काठमाडौं : नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई छिमेकी चीनले चार दिनपछि राजदूतमार्फत बधाई दिएको छ।राजदूत होउ यान्छीले शुक्रबार प्रधानमन्त्री निवास बालुवाटार पुगेर देउवालाई बधाई तथा शुभकामना दिएकी हुन्। भेटमा देउवाको कार्यकालमा नेपाल र चीनबीचको मैत्रीपूर्ण सम्बन्ध थप प्रगाढ बनाउने लगायतका द्धिपक्षीय हितका विविध चासोमा छलफल समेत भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।यसअघि भारत र अमेरिकाले पनि राजदूत तहमा देउवालाई बधाई दिएका छन्।