भन्सार कार्यालय विराटनगरद्वारा ४० अर्ब राजस्व संकलन

विराटनगर (अस) । एकीकृत भन्सार जाँचचौकी रानी विराटनगरले आर्थिक वर्ष २०७७/७८ मा कुल रू. ४० अर्ब ८ करोड १९ लाख १३ हजार राजस्व संकलन गरी ८८ दशमलव ४५ प्रतिशत प्रगति गरेको छ । सो अवधिमा कार्यालयले ४६ अर्ब १४ करोड ९५ लाख ८९ हजार राजस्व संकलन गर्ने लक्ष्यमा ८८ दशमलव ४५ प्रतिशत प्रगति गरेको कार्यालयले जानकारी दिएको छ । आर्थिक वर्ष २०७६/७७ को तुलनामा रू. १२ अर्ब ४५ करोड ५५ लाख ८४ हजार बढी राजस्व संकलन गर्न सफल भएको कार्यालय प्रमुख शिव भण्डारीले बताए । उनका अनुसार अघिल्लो आवमा कुल २८ अर्ब ३६ करोड ३४ लाख २९ हजार राजस्व संकलन भएको थियो । कार्यालयले चालू आर्थिक वर्षको दुई महीना साउन र भदौमा कुल ७ अर्ब २१ करोड ९४ लाख ११ हजार राजस्व संकलन गरेको छ । सो राजस्व साउन महीनामा रू. ३ अर्ब ३४ करोड ९६ लाख ९८ र भदौमा रू. ३ अर्ब ८६ करोड ९७ लाख १३ हजार संकलन भएको हो । यी दुई महीनामा कार्यालयले साउनमा ११५ दशमलव ८२ प्रतिशत र भदौमा १०० दशमलव १३ प्रतिशत प्रगति गरेको भन्सार अधिकृत प्रकाश भट्टराईले जानकारी दिए । गएको अर्थिक वर्षमा कोभिड–१९ को विश्वव्यापी महामारी फैलिनु र नेपाल सरकारले गएको चैत ११ गतेबाट बन्दाबन्दी घोषणा गरेको कारण व्यापारिक कारोबार ठप्प हुनु, आयात निर्यात नहुनुले पनि गत आवमा लक्ष्य अनुसारको राजस्व संकलन नभएको भन्सार प्रमुख भण्डारीले बताए । रासस

सम्बन्धित सामग्री

भन्सार राजस्व संकलन निरन्तर ओरालो

जिल्ला भन्सार कार्यालय कैलालीको राजस्व संकलन लक्ष्य निरन्तर ओरालो लागेको छ । विगत दुई आर्थिक वर्षमा कैलाली भन्सारबाट असुल हुँदै आएको राजस्वको प्रतिशत र रकम पनि घट्दै गएको छ । आर्थिक वर्ष २०७९/०८० मा १२ अर्ब ३० करोड ६६ लाख ७८ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिइएको भए पनि आठ अर्ब २९ करोड ६३ […]

कुन भन्सारले कति राजस्व संकलन गर्‍यो ?

काठमाडौं । वीरगञ्ज भन्सार कार्यालयले सर्वाधिक राजस्व संकलन गरेको छ । आर्थिक वर्ष २०७८/०७९ मा उक्त कार्यालयले २ खर्ब ४ अर्ब राजस्व असुल गरेको छ । यो नाकाबाट गाडी, मोटरसाइकल, पेट्रोलियम, औद्योगिक कच्चा पदार्थ पदार्थलगायत आयात हुन्छ । दोस्रो धेरै महसुल संकलन गर्नेमा भैरहवा भन्सार कार्यालय २२.८८ प्रतिशत छ । गत वर्ष सो कार्यालयले १ […]

तरकारीमा मात्र १० करोड बढी राजस्व संकलन

भन्सार कार्यालय कैलालीले एक वर्षमा तरकारीमा मात्र १० करोड रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ । आर्थिक वर्ष २०७८/०७९ मा आलु, प्याज, टमाटरमा मात्र भन्सार कार्यालयले उक्त परिमाणमा राजस्व संकलन गरेको हो ।भन्सार कार्यालयका अनुसार ५१ करोड २८ लाख  ९८ हजार मूल्यको आलु मा ७ करोड १८ लाख ३८ हजार ३६० रुपैयाँ राजस्व संकलन भएको छ । यस्तै, ३ करोड ८५ लाख २४ हजार ६७५ मूल्यको टमाटरमा ५३ लाख ९३ हजार ७०६ रुपैयाँ राजस्व संकलन भएको भन्सार कार्यालय कैलालीका सूचना अधिकारी अम्बिका केसीले रातोपाटीलाई जानकारी दिइन

कैलालीका भन्सारमा लक्ष्यभन्दा कम राजस्व संकलन

कैलालीका भन्सार कार्यालयबाट गत आर्थिक वर्षमा लक्ष्यअनुसारको राजस्व संकलनमा कमी आएको छ । दुईवटा भन्सार कार्यालय रहेको कैलालीमा आर्थिक वर्ष २०७८/०७९ मा ती कार्यालयलाई भन्सार विभागले तोकेको लक्ष्यभन्दा कम राजस्व संकलन भएको हो ।  आव २०७८/०७९ मा विभागले ११ अर्ब ८२ करोड राजस्व उठाउनुपर्ने लक्ष्य तोकेकामा तोकिएभन्दा नौ अर्ब ५८ करोड कम राजस्व उठेको सूचना अधिकारी अम्बिका केसीले जानकारी दिइन् । “यस वर्ष लक्ष्यभन्दा कम राजस्व संकलन भएको छ । यस वर्ष संकलन भएको राजस्व लक्ष्यको ८१ प्रतिशत

सर्लाही भन्सारद्वारा ५३ करोड राजस्व संकलन

जिल्ला भन्सार कार्यालय सर्लाहीले आर्थिक वर्ष २०७८/७९ मा करिब ५२ करोड ८२ लाख राजस्व संकलन गरेको छ।...

रसुवा भन्सारमा फागुन महिनामा ६३.६१ प्रतिशत राजस्व संकलन

रसुवा भन्सार कार्यालय टिमुरेले फागुन महिनामा लक्ष्यको ६३ प्रतिशत मात्रै राजस्व संकलन गरेको छ । कार्यालयले चालु आर्थिक वर्ष २०७८/०७९ को फागुन महिनामा राखेको लक्ष्यको ६३ दशमलव ६१ प्रतिशत मात्रै राजस्व संकलन गरेको हो ।रसुवा भन्सार कार्यालय टिमुरेका भन्सार प्रमुख रामप्रसाद मैनालीका अनुसार फागुन महिनामा कार्यालयले ५७ करोड ७१ लाख १५ हजार राजस्व संकलनको लक्ष्य राखेको थियो । तर, कार्यालयले ३६ करोड ७० लाख ९८ हजार मात्रै राजस्व संकलन गर्‍यो । जुन लक्ष्यको तुलनामा २१ करोड १७ हजार कम संकलन भएको हो ।&nbs

रसुवा भन्सारमा लक्ष्य भन्दा कम राजस्व संकलन

रसुवा । रसुवा भन्सार कार्यालय टिमुरेले चालू आर्थिक वर्ष २०७८/०७९ को माघ महिनामा राखेको लक्ष्यको ८४ प्रतिशत मात्र राजस्व संकलन गरेकोछ । माघ महिनामा चीनमा लोछार पर्व तथा हिमपातका कारण चीनबाट सामग्री नियमित आयातनहुँदा लक्ष्य पूरा गर्न नसकिएको भन्सार कार्यालय टिमुरेका भन्सार प्रमुख रामप्रसाद मैनालीले जानकारी दिनुभयो । कार्यालयले माघ महिनामा ५५ करोड रुपैयाँ राजस्व […]

रसुवा भन्सारमा ८८ प्रतिशतभन्दा बढी राजस्व संकलन

रसुवा भन्सार कार्यालय टिमुरेले मंसिरमा लक्ष्यभन्दा ८८ प्रतिशत बढी राजस्व संकलन गरेको छ । भन्सार कार्यालय टिमुरेका भन्सार प्रमुख रामप्रसाद मैनालीका अनुसार मंसिरमा कार्यालयले ५४ करोड ७१ लाख राजस्व संकलन गर्ने...

रसुवा भन्सारमा असोजमा लक्ष्यभन्दा ५९ प्रतिशत बढी राजस्व संकलन

रसुवा– रसुवा भन्सार कार्यालय टिमुरेले असोज महिनामा लक्ष्य भन्दा ५९ प्रतिशत बढी राजस्व संकलन गरेको छ । कार्यालयले चालु आर्थिक वर्ष २०७८/०७९ को असोज महिनामा राखेको लक्ष्यको ५९ दशमलब १७ प्रतिशत बढी राजस्व संकलन गरेको हो । रसुवा भन्सार कार्यालय टिमुरेका सूचना अधिकारी नरेन्द्र प्रसाद चौधरीका अनुसार असोज महिनामा कार्यालयले ५९ करोड १६ लाख ७६ […]

लक्ष्य अनुसार राजस्व संकलन भएन

कञ्चनपुर भन्सार कार्यालयमा लक्ष्य अनुसार राजस्व संकलन कमी भएको छ । बढ्दो कोरोना महामारीको प्रभावका कारण भन्सार कार्यालय कञ्चनपुरले लक्ष्य अनुसार राजस्व संकलनमा कमी भएको हो । भन्सार कार्यालयका सूचना अधिकारी प्रमानन्द जोशीका अनुसार कार्यालयले लक्ष्यअनुसार राजस्व संकलन गर्नका लागि अग्रसर भएको भएपनि कोरोना महामारीका कारण लक्ष्य अनुसार राजस्व संकलनमा कमी आएको छ ।“विगतका वर्षमा […]