मेची भन्सार कार्यालय : लक्ष्यभन्दा ८% बढी राजस्व संकलन

साउन ७, झापा । मेची भन्सार कार्यालय काँकडभिट्टाले गत आर्थिक वर्षमा लक्ष्यको तुलनामा करीब आठ प्रतिशत बढी राजस्व संकलन गरेको छ ।  गत आर्थिक वर्षमा रू. १२ अर्ब नौ करोड राजस्व असुल गर्ने लक्ष्य लिएकोमा सो अवधिमा कार्यालयले रू. १३ अर्ब तीन करोड राजस्व संकलन गरेको छ । यो लक्ष्यको तुलनामा ७ दशमलव ७७ प्रतिशत बढी हो ।  कार्यालयका प्रमुख भन्सार अधिकृत ध्रुव विश्वकर्माले यो नाकाबाट सबैभन्दा बढी पेट्रोलियम पदार्थ आयात भएको बताए । गत आर्थिक वर्षमा यो नाकाबाट संकलन भएको राजस्वमा पेट्रोलियम पदार्थको हिस्सा ४८ प्रतिशत रहेको छ ।  कोभिड–१९ को जोखिममा समेत औद्योगिक क्षेत्रमा प्रयोग हुने कच्चा पदार्थ, खाद्यान्न र तरकारीलगायत सामग्री आयात भइरहेका कारण राजस्व वृद्धि भएको कार्यालयले जानकारी दिएको छ ।  कार्यालयले आर्थिक वर्ष २०७६/७७ मा लक्ष्यको ७३ प्रतिशत अर्थात् रू. आठ अर्ब ३५ करोड राजस्व संकलन गरेको थियो । गत आर्थिक वर्षमा पूर्वी नाका काँकडभिट्टाबाट रू. १३ अर्ब ६५ करोडको सामान निर्यात भएको छ । निर्यात हुने वस्तुमा सबैभन्दा बढी अलैंँची रहेको उनले बताए ।  उनका अनुसार गत आर्थिक वर्षमा यो नाकाबाट रू. छ अर्ब ९० लाख मूल्य बराबरको ८५ लाख ६६ केजी अलैँची निर्यात भएको छ । अघिल्लो आर्थिक वर्षमा रू. चार अर्ब आठ लाख मूल्य बराबरको ५९ लाख ९० केजी अलैँची निर्यात भएको थियो ।  प्रमुख भन्सार अधिकृत विश्वकर्माका अनुसार अलैंँचीपछि सबैभन्दा बढी चिया निर्यात भएको छ । गत आर्थिक वर्षमा रू. तीन अर्ब ३१ लाख मूल्य बराबरको एक करोड १२ लाख ६७ हजार केजी चिया निर्यात भएको कार्यालयले जानकारी दिएको छ । रासस

सम्बन्धित सामग्री

मेची भन्सारमा १२ अर्ब ९३ करोड बढी राजस्व संकलन

भद्रपुर (झापा)- मेची भन्सार कार्यालय काँकडभिट्टाले चालु आर्थिक वर्षको ११ महिनामा १२ अर्ब ९३ करोड १७ लाख ३७ हजार राजस्व संकलन गरेको छ । भन्सार कार्यालयले चालु आब सकिन एक महिना बाँकी हुँदा लक्ष्यको ७७ दशमलव ५७ प्रतिशत राजस्व संकलन गरेको हो । मेची भन्सार कार्यालय काँकरभिट्टाका सूचना अधिकारी गणपति कँडेलका अनुसार चालु आवको १...

मेची भन्सारको राजस्व असुलीमा वृद्धि

झापा । चालू आर्थिक वर्षको ६ महीनामा मेची भन्सार कार्यालय काँकडभिट्टाले ७ अर्ब ९८ करोड ६५ लाख ५९ हजार राजस्व संकलन गरेको छ । आर्थिक वर्ष २०७८/७९ को साउनदेखि पुस मसान्तसम्ममा ७ अर्ब ३८ करोड ८६ लाख २४ हजार लक्ष्य लिएकोमा कार्यालयका अनुसार १०८ दशमलव ९ प्रतिशत राजस्व असुल्न सफल भएको हो । पूर्वी नाकाबाट भित्रिने पेट्रोलियम पदार्थका कारण भन्सारको राजस्व असुलीमा समेत उल्लेख्य प्रगति भएको प्रमुख भन्सार अधिकृत केशवराज ओलीले बताए । मेची भन्सार कार्यालय काँकडभिट्टाको कुल राजस्वको ४० प्रतिशत बढी राजस्व पेट्रोलियम पदार्थ र बाँकी ६० प्रतिशत अन्य वस्तुले ओगटेको जानकारी उनले दिए । कार्यालयलाई भन्सार विभागले १५ अर्ब ४५ करोड ४७ लाख ८७ हजार वार्षिक राजस्व संकलनको लक्ष्य दिएको छ । वार्षिक लक्ष्यको तुलनामा ६ महीनामा ५१ दशमलव ६८ प्रतिशत राजस्व असुली भएको जानकारी उनले दिए । साउनको मासिक लक्ष्य ९२ करोड ५९ लाख ७२ हजार राजस्व असुली गर्ने लक्ष्य भए पनि १ अर्ब ३७ करोड १४ लाख ५३ हजार असुली भएको छ, जुन लक्ष्यभन्दा ४८ दशमलव ११ प्रतिशत बढी हो । भदौमा कार्यालयले १ अर्ब २१ करोड ४५ लाख ५० हजार राजस्व असुलीको लक्ष्य पाएकोमा १ अर्ब ३० करोड ७७ लाख ६४ हजार अर्थात् १०७ दशमलव ६७ प्रतिशत संकलन गरेको छ । असोजमा १ अर्ब ३५ करोड ६४ लाख ५ हजार राजस्व संकलन गरेको प्रमुख भन्सार अधिकृत ओलीले जानकारी दिए । असोजको लक्ष्य भने १ अर्ब २४ करोड ७२ लाख ८१ हजार थियो । कात्तिकको लक्ष्य १ अर्ब ३१ करोड ९७ लाख २७ हजार रहेकोमा १ अर्ब १६ करोड ९३ लाख ६९ हजार ११८ रुपैयाँ अर्थात् ८८ दशमलव ६१ प्रतिशत राजस्व असुली गरेको छ । यसैगरी मङ्सिरमा कार्यालयले १ अर्ब ३२ करोड ७३ लाख १९ हजारको लक्ष्य पाएकोमा एक अर्ब ४० करोड २३ लाख ५८ हजार संकलन भएको छ ।  रासस

मेची भन्सारको राजस्व असुली बढ्यो, ६ महीनामा ७ अर्ब ९८ करोड ६५ लाख ५९ हजार संकलन

माघ ५, झापा । चालू आर्थिक वर्षको ६ महीनामा मेची भन्सार कार्यालय काँकडभिट्टाले रू. सात अर्ब ९८ करोड ६५ लाख ५९ हजार राजस्व संकलन गरेको छ ।  आर्थिक वर्ष २०७८/७९ को साउनदेखि पुस मसान्तसम्ममा रू. सात अर्ब ३८ करोड ८६ लाख २४ हजार लक्ष्य लिएकोमा कार्यालयका अनुसार १०८ दशमलव ९ प्रतिशत राजस्व असुल्न सफल भएको हो ।  पूर्वी नाकाबाट भित्रिने पेट्रोलियम पदार्थका कारण भन्सारको राजस्व असुलीमा समेत उल्लेख्य प्रगति भएको प्रमुख भन्सार अधिकृत केशवराज ओलीले बताए । मेची भन्सार कार्यालय काँकडभिट्टाको कुल राजस्वको ४० प्रतिशत बढी राजस्व पेट्रोलियम पदार्थले ओगटेको छ भने बाँकी ६० प्रतिशत अन्यले ओगटेको उनको भनाइ छ । कार्यालयलाई भन्सार विभागले रू. १५ अर्ब ४५ करोड ४७ लाख ८७ हजार वार्षिक राजस्वको लक्ष्य दिइएको छ । उनले वार्षिक लक्ष्यको तुलनामा ६ महीनामा ५१ दशमलव ६८ प्रतिशत राजस्व असुली भएको जानकारी दिए ।  साउनको मासिक लक्ष्य रू. ९२ करोड ५९ लाख ७२ हजार राजस्व असुली गर्ने लक्ष्य भए पनि रू. एक अर्ब ३७ करोड १४ लाख ५३ हजार असुली भएको छ । जुन रकम लक्ष्यको तुलनामा राजस्व असुली ४८ दशमलव ११ प्रतिशत बढी हो । भदौमा कार्यालयले रू. एक अर्ब २१ करोड ४५ लाख ५० हजार राजस्व असुली गर्नुपर्ने लक्ष्य पाएकामा रू. एक अर्ब ३० करोड ७७ लाख ६४ हजार अर्थात् १०७ दशमलव ६७ प्रतिशत राजस्व संकलन गरेको छ । असोजमा रू. एक अर्ब ३५ करोड ६४ लाख ५ हजार राजस्व संकलन गरेको प्रमुख भन्सार अधिकृत ओलीले जानकारी दिनुभयो । असोजको लक्ष्य भने रू. एक अर्ब २४ करोड ७२ लाख ८१ हजार थियो । कात्तिक महीनाको लक्ष्य रू. एक अर्ब ३१ करोड ९७ लाख २७ हजार लक्ष्य लिए पनि एक अर्ब १६ करोड ९३ लाख ६९ हजार ११८ रुपैयाँ वा ८८ दशमलव ६१ प्रतिशत राजस्व असुली गरेको छ ।  मंसिर महीनामा कार्यालयले रू. एक अर्ब ३२ करोड ७३ लाख १९ हजार लक्ष्य लिए पनि रू. एक अर्ब ४० करोड २३ लाख ५८ हजार राजस्व संकलन भएको जानकारी दिइएको छ । पुस महीनामा रू. एक अर्ब ३५ करोड ३७ लाख ७५ हजार लक्ष्यमा रू. एक अर्ब ३७ करोड ९२ लाख सात हजार अर्थात् १०१ दशमलव ८८ प्रतिशत राजस्व संकलन गरेको छ । पूर्वी नाकाबाट आयात हुने कोइला, पेट्रोलियम पदार्थ, सिमेन्ट क्लिङ्कर, पेय पदार्थ, खाना पकाउने ग्यास, मट्टितेल तयारी पोशाक, सुपारी, हवाई स्प्रीड, सुती कपडा, रंगिन टेलिभिजन, ग्लेज टायल, लुब्रिकेटिङ, आयल मोबिल, मोटरका ब्याट्रीलगायतका सामग्री रहेका छन् । रासस

मेची भन्सारको राजस्व १० अर्ब बढी

नेपालको पूर्वीनाका मेची भन्सार कार्यालय काँकरभिट्टाले आर्थिक बर्ष २०७४-०७५मा १० अर्ब १८ करोड २७ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । ९ अर्ब २० करोड ९१ लाख ३८ हजार लक्ष्य लिएकोमा आर्थिक बर्ष २०७४-०७५मा १० अर्ब १८ करोड २७ लाख रुपैयाँ राजस्व संकलन भएको मेची भन्सार कार्यालय काँकरभिट्टाल भन्सार प्रमुख टेकबहादुर अर्यालले बताए ।

मेची भन्सारको राजस्व बढ्यो

पछिल्लो समय पेट्रोलियम पदार्थ र बंगलादेशमा उत्पादित पेय तथा खाद्य पदार्थको आयात बढेसँगै मेची भन्सार कार्यालय काँकरभिट्टाले राजश्व असुलीमा वृद्धि गरेको छ । काँकरभिट्टा भन्सारले संकलन गर्ने कुल राजस्वको ४० प्रतिशत पेट्रोलियम पदार्थले ओगटेको र बंगलादेशबाट आयातित पेय पदार्थ, खाद्य वस्तुलगायतले पनि कूल राजस्वको ४० प्रतिशत ओगटेकाले पछिल्लो समय राजस्व संकलन वृद्धि भएको भन्सार कार्यालय काँकरभिट्टाका प्रमुख भन्सार अधिकृत टेकबहादुर अर्यालले बताए ।