झण्डै ६ अर्बको अलैंची र १ अर्बको प्लाइउड निर्यात

२६ चैत, झापा । नेपालको अदुवा, अलैँची र प्लाइउडको निर्यातमा वृद्धि भएको छ । पूर्वीनाका काँकडभिट्टा भएर भारत निकासी भएका आधारमा निर्यात बढेको देखिएको हो । मेची भन्सार कार्यालय काँकडभिट्टाका प्रमुख भन्सार अधिकृत रामप्रसाद पाठकका अनुसार चालु आर्थिक वर्ष २०७९/८० को फागुन मसान्तसम्म (आठ महिना)मा नेपालबाट ४० करोड ६१ लाख १८ हजार रुपैयाँ मूल्य बराबरको […]

सम्बन्धित सामग्री

व्यापारघाटा कम गर्न कृषि वस्तु निर्यात आवश्यक

बिर्तामोड— व्यापारघाटा कम गर्न कृषि वस्तु निर्यात आवश्यक रहेको झापाको बिर्तामोडमा आयोजित कार्यक्रमका सहभागीहरूले बताएका छन् । नेपालमा कृषि वस्तु पर्याप्त उत्पादन गरी निर्यात गर्न सके मात्र वैदेशिक व्यापारघाटा कम गर्न सकिने उनीहरूले बताएका हुन् । झापाको बिर्तामोडमा नेपाल अलैंची व्यवसायी महासंघको आठाैं साधारणसभामा उनीहरूले त्यस्तो बताएका हुन् । नेपाल अलैंची व्यवसायी महासंघका अध्यक्ष निर्मल […]

अलैंची निर्यात ३२२ प्रतिशत बढ्यो

बिर्तामोड– नेपालको पूर्वी नाका काँकडभिट्टाबाट अलैंची निर्यात ३ सय २२ प्रतिशतले वृद्धि भएको छ । पहाडी जिल्लामा उत्पादित अलैंचीको निर्यात गत आवको तुलनामा चालु आवमा उत्साहजनक रुपमा बढेको हो । गत आव २०७९–८० को साउनमा २२ करोड ८५ लाखको अलैंची निर्यात भएको थियो । यो वर्ष साउनमा ९६ करोड ४६ लाख रुपैयाँको निर्यात पुगेको हो […]

अलैंची निर्यात उत्साहजनक

काठमाडौं । अलैंचीको मूल्य बढे पनि यसको निर्यात बढेको छ । भारतमा अलैंची उत्पादन घटेर माग र मूल्य दुवै बढेसँगै निर्यातको ग्राफ उकालो चढेको हो । व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको तथ्यांकअनुसार चालू आर्थिक वर्ष (आव) को पहिलो ७ महीनामा मौद्रिक मूल्यअनुसार अलैंची निर्यात ८५ प्रतिशतले बढेको छ । नेपाल अलैंची व्यवसायी महासंघका अनुसार माग बढेसँगै अलैंचीको मूल्य प्रतिमन १३ हजार रुपैयाँसम्मले बढेको छ । ४० किलोको एक मन हुन्छ । मूल्य बढेसँगै निर्यात पनि बढेको हो । केन्द्रको तथ्यांकअनुसार गत आवको पहिलो ७ महीनामा २ अर्ब ६४ करोड ३० लाख रुपैयाँभन्दा बढीको अलैंची निर्यात भएको थियो । उक्त मूल्यमा २ हजार ९ सय ९६ मेट्रिक टन अलैंची निर्यात भएको थियो । चालू आवको सोही अवधिमा अलैंची निर्यात ८५ प्रतिशतले बढेर ४ अर्ब ८९ करोड ७६ लाख रुपैयाँ हाराहारी पुगेको छ । निर्यात परिमाण पनि ६ हजार १ सय १७ मेट्रिक टन पुगेको छ । महासंघका अध्यक्ष निर्मल भट्टराईले यस वर्ष नेपालसँगै भारतमा समेत अलैंची उत्पादन घटेको बताए । गतवर्ष ५० हजार बोरा अलैंची उत्पादन गरेको भारतले यस वर्ष २० हजार बोरामात्रै उत्पादन गरेको उनको भनाइ छ । यसअघि १ लाख २० हजार बोरासम्म अलैंची उत्पादन गर्दै आएको नेपालले पनि यस वर्ष १ लाख ५ हजार बोरामात्रै उत्पादन गर्न सकेको छ । एकातिर उत्पादन घट्नु, अर्कोतिर बजार माग बढ्नुको संयोगले मूल्य बढेको तथा मूल्य बढेसँगै निर्यात पनि बढेको उनले बताए । ‘गतवर्ष भारतको आफ्नै उत्पादन पनि बढी भएकाले नेपालको अलैंची खासै निर्यात हुन सकेको थिएन । जसले गर्दा नेपालमा अलैंचीको स्टक धेरै थियो,’ उनले आर्थिक अभियानसँग भने, ‘अहिले माग पनि बढ्यो र त्यही स्टक अलैंची एकैचोटि निर्यात हुँदा परिमाण बढी देखिएको हो ।’ पछिल्लो ४ महीनामा जेजे (एक नम्बर) अलैंचीको मूल्य प्रतिमन २७ हजार रुपैयाँबाट बढेर ४० हजार रुपैयाँ पुगेको छ । एसडी (दुुई नम्बर) अलैंचीको मूल्य पनि प्रतिमन २६ हजार रुपैयाँबाट बढेर ३९ हजार रुपैयाँ कायम भएको छ । चलनचल्ती वा तीन नम्बर अलैंचीको मूल्य २५ हजार रुपैयाँबाट बढेर ३८ हजार रुपैयाँ प्रतिमन कायम भएको छ । अलैंचीको निकासी मूल्य बढे पनि त्यसबाट किसानले लाभ पाएका छैनन् । अलैंची भित्र्याउने समयमा एक नम्बर अलैंचीको मूल्य २७ हजार रुपैयाँ प्रतिमन थियो । किसानको हातबाट बिचौलियाको हातमा गइसकेपछि मूल्य बढ्नाले किसानहरू मर्कामा परेको अध्यक्ष भट्टराईले बताए । नेपालमा उत्पादन हुने मसला बालीमध्ये उत्पादन र क्षेत्रफलका आधारमा अदुवा अग्रस्थानमा छ । अलैंची अन्तिम स्थानमा पर्छ । नेपालमा करीब १ हजार ७ सय हेक्टर जमिनमा अलैंची खेती हुने गरेको सरकारी तथ्यांक छ । राष्ट्रिय आलु, तरकारी तथा मसला बाली विकास केन्द्रका वरिष्ठ बाली विकास अधिकृत राजन परियारले पनि गतवर्ष स्टक रहेको अलैंची एकैपटक बजारमा आएकाले निर्यात बढेको हुन सक्ने बताए । यससँगै पछिल्लो समय अलैंचीको मूल्य पनि बढेकाले व्यापारीले आफूसँग भएको अलैंची निर्यात गरे । यसले गर्दा निर्यात परिमाण बढेको हुन सक्ने उनको भनाइ छ । यसअघि पाकिस्तान र भारतमा सीमित नेपाली अलैंची यस वर्षदेखि खाडी मुलुकमा समेत निकासी हुन थालेको छ । कतारलगायत खाडी मुलुकले आफ्नो देशको मापदण्डअनुसार उत्पादन भएका खाद्य वस्तुलाई अर्ग्यानिक रजिस्टर दिन्छन् । त्यही मापदण्डअनुरूप नेपालले पनि यसैवर्षदेखि ती मुलुकमा अलैंची निर्यात गर्न हलाल सर्टिफिकेट प्राप्त गरेको छ ।

अलैंची र यसको उत्पादनलाई स्वदेशी बजारमा प्रवद्र्धन गर्नु जरुरी

नेपालमा अलैंचीको व्यापार सहजीकरणमार्फत अलैंची र त्यसका उत्पादनहरूको निर्यात बढाउनु र मूल्य अभिवृद्धिमार्फत आन्तरिक माग बढाउनु जरुरी छ । नेपाल अलैंचीको सबैभन्दा ठूलो उत्पादक र निर्यातकर्ता भए पनि देशभित्र यसको खपत निकै न्यून छ, जसले गर्दा व्यापारीहरू नेपालबाहिर बजार खोज्न बाध्य भएका छन् । अर्कातर्फ अलैंचीको विकल्पका रूपमा धेरै गुणा महँगो हुने सानो अलैंची अर्थात् […]

आफ्नै ब्रान्डिङ र लेबलिङमा विश्व बजार पुग्दै नेपाली अलैंची

नेपालको पूर्वी पहाडी भेगमा उत्पादन हुने अलैंचीलाई ‘मसलाकी रानी, कालो सुन’ उपनाम दिइन्छ । नेपाली अलैंची भारत हुँदै पाकिस्तान, बंगलादेशलगायत विभिन्न मुलुक पुग्ने गरेको छ । अलैंची कृषिजन्य वस्तुमध्ये सबैभन्दा मंहगोमा भारतीय बजारमा निर्यात हुनेमा पर्छ । अलैंचीको निकासीबाट वार्षिक ६ अर्ब रुपैयाँ नेपाल भित्र्ने गरेको छ ।तर, भारतीय बजार निर्भर निर्यातले अलैंची क्षेत्रमा पटक–पटक […]

अलैंचीको निर्यात बढ्यो

काठमाण्डाै - अलैंची निर्यात बढेको छ । अन्तर्राष्ट्रिय बजारमा स्वदेशी अलैंचीको माग बढ्दै गएपछि ७४ प्रतिशतले निर्यात बढेको हो। गएको आर्थिक वर्ष पाँच हजार १२ मेट्रिकटन अलैंची निर्यात भएको व्यापार प्रवर्द्धन तथा निकासी केन्द्रले जनाएको छ । केन्द्रका अनुसार गएको आर्थिक वर्ष २०७७/०७८ मा आठ हजार आठ सय ५७ मेट्रिकटन अलैंची निर्यात भएको थियो । त्यसअघिको आर्थिक वर्ष २०७६/०७७ मा पाँच हजार १२ मेट्रिकटन निर्यात भएको थियो । अलैंची निर्यात बढेसँगै गएको आर्थिक वर्ष ७ अर्बभन्दा बढी रुपैयाँ भित्रिएको छ । आर्थिक वर्ष २०७७/०७८ मा ७ अर्ब २ कर...

अन्तर्राष्ट्रिय बजारबाट माग बढेसँगै अलैंची निर्यात ७५ प्रतिशतले बढ्यो

आर्थिक वर्ष २०७६/७७ मा ४ अर्ब १ करोड ९२ लााख १४ हजार रुपैयाँ बराबरको ५० लाख १२ हजार ६ सय ९४ केजी निर्यात भएको थियो । मुलुकमा उत्पादन भएको अलैंची मुख्यतः छिमेकी मुलुक भारतमा निर्यात हुने गरेको छ ।

यो वर्ष ६ अर्बको अलैंची नेपालबाट निर्यात

काठमाडौं। चालु आर्थिक वर्ष २०७७/७८ मा ५ अर्ब ५ अर्ब ९९ करोड ११ लाख ३८ हजार रुपैयाँको अलैंची नेपालबाट निर्यात भएको छ। भन्सार विभागकाअनुसार २०७७ साउन १ गतेदेखि २०७८ वैशाख मसान्तसम्मको अवधिमा सो मुल्य बराबरको अलैची नेपालले विश्व बजारमा पठाएको हो। दश महिनामा नेपालले ७५ लाख ५० हजार ३ सय ९७ केजी अलैंची निर्यात गरेको विभागले जनाएको छ।

निर्यातजन्य वस्तुमध्ये अलैंची पहिलो स्थानमा

कोभिडका कारण किसानले अलैंची बिक्री गर्न नपाएको बताइरहँदा चालू आर्थिक वर्षको ६ महिनामा निर्यात भएका प्रमुख २० वस्तुमध्ये नगदे बाली अलैंचीको स्थान सबैभन्दा अगाडि रहेको पाइएको छ । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको तथ्यांकअनुसार चालू वर्षको ६ महिनामा ३ अर्ब ७८ करोड रुपैयाँ बराबरको अलैंची निर्यात भएको छ । गत वर्षको सोही अवधिमा २ […]