्जा मन्त्रालयले स्थानीय प्रशासनलाई पत्र लेखी गोरखा र धादिङका डुबानपीडित गुठी, रैकर जगगासँगै ऐलानी, पर्ती र सरकारी जग्गा भोग गरी बसेकाहरुलाई पनि न्युनतम मूल्यबराबरको रकम क्षतिपूर्ति दिन निर्देशन दिएको छ । ‘तर यस प्रकारका मुआब्जा र क्षतिपूर्ति पाउने व्यक्तिको अन्यत्र जग्गा जमिन नभएकालाई मात्र मापदण्ड बनाई उपलव्ध गराउनु भन्ने निर्देशन छ’ जिल्लास्थित मुआब्जा निर्धारण समिति संयोजक एवं प्रजिअ महेश आचार्यले बताए ।

बुढीगण्डकी आयोजना तत्काल मुआब्जा वितरण गर्न माग

लक्ष्मीप्रसाद उपाध्याय आरुघाट (गोरखा),साउन १ गते ।  धादिङ र गोरखा जिल्लाको सीमामा पर्ने बुढीगण्डकी जलविद्युत् आयोजनाका प्रभावित...