नेपालस्थित अमेरिकी दूतावासले नेपाललाई दियो बधाई

काठमाडौँ, २२ माघ। नेपाललाई वयस्क जनसंख्याको ७० प्रतिशतलाई कोरोनाविरुद्धको पूर्ण मात्राको खोप लगाउन सफल भएकोमा अमेरिकी दूतावास, नेपालले बधाई दिएको छ । नेपालस्थित अमेरिकी दुतावासले सामाजिक संजालमार्फत बधाई दिएको हो। अमेरिकाले महामारीको शुरूवातदेखिनै नेपालको कोभीड१९ प्रतिकार्यको निरन्तर सहयोगी बन्दै आएको दुतावासले स्पष्ट पारेको छ । जसमा २३ लाखभन्दा बढी डोज कोभीड-१९ भ्याक्सीन समेत दिएको र […]

सम्बन्धित सामग्री

आफ्ना खेलाडीप्रति गर्व गर्दै यूएईले दियो नेपाललाई बधाई

काठमाडौं,एसीसी प्रिमियर कप क्रिकेटको उपविजेता बनेको यूएईले नेपाली क्रिकेट टिमलाई बधाई दिएको छ । आज भएको फाइनल खेलमा नेपालसँग पराजित भएपछि एसिया कप खेल्न बाट बञ्चित भएको यूएईले नेपाल एसिया कपमा छनोट भएकोमा बधाई दिएको हो । आज भएको फाइनलमा नेपालसँग ७ विकेटले पराजित भएपनि यूएईको क्रिकेट बोर्डले ट्विटगर्दै लेखेको छ । ‘बधाई नेपाल । […]

अमेरिकाले दियो नवनियुक्त प्रधानमन्त्री प्रचण्डलाई बधाई

काठमाडौं : नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई अमेरिकी सरकारले बधाई तथा शुभकामना व्यक्त गरेको छ। आइतवार ७ दलसहित ३ स्वतन्त्र सांसदको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका प्रचण्डलाई अमेरिकाले आज बधाई सन्देश पठाएको हो। संघीय निर्वाचनमा जितको बधाई दिँदै अमेरिकाले अब बन्ने सरकारसँग काम गर्न र नेपाललाई सहयोग गर्न तयार रहेको जनाएको…

चीनले दियो प्रचण्डलाई बधाई

नवनियुक्त प्रधानमन्त्री प्रचण्डलाई चीनले बधाई दिएको छ ।  काठमाडौंस्थित चिनियाँ राजदूतावासका प्रवक्ताले सामाजिक सञ्जालमार्फत् नेपालको ४४औँ प्रधानमन्त्री नियुक्त भएकोमा प्रचण्डलाई बधाई दिएका हुन् ।  उनले ट्विट गर्दै भनेका छन्, ‘अध्यक्ष प्रचण्डलाई नेपालको...

प्रधानमन्त्री नियुक्त भएकोमा चीनले दियो प्रचण्डलाई बधाई

चीनले प्रधानमन्त्री नियुक्त भएकोमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'लाई बधाई दिएको छ। काठमाडाैंस्थित चिनियाँ दूतावासका प्रवक्ताले आज ट्वीटर मार्फत प्रचण्डलाई बधाई दिएका हुन्। "अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नेपालको ४४ औं प्रधानमन्त्रीमा निर्वाचित हुनुभएकोमा हार्दिक बधाई," चिनियाँ दूतावासका प्रवक्ताले ट्वीटरमा लेखेका छन्।

नेकपा एसले दियो नयाँ सांसदलाई बधाई र शुभकामना

नेकपा एकीकृत समाजवादीबाट निर्वाचित सांसदहरूलाई सो पार्टीले बधाई तथा शुभकामना दिएको छ । सोमबार पार्टी केन्द्रीय कार्यालय आलोक नगरमा आयोजित कार्यक्रममा प्रतिनिधि र प्रदेश सभा सदस्यमा निर्वाचित सांसदहरूलाई बधाई तथा शुभकामना आदान प्रदान गरिएको हो । एकीकृत समाजवादीबाट प्रतिनिधि सभामा अध्यक्ष माधवकुमार नेपालसहित १० जना सांसद छन् । तर तीन प्रतिशत थ्रेस होल्ड कटाउन नसक्दा एकीकृत समाजवादीले समानुपातिकबाट सिट जित्न सकेन ।

प्रचण्डलाई दियो अमेरिकाले बधाई

काठमाडौं । अमेरिकाले नेकपा (माओवादी केन्द्र) को अध्यक्षमा पुनः निर्वाचित भएकोमा पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बधाई दिएको छ । काठमाडौंस्थित अमेरिकी दुतावासले मंगलबार ट्वीटरमार्फत् प्रचण्डलाई पुन: अध्यक्ष भएकोमा बधाई दिएको हो । ‘नेकपा माओवादी केन्द्रको अध्यक्षमा पुनः चयन हुनु भएकोमा प्रचण्डलाई बधाई ! अमेरिका संसारभर प्रजातन्त्र र नेपालको प्रजातान्त्रिक प्रक्रियाका लागि प्रतिवद्ध छ,’ ट्वीटमा भनिएको छ […]

दोस्रो कार्यकालका लागि सभापतिमा निर्वाचित भएपछि देउवालाई अमेरिकाले दियो बधाई

काठमाडौं, २९ मंसिर । संयुक्त राज्य अमेरिकाले नेपाली कांग्रेसका नवनिर्वाचित सभापति शेरबहादुर देउवालाई सफल कार्यकालको लागि बधाई तथा शुभकामना दिएको छ। नेपालस्थित् अमेरिकी दूतावासले आज देउवालाई बधाई तथा शुभकामना दिएको हो । १४औं महाधिवेशनमा देउवा दोस्रो कार्यकालको लागि निर्वाचित भएका छन् । उनले डा. शेखरप्रसाद कोइरालालाई पराजित गरेका हुन् । अमेरिकी दूतावासको फेशबुक पेजमार्फत दिईएको […]

अमेरिकाले दियो ओलीलाई बधाई

काठमाडौं, १५ मंसिर । अमेरिकाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई बधाई दिएको छ । ओली दोस्रो पटक एमाले अध्यक्षमा निर्वाचित भएकोमा बधाई दिएको हो । अमेरिकी राजदूतावासले ट्वीट गर्दै ओलीलाई बधाई दिदै लोकतन्त्र, पारदर्शीता, उत्तरदायितव र स्वतन्त्र र धाँधलीरहित चुनावलाई साथ दिने जनाएको छ । मङ्गलबार अध्यक्षमा निर्वाचित भएका ओलीलाई अमेरिकाले सुरुमै बधाई दिनु […]

प्रधानमन्त्री भएको चार दिनपछि चीनले दियो देउवालाई बधाई

काठमाडौं : नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई  छिमेकी चीनले चार दिनपछि राजदूतमार्फत बधाई दिएको छ।राजदूत होउ यान्छीले शुक्रबार  प्रधानमन्त्री निवास बालुवाटार पुगेर देउवालाई बधाई तथा शुभकामना दिएकी हुन्। भेटमा देउवाको कार्यकालमा नेपाल र चीनबीचको मैत्रीपूर्ण सम्बन्ध थप प्रगाढ बनाउने लगायतका द्धिपक्षीय हितका विविध चासोमा छलफल समेत भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।यसअघि भारत र अमेरिकाले पनि राजदूत तहमा देउवालाई बधाई दिएका छन्।

भाजपाले दियो प्रधानमन्त्री देउवालाई बधाई

भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख डाक्टर विजय चौथाइवालेले प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई दिएका छन् । उनले टेलिफोनमार्फत प्रधानमन्त्री देउवालाई बधाई दिएका हुन् । कुराकानीका क्रममा नेपाली कांग्रेस र भारतीय जनता पार्टीबीच नियमित संवाद जरुरी रहेको सहमतिमा दुवैजना पुगेको उनले ट्वीटरमा उल्लेख गरेका छन् ।