बुढीगण्डकी प्रभावित आन्दोलित, आयोजना कार्यालयमा धर्ना

मुआब्जा वितरण, पुनर्स्थापना र पुनर्बासको काम टुङ्ग्याउन माग गर्दै बुढीगण्डकी आयोजना प्रभावित क्षेत्रका स्थानीय आन्दोलित बनेका छन्।

सम्बन्धित सामग्री

बुढीगण्डकी जलविद्युत आयोजनाबाट प्रभावितद्वारा माइतीघरमा धर्ना

काठमाडौं : बुढीगण्डकी जलविद्युत आयोजनाबाट प्रभावित स्थानीयहरुले आज राजधानीमा प्रदर्शन गरेका छन्। बुढीगण्डकी आयोजनाको निर्माण सम्पन्न हुँदा डुबानबाट प्रभावित बनेकाहरुले माइतीघरमा धर्ना दिएका हुन्। विरोध प्रदर्शनमा आएकाहरुले तत्काल आयोजना निर्माण सम्पन्न गर्न माग गरेका छन्। यस्तै, मुआब्जा पाउनुपर्ने स्थानीयहरुलाई तत्काल मुआब्जा वितरण गर्न पनि उनीहरुले माग गरेका छन्।

वुढिगण्डकी आयोजना सुरु गर्न दवावका लागि वावुराम भट्टराई धर्नामा

पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई धर्ना वस्न माईतिघर पुगेका छन् ।  बुढीगण्डकी आयोजना छिटो बनाउन दबाब दिन प्रभावित क्षेत्रमा पर्ने गोरखा र धादिङका वासिन्दाले सोमबारदेखि ...

आयोजनाले अन्यौला बढाएपछि बुढीगण्डकी प्रभावित धर्नामा

राष्ट्रिय गौरवको बुढीगण्डकी जलविद्युत आयोजनामा सरकार पिच्छे फरक फरक निर्णय हुने तर काम भने नहुने भएपछि प्रभावित क्षेत्रका स्थानीय आक्रोशित बनेका छन्। आयोजनाबाट प्रभावित गोरखा र धादीङका स्थानीयले आजदेखि आयोजनाको कार्यालय घ्याल्चोक सिउरेनीटारमा धर्ना कार्यक्रम सुरु गरेका छन्।