तत्काल बुढीगण्डकी आयोजना अघि बढाउन आग्रह, प्रभावित क्षेत्रका बासिन्दाको माग सम्बोधन गर्ने अर्थमन्त्रीको प्रतिबद्धता

बूढीगण्डकी जलविद्युत आयोजना प्रभावित क्षेत्र गोरखा र धादिङका जनप्रतिनिधिसहितका स्थानीयले तत्काल आयोजना अघि बढाउन आग्रह गरेका छन् । उनीहरुले प्रभावित क्षेत्रका बासिन्दाको माग सम्बोधन गर्दै आयोजना तत्काल अघि बढाउन अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरसँग आग्रह गरेका हुन् । आइतबार सिंहदरबारमा अर्थमन्त्रीको ध्यानकर्षण गराउन पुगेका जनप्रतिनिधिसहितका सरोकारवालाहरूले बूढीगण्डकी आयोजनाले  मुआब्जा वितरणमा रासकट्टी गरेको विषयमा पनि अर्थमन्त्रीको ध्यानाकर्षण गराए ।  रासकट्टीको निर्णय  

सम्बन्धित सामग्री

कमजोर कम्पनीले बुढीगण्डकी आयोजना निर्माण गर्छ भन्नेमा आशंका छ : भट्टराई

नेपाल समाजवादी पार्टी (नेसपा)का राष्ट्रिय महाधिवेशन आयोजन समितिका संयोजक एवम् पूर्वप्रधानमन्त्री बावुराम भट्टराइले निम्छरो र कमजोर खालको कम्पनीले बुढीगण्डकी आयोजना निर्माण गर्छ भन्नेमा आशंका उब्जिएको बताएका छन् ।

अरूको मुख ताक्ने यो सरकारले बुढीगण्डकी आयोजना बनाउन सक्दैन : ओली

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टीको नेतृत्वमा मात्रै बुढीगण्डकी जलविद्युत आयोजनाको काम अघि बढ्ने बताएका छन्। अहिले सरकारमा भएकाहरुले बुढीगण्डकी आयोजनालाई चासो नदिँदा बुढीगण्डकी आयोजनाको काम...

जलाशययुक्त आयोजना प्राथमिकतामा

सरकारले बुढीगण्डकी आयोजना चिनियाँ कम्पनीबाट खोसेको झण्डै ४० दिन बितिसके पनि कुन मोडलमा निर्माणमा गर्ने भनेर अहिलेसम्म टुंगो लगाउन सकेको छैन्।...

लागत नबढ्ने गरी बुढीगण्डकी आयोजना निर्माण गरिने

मुलुकमा अहिले पनि हिउँदमा ३–४ सय मेगावाट बिजुली भारतबाट आयात गरेर स्वदेशी माग धान्नुपर्ने अवस्था छ। अर्काेतर्फ राज्यले करिब ३५ अर्बभन्दा धेरै मुआब्जामा खर्चिएको आयोजना भने वर्षाैंदेखि अलपत्र परिरहेको छ।...

बुढीगण्डकी आयोजना सरकारले बनाउने

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले १ हजार २ सय मेगावाट क्षमताको बुढीगण्डकी जलविद्युत् आयोजना सरकारले नै बनाउने बताउनुभएको छ। उहाँले जलाशययुक्त आयोजना निर्माण खर्चिलो हुने भएकाले राज्यले नै बनाउने बताउनुभयो। गोरखा, नुवाकोट र धादिङका जिल्लाको सीमा क्षेत्र घ्यालचोकमा निर्माण हुने उक्त, आयोजना राष्ट्रिय गौरवका आयोजनाहरूमध्ये एक आयोजनाको रूपमा लिइएको छ।

बुढीगण्डकी बनाउन दबाब दिँदै काठमाडौंमा प्रदर्शन (फोटो फिचर)

१० असोज, काठमाडौं । बुढीगण्डकी आयोजना निर्माणका लागि दबाब दिँदै गोरखा र धादिङका वासिन्दाले आइतबार काठमाडौंमा प्रदर्शन गरेका छन् । आयोजना डुवान क्षेत्रमा विकास निर्माणको काम ठप्प भएको र आफूहरु सुकुम्बासी हुने स्थिति आएको भन्दै प्रभावित क्षेत्रका वासिन्दाले आयोजना छिटो शुरु गर्न माग गरेका हुन् । बुढीगण्डकी जलविद्युत आयोजना राष्ट्रिय सरोकार समितिको आयोजनामा असोज ४ […]

बुढीगण्डकी आयोजना अघि बढाउन माग गर्दै आन्दोलन घोषणा

२० भदौ, काठमाडौं । बुढीगण्डकी जलविद्युत आयोजना निर्माण अघि बढाउन माग गर्दै प्रभावित क्षेत्रका वासिन्दाले दबाबमूलक आन्दोलन घोषणा गरेका छन् । आयोजना अलपत्र पर्दा आफूहरु सुकुम्बासी बन्ने अवस्था आएको भन्दै डुवान क्षेत्रका वासिन्दाले काठमाडौं केन्द्रित विरोध कार्यक्रम घोषणा गरेका हुन् । आइतबार बुढीगण्डकी जलविद्युत आयोजना राष्ट्रिय सरोकार समितिले काठमाडौंमा पत्रकार सम्मेलन गरी विभिन्न ११ बुँदे […]

बुढीगण्डकी आयोजना निर्माणको जिम्मा विद्युत प्राधिकरणलाई दिने सरकारको निर्णय

८ मंसिर, काठमाडौं । सरकारले चिनियाँ कम्पनी गेजुवा ग्रुपबाट फिर्ता लिएको बुढीगण्डकी जलासययुक्त आयोजना स्वदेशी लगानीमा नै निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले बुढीगण्डकी आयोजना नेपाल विद्युत प्राधिकरणलाई बनाउन दिने निर्णय गरेको छ । मन्त्रिपरिषद बैठकपछि ऊर्जा मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै ऊर्जा मन्त्री कमल थापाले १२ सय मेगावाटको बुढीगण्डकी आयोजना …