करिब ३३ प्रतिशत घट्यो एनआईसी एशिया लघुवित्तको खुद नाफा

काठमाडौं । एनआईसी एशिया लघुवित...

सम्बन्धित सामग्री

सोमवार दोहोरो अंकले बढ्यो नेप्से, नेपाल दूरसञ्चार कम्पनीको सर्वाधिक शेयर किनबेच

वैशाख २६, काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमवार नेप्से परिसूचक दोहोरो अंक अर्थात् १२ दशमलव २७ अंक बढेको छ । नेप्से परिसूचक २ हजार २६८ दशमलव ८४ विन्दुमा पुगेको हो ।  यस अवधिमा कारोबारमा आएका २२२ ओटा धितोपत्रको ३३ लाख २४ हजार ८२२ कित्ता शेयरको २८ हजार ६७५ पटकमा  रू. १ अर्ब ३९ करोड ६ लाख ७ हजार ७०१ बराबरको शेयर खरीद विक्री भएको छ ।   कारोबारमा आएका २२२ धितोपत्रमध्ये जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशत वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. १ हजार ८३९ दशमलव ८० पुगेको छ । त्यसैगरी दोस्रोमा महुली लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ७ दशमलव ७७ प्रतिशत वृद्धि भएर रू. १ हजार २९० पुगेको हो ।  सोमवार हिमालयन उर्जा विकास कम्पनीको शेयरमूल्य सबैभन्दा बढी ३ दशमलव ७८ प्रतिशत घटेको छ । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. २९५ मा झरेको हो । त्यसैगरी शेयरमूल्य घट्ने दोस्रोमा स्वरोजगार लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ३ दशमलव २४ प्रतिशत घटेर रू. ८९५ कायम भएको छ ।  सोमवार सर्वाधिक शेयर खरीदविक्री  नेपाल दूरसञ्चार कम्पनीको भएको छ । कम्पनीको रू. ७ करोड ८३ लाख बराबरको शेयर खरीदविक्री भएको हो । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. १ हजार २० कायम भएको छ । त्यसैगरी सर्वाधिक शेयर खरीदविक्री हुने दोस्रोमा एनआईसी एशिया बैंकको रू. ५ करोड ४ लाख बराबरको भएको हो ।  कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये विकास बैंक समूहको शून्य दशमलव ५३ प्रतिशत, होटल एण्ड टुरिजम समूहको शून्य दशमलव ८८ प्रतिशत, लगानी समूहको शून्य दशमलव शून्य ९ प्रतिशत र जीवन बीमा समूहको शून्य दशमलव ७० प्रतिशत घटेको हो भने बाँकी सबै समूहको समूहगत परिसूचक बढेको हो ।  समूहगत परिसूचक बढ्नेमा बैंकिङ समूहको परिसूचक शून्य दशमलव ९६ प्रतिशत, वित्त समूहको शून्य दशमलव १० प्रतिशत, हाइड्रोपावर समूहको शून्य दशमलव ५० प्रतिशत, उत्पादन तथा प्रशोधन समूहको शून्य दशमलव ५१ प्रतिशत, लघुवित्त समूहको १ दशमलव ३३ प्रतिशत, म्युचुअल फण्ड समूहको शून्य दशमलव ५५ प्रतिशत र निर्जीवन बीमा समूहको समूहगत परिसूचक शून्य दशमलव ५७ प्रतिशतका दरले बढेको हो ।

२२०४ विन्दुमा झरेर फर्कियो नेप्से, कारोबार रकम भने १ अर्ब ३२ करोडमा सीमित

वैशाख २५, काठमाडौं । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक १७ दशमलव ९५ अंक बढेर बन्द भएको छ । २२०४ विन्दुसम्म झरेको नेप्से अन्त्यमा भने २२५६ विन्दुमा पुगेर बन्द भएको छ । यस अवधिमा २३३ धितोपत्रको ३३ लाख ४१ हजार २१४ कित्ता शेयरको २७ हजार २२९ पटक कारोबार भएको छ । उक्त कारोबारमा १ अर्ब ३२ करोड ६४ लाख २१ हजार ६७१ रुपैयाँ बराबरको शेयर खरीद विक्री भएको हो । कारोबारमा आएका २३३ धितोपत्र मध्ये जाल्पा सामुदायिक लघुवित्तको शेयर मूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता १ हजार ६७२ रुपैयाँ पुगेको छ । त्यसैगरी दोस्रोमा घलेम्दी हाइड्रोको शेयर मूल्य ८ दशमलव ८२ प्रतिशत वृद्धि भएर २३२ रुपैयाँ पुगेको छ । विगत ७ कारोबार दिनदेखि लगातार घटेको बजार आइतवार बढेर बन्द भएको छ । वैशाख १४ गते ५ दशमलव १७ अंक बढेको हो भने बाँकी सबैदिन बजार घटेर बन्द भएको थियो ।  आइतवार एक घण्टा अवधिमा नेप्से परिसूचक २२०४ बिन्दूसम्म झरेको थियो । बजार घटेर तल्लो विन्दुमा आएकाले आइतवारको बजारमा खरीकदर्ता आएको देखिन्छ । यस अघिको बजार बढेर ३२ सय बिन्दुमा पुगेर करीब २२ सय सम्म बजार आउँदा अधिकांश कम्पनीहरुको शेयरमूल्य ५२ हप्ताको न्यून विन्दुमा झरेको छ । यसले गर्दा पनि दीर्घकालिन लगानीकर्ताले यसलाई अवसरको रुपमा लिएको देखिन्छ । लगानीकर्ताले लगानी गर्नु पूर्व कम्पनीको आधारभुत पक्ष र प्राविधिक पक्ष राम्रो सँग केलाएर लगानी गरेमा राम्रो प्रतिफल प्राप्त हुने देखिन्छ ।  आइतवार सबैभन्दा बढी उन्नतिसहकार्य लघुवित्त वित्तीय संस्थाका शेयरधनीले गुमाएका छन् । कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा ४ दशमलव ९२ प्रतिशत घटेको छ । कम्पनीको शेयर मूल्य प्रतिकित्ता १ हजार १९७ मा झरेको छ । त्यसैगरी दोस्रोमा एनआईसी एशिया सेलेक्ट ३० को इकाई मूल्य ४ दशमलव शून्य ६ प्रतिशत घटेर ८ दशमलव ५० रुपैयाँ कायम भएको छ ।  आइतवार सर्वाधिक शेयर खरीदविक्री नागरिक लगानी कोषको भएको छ । कम्पनीको ७ करोड ५३ लाख रुपैयाँ बराबरको शेयर खरीदविक्री भएको हो । कम्पनीको शेयरमूल्य प्रतिकित्ता २ हजार ७३८ कायम रुपैयाँ रहेको छ । कम्पनीले हालसम्ममा २०७७/७८ को मुनाफाबाट लाभांश प्रस्ताव गरेको छैन । सोही कारण पनि सर्वाधिक शेयर खरीदविक्री भएको लगानीकर्ताको भनाइ छ । सर्वाधिक शेयर खरीदविक्री गर्ने दोस्रोमा हिमालयन डिष्टीलरीको ४ करोड ६० लाख रुपैयाँ बराबरको किनबेच भएको छ । कारोबारमा आएका १३ समूहगत परिसूचक मध्ये बैंकिङ् समूहको परिसूचक शून्य दशलमव १७ प्रतिशत घटेको र लघुवित्त समूहको परिसूचक  स्थिर रहेको छ । बाँकी ११ ओटै समूहको समूहगत परिसूचक समग्र बढेसँगै नेप्से परिसूचक बढेको हो । सबैभन्दा बढी वित्त समूहको समूहगत परिसूचक ३ दशमलव ३५ प्रतिशत वृद्धि भएको छ । त्यसैगरी विकास बैंक समूहको २ दशमलव ८४ प्रतिशत,होटल एण्ड टुरिजम समूहको २ दशमलव ५० प्रतिशत,हाइड्रोपावर समूहको २ दशमलव ७१ प्रतिशत,लगानी समूहको २ दशमलव ०५ प्रतिशत,जीबन बीमा समूहको शून्य दशमलव ३३ प्रतिशत,उत्पादन तथा प्रशोधन समूहको शून्य दशमलव २२ प्रतिशत,म्युचुअल फण्ड समूहको शून्य दशलमव ४६ प्रतिशत,निर्जीवन बीमा समूहको शून्य दशलमव ०९ प्रतिशत,अन्य समूहको २ दशमलव ११ प्रतिशत र ब्यापार समूहको समूहगत परिसूचक शून्य दशमलव २४ प्रतिशतका दरले वृद्धि भएको छ ।

लाभांश सार्वजनिक गरेका २१ वाणिज्य बैंकहरुमध्ये १० ओटा बैंकको लाभांश बढ्यो

कात्तिक २७, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत २६ ओटा वाणिज्य बैंकहरुमध्ये शुक्रवारसम्म २१ बैंकहरुले गत आर्थिक वर्ष ०७७/७८ को लाभांश प्रस्ताव सार्वजनिक गरेका छन् । अझै ५ ओटा बैंकहरु कृषि विकास बैंक, एनसीसी बैंक, नेपाल एसबिआई बैंक, सिभिल बैंक र सेञ्चुरी कमर्सियल बैंकले गत वर्षको लाभांश घोषणा गर्न बाँकी रहेको छ । लाभांश सार्वजनिक गरेका २१ ओटा बैंकहरुमध्ये पनि सानिमा बैंक, सिटिजन्स बैंक इन्टरनेशनल, कुमारी बैंक र माछापुच्छ्रे बैंकले वार्षिक साधारण सभामार्फत लाभांश पारित गरिसकेका छन् । नेपाल बंगलादेश बैंकले मंसिर २ गते र नेपाल इन्भेष्टमेण्ट बैंकले मंसिर १७ गतेसाधारण सभाको मिति तय गरेको छन् । हालसम्म सार्वजनिक भएका बैंकहरुको लाभांशमध्ये नबिल बैंकको सर्वाधिक रहेको छ भने दोस्रोमा हिमालयन बैंकको रहेको छ । नबिल बैंकले यस वर्ष ३३ दशमलव ६० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत ४ दशमलव ४० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकको कात्तिक १६ गतेको सञ्चालक समितिको बैठकले प्रस्ताव गरेको यो लाभांश पारित हुन भने बाँकी रहेको छ । त्यस्तै, दोस्रोमा सर्वाधिक लाभांश प्रस्ताव गरेको हिमालयन बैंकले पनि हालसम्म साधारण सभाको मिति तय गरेको छैन । बैंकको असोज २० गतेको सञ्चालक समितिको बैठकले २१ दशमलव ३८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत ४ दशमलव ६२ प्रतिशत नगद लाभांश वितरणको प्रसताव गरेको हो । हालसम्म सार्वजनिक बैंकहरुमध्ये १० ओटा बैंकहरुले अघिल्लो वर्षको भन्दा गत वर्ष बढाएर लाभांश प्रस्ताव गरेका छन् । नबिल बैंकले २ दशमलव ७४ प्रतिशत, हिमालयन बैंकले ६ प्रतिशत, सानिमा बैंकले ४ दशमलव २९ प्रतिशत, नेपाल बैंकले १ प्रतिशत, प्राइम कमर्सियल बैंकले १ दशमलव ६३ प्रतिशत, सिटिजन्स बैंकले ५ प्रतिशत, नेपाल बंगलादेश बैंकले ७ दशमलव शून्य ८ प्रतिशत, माछापुच्छ्रे बैंकले ३ दशमलव ६ प्रतिशत, स्ट्याण्डर्ड चार्टर्ड बैंकले १ दशमलव २२ प्रतिशत र प्रभु बैंकले २ दशमलव १ प्रतिशत बढी गत वर्षभन्दा यस वर्ष लाभांश वितरण गर्न लागेका हुन् । यस वर्ष लक्ष्मी बैंक र सिद्धार्थ बैंकले गत वर्षकै अनुपातमा लाभांश प्रस्ताव गरेका छन् । लक्ष्मी बैंकले ११ दशमलव ५ प्रतिशत र सिद्धार्थ बैंकले १५ प्रतिशत लाभांश प्रस्ताव गरेका हुन् । गत वर्षभन्दा यस वर्ष नेपाल इन्भेष्टमेण्ट बैंकले २ दशमलव ५ प्रतिशत, एनआईसी एशिया बैंकले ४ दशमलव २१ प्रतिशत, एनएमबि बैंकले शून्य दशमलव ४ प्रतिशत, बैंक अफ काठमाण्डूले २ प्रतिशत, ग्लोबल आइएमई बैंकले २ दशमलव ५ प्रतिशत, मेगा बैंकले शून्य दशमलव ९८ प्रतिशत, एभरेष्ट बैंकले शून्य दशमलव २१ प्रतिशत, कुमारी बैंकले ५ दशमलव ३३ प्रतिशत र सनराइज बैंकले १ दशमलव २८ प्रतिशत कम लाभांश प्रस्ताव गरेका हुन् ।                                                            स्रोतः बैंकहरुद्वारा जारी सूचनामा आधारित

२.६२% ले घटेर २५८७.४५ विन्दुमा परिसूचक, करीब ३ अर्बको शेयर कारोबार

कात्तिक १, काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमवार नेप्से परिसूचक अघिल्लो कारोबार दिन अर्थात् आइतवारको तुलनामा २ दशमलव ६२ प्रतिशतले घटेको छ ।  २ हजार ६५६ दशमलव शून्य ४ विन्दुबाट शुरु भएको बजार ६९ दशमलव ५१ अंकले घटेर २ हजार ५८७ दशमलव ४५ विन्दुमा पुगेर बन्द भएको छ । यस दिन सेन्सेटिभ इण्डेक्स १२ दशमलव ४३ अंकले घटेको छ ।  यस अवधिमा कारोबारमा आएका २१८ ओटा धितोपत्रको ८७ लाख ७६ हजार ३३७ कित्ता शेयरको ४० हजार ४०१ पटकमा रू. २ अर्ब ९६ करोड ६८ लाख ९९ हजार ७९१ बराबरको शेयर खरीदविक्री भएको छ । यस दिन कुल कारोबारमा आएका धितोपत्रमध्ये एनआईसी एशिया बैंकको ऋणपत्रको मूल्य सर्वाधिक २ प्रतिशतले बढेको छ ।  त्यसैगरी घलेम्दी हाइड्रोको शेयरमूल्य सर्वाधिक १० प्रतिशतले घटेको छ । कम्पनीको अन्तिम शेयरमूल्य ३१० दशमलव ५० कायम भएको छ ।  यो दिन सर्वाधिक शेयर खरीदविक्री नबिल बैंकको रू. ९ करोड ८९ लाख ९८ हजार बराबरको भएको छ । कारोबार रकमकै आधारमा सर्वाधिक कारोबार हुने दोस्रो कम्पनीमा सानिमा बैंक रहेको छ । उक्त कम्पनीको प्रतिकित्ता रू. ४९९ मा रू. ९ करोड ८१ लाख बराबरको शेयर खरीदविक्री भएको छ । यस दिन कारोबारमा आएका १३ ओटा समूहको परिसूचकमध्ये व्यापार समूहको परिसूचक शून्य दशमलव ६३ प्रतिशतले बढेको छ भने बाँकी सबै समूहको परिसूचक घट्दा समग्र नेप्से घटेको हो । जसमध्ये  वित्त समूहको परिसूचक सर्वाधिक ४ दशमलव २६ प्रतिशतले घटेको छ ।  त्यसैगरी, बैंकिङ समूहको परिसूचक २ दशमलव शून्य ५ प्रतिशत, होटल्स तथा पर्यटन समूहको २ दशमलव ८३ प्रतिशत, विकास बैंक समूहको परिसूचक ३ दशमलव ४४ प्रतिशत, हाइड्रोपावर समूहको ३ दशमलव ७४ प्रतिशत, निर्जीवन बीमा समूहको ३ दशमलव ५६ प्रतिशतले घटेको छ ।  यसैगरी, उत्पादन तथा प्रशोधन समूहको २ दशमलव ८ प्रतिशत, अन्य समूहको १ दशमलव ९८ प्रतिशत, लघुवित्त समूहको ३ दशमलव ४९ प्रतिशत, जीवन बीमा समूहको २ दशमलव ३८ प्रतिशत, म्युचुअल फण्ड  समूहको १ दशमलव ३३ प्रतिशत र लगानी समूहको परिसूचक २ दशमलव ५२ प्रतिशतका दरले घटेको छ ।

बजारमा पर्याप्त तरलता : आधारदर बढ्दा कर्जाको ब्याजदरमा दबाब

काठमाडौं । नयाँ आर्थिक वर्ष शुरू भएसँगै बैंकहरूले आआप्mनो बैंकको कर्जा र निक्षेपको ब्याजदर सार्वजनिक गरेका छन् । बजारमा पर्याप्त तरलता भए पनि आधार दरमा दबाब परेको छ । साउनमा केही बैैंकले पुरानै ब्याजदरलाई निरन्तरता दिएका छन् भने केहीले घटबढ गरेका छन् । सञ्चालनमा रहेका २७ वाणिज्य बैंकमध्ये बचत र मुद्दती निक्षेपमा सबैभन्दा बढी ब्याजदर सिभिल बैंकले दिएको छ । बैंकले साउनमा साधारण बचतमा न्यूनतम ४ दशमलव शून्य १ देखि अधिकतम ६ दशमलव शून्य १ प्रतिशत र मुद्दतीमा न्यूनतम ७ दशमलव शून्य १ देखि अधिकतम ८ दशमलव ७१ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ । नेपाल क्रेडिट एन्ड कमर्श, नेपाल एसबीआई र सेञ्चुरी बैंकले मुद्दती निक्षेपमा अधिकतम ८ प्रतिशतसम्मको ब्याजदर निर्धारण गरेका छन् । यी बैंकको बचतको ब्याजदर भने क्रमशः ५ प्रतिशत, ३ दशमलव १६ र ५ प्रतिशत रहेको छ । मुद्दती निक्षेपमा ७ प्रशितमाथि ७ दशमलव ७६ प्रतिशतसम्म ब्याजदर निर्धारण गर्नेमा प्राइम, कुमारी, एनआईसी एशिया, सिटिजन्स, एनएमबी, सनराइज, कृषि विकास, नेपाल बंगलादेश, मेगा र राष्ट्रिय वाणिज्य बैंक रहेका छन् । बाँकी नौओटा बैंकले मुद्दती निक्षेपको अधिकतम ब्याजदर ७ प्रतिशत निर्धारण गरेका छन् । स्ट्यान्डर्ड चार्टर्ड, नेपाल बैंक, एभरेष्ट, नेपाल इन्भेष्टमेन्ट, हिमालयन, लक्ष्मी, सिद्धार्थ, प्रभु बैंक र बैंक अफ काठमाडौंले ७ प्रतिशत ब्याजदर निर्धारण गरेका छन् । सानिमा र नबिल बैंकको बैंकको मुद्दती निक्षेपको ब्याजदर सबैभन्दा कम छ । सानिमा बैंकले अधिकतम ६ दशमलव ८५ र नबिलले ५ दशमलव ५१ प्रतिशतसम्म मुद्दती निक्षेपको ब्याजदर निर्धारण गरेका छन् । सानिमा बैंकले असारमा २ दशमलव शून्य ५ देखि ४ दशमलव शून्य ५ प्रतिशतसम्म बचतमा ब्याज दिएको थियो । बैंकले गत असारभन्दा शून्य दशमलव ३० प्रतिशत विन्दुले बचत तथा मुद्दती निक्षेपको ब्याजदर थपेर बढाएको सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृतसमेत रहेका नेपाल बैंकर्स संघका अध्यक्ष भुवनकुमार दाहालले बताए । उनका अनुसार अहिले बैंकको लगानीयोग्य पूँजी खुकुलो अर्थात् कर्जा–पूँजी निक्षेप अनुपात (सीसीडी) ८० प्रतिशत रहेको छ । सामान्यतया बजारमा लगानीयोग्य पूँजीको अभाव भएमा बैंकहरूले स्रोत जुटाउन निक्षेपको ब्याजदर बढाएर स्रोत संकलनमा जोड दिने गर्छन् । तर, यतिबेला अधिकांश बैंकको सीसीडी सहज भए पनि निक्षेपको ब्याजदर बढाएर थप निक्षेप संकलन गर्ने रणनीति बनाएको हुनसक्ने संघका अध्यक्ष दाहालको भनाइ छ । ‘यतिबेला प्रायः बैंकमा तरलता सहज छ । तर, बैंकले ब्याजदर बढाउने वा नबढाउने भन्नेमा आआफ्नो रणनीति हुनसक्छ,’ उनले अभियानसँग भने । नेपाल राष्ट्र बैंकका सह प्रवक्ता नारायणप्रसाद पौडेलका अनुसार पछिल्लो समय बजारमा १ खर्ब ७ अर्ब अधिक तरलता कायम छ । ‘यतिबेला बजारमा राजस्वको पैसा बैंकहरूमा गयो । विकास खर्च पनि भयो । यसकारणले तरलता बढेको हो,’ उनले भने । असारमै निक्षेपको ब्याज बढाएका अधिकांश बैंकले साउनमा पनि सोही ब्याजदरलाई निरन्तरता दिएका छन् । यसो गर्नेमा प्राइम, सेन्चुरी कमर्शियल, नेपाल बैंक, प्रभु, राष्ट्रिय वाणिज्य बैंक, नेपाल क्रेडिट एन्ड कमर्श (एनसीसी) बैंक, मेगा, सिद्धार्थ, स्ट्यान्डर्ड चार्टर्ड र एभरेष्ट बैंक रहेका छन् । बैंकहरूको कर्जाको ब्याजदर निक्षेपको ब्याजदरको आधारमा कायम हुन्छ । गत असारमा अधिकांश बैंकहरूको निक्षेपको ब्याजदर धेरै भएकाले चौथो त्रैमास अर्थात् वार्षिक प्रतिवेदनमा आधार दर बढ्छ । त्यसैले अब कर्जाको ब्याजसमेत बढ्ने बैंकर्श संघका अध्यक्ष दाहालले बताए । वाणिज्य बैंकहरूले हालसम्म कर्जाको प्रकृतिअनुसार अधिकतम साढे १४ प्रतिशतसम्म ब्याज लिँदै आएका छन् । प्रायः बैंकहरूले व्यक्तिगत कर्जामा अधिकतम १४ दशमलव ६३ प्रतिशतसम्म ब्याजदर लिएका छन् । बैंकहरूले लिने ऋणको ब्याज आधार दरले निर्धारण गर्ने गर्छ । बैंकको आधार दर जति कम भयो त्यति सस्तोमा कर्जा पाइनसक्छ । तर, बैंकले आधारदरमा कति प्रिमियम थपेको छ भन्नेमा भर पर्छ । सबैभन्दा कम आधार दर स्ट्यान्डर्ड चार्टर्ड बैंकको रहेको देखिन्छ । यसको आधार दर ५ दशमलव ३३ प्रतिशत रहेको छ । सबैभन्दा बढी आधार दर सिभिल बैंकको ७ दशमलव ८२ प्रतिशत रहेको छ ।

२.१३ % ले घट्यो नेप्से परिसूचक, करीब १२ अर्बको शेयर कारोबार

असार ६, काठमाडौं । गत साताको तेस्रो कारोबार दिनदेखि घट्न थालेको बजारले यो साताको पहिलो कारोबार दिन आइतवार पनि निरन्तरता पाएको छ ।  आइतवार नेप्से परिसूचक अघिल्लो कारोबार दिन बिहीवारको तुलनामा २ दशमलव १३ प्रतिशतले घटेको छ । यो दिन ६३ दशमलव २८ अंकले घटेर नेप्से परिसूचक २ हजार ९०५ दशमलव १४ विन्दुमा झरेको हो । बिहीवार २ हजार ९६८ दशमलव ४३ विन्दुमा बन्द भएको नेप्से परिसूचक आइतवार २ हजार ९७५ दशमलव २५ विन्दुदेखि खुला भएको थियो । २ हजार ९७८ दशमलव २४ विन्दुसम्म पुगेको बजार २ हजार ८८१ दशमलव ५४ विन्दुसम्म झरेको थियो । नियामक निकाय नेपाल धितोपत्र बोर्डले गत मंगलवार सार्वजनिक गरेको ५१ कम्पनीहरुको जोखिमयुक्त धारणा उल्लेख विज्ञप्तीपछि प्रभावित बनेको बजारले आइतवार पनि निरन्तरता पाएको हो । नियामकबाट लगानीकर्ताहरुलाई तर्साउने काम भएको भन्दै ती कम्पनीहरुप्रतिको धारणा सच्याउन माग गर्दै सर्वोच्च अदालतमा रिट पनि परेको छ । उक्त रिट माथिको सुनुवाई भने यो समाचार तयार पार्दासम्म भएको छैन ।  नियामक निकायले सुरक्षित लगानीका लागि सार्वजनिक गरेको अवधारणापत्रको शैली गलत भएको भन्ने कुरालाई नसच्याउँदा निरन्तर गुमाउनु परेको लगानीकर्ताहरुले बताएका छन् । यतिवेला नियामक निकाय नियामक नभएर भ्रामक भएको आरोप लगानीकर्ताहरुले लगाइरहेका छन् । बोर्डको अवधारणापत्र सार्वजनिक हुनुभन्दा अघिल्लो दिनसम्म ऐतिहासिक विन्दुमा पुगेको नेप्से परिसूचकमा कमि आउनुपर्ने अन्य कारण नभएकाले बजार सुधारको लागि नियामकलेनै कदम चाल्नुपर्ने माग लगानीकर्ताहरुको छ ।   आइतवार नेप्से परिसूचकसँगै ठूला कम्पनीहरुको मात्र कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि २ दशमलव ३३ प्रतिशत घटेर ५२८ दशमलव ५१ विन्दुमा झरेको छ ।  बिहीवारको तुलनामा आइतवार कारोबार रकम भने बढेको छ । घटेको बजारबाट कम मूल्यमा शेयर उठाउने लगानीकर्ताहरु भने यी चार कारोबार दिन सक्रिय देखिएका छन् । बिहीवार रू. १० अर्ब ९० करोडभन्दा बढीको शेयर कारोबार भएकोमा आइतवार यो रकम बढेर रू. ११ अर्ब ८१ करोड ९४ लाख २८ हजार बराबरको शेयर कारोबार भएको हो । यस दिन २३१ ओटा कम्पनीको १ लाख २८ हजार २८१ पटकको व्यापारमा उक्त रकम बराबरको २ करोड ७३ लाख ४४ हजार ५११ कित्ता शेयर कारोबार भएको छ । कुल कारोबारमा सर्वाधिक रकमको हिस्सा भने यस दिन पनि नेपाल पुनर्बीमा कम्पनीलेनै ओगटेको छ । गत मंगलवारदेखिनै सर्वाधिक कारोबार रकमको हिस्सा उक्त कम्पनीले नै ओगटेको छ । उक्त कम्पनीको आइतवार रू. ८० करोड ९९ लाख ९९ हजार बराबरको ४ लाख २५ हजार ३८१ कित्ता शेयर कारोबार भएको छ । कम्पनीको शेयरमूल्य भने यो दिन २ दशमलव शून्य ४ प्रतिशत अर्थात प्रतिकित्ता रू. ३९ ले घटेर अन्तिम मूल्य रू. १ हजार ८७७ कायम भएको छ । यस दिन कारोबारमा आएका २३१ कम्पनीहरुमध्य पाँच कम्पनीको शेयरमूल्य र ९ कम्पनीको ऋणपत्रको मूल्य बढेको छ । गोर्खाज फाइनान्सको सर्वाधिक ५ दशमलव ४१ प्रतिशत, नेशनल हाइड्रोपावरको ३ दशमलव ३६ प्रतिशत, रुरु जलविद्युत् परियोजनाको ३ दशमलव १६ प्रतिशत, तारागाउँ रिजेन्सी होटलको २ प्रतिशत र नारायणी डेभलपमेण्ट बैंकको शेयरमूल्य शून्य दशमलव १५ प्रतिशतले बढेको हो । त्यस्तै यो दिन १० दशमलव २५ प्रतिशत ब्याजदरको एनआईसी एशिया डिबेञ्चर २०८३/ ८४ को २ प्रतिशत, १० दशमलव ५ प्रतिशत नेपाल इन्भेष्टमेण्ट डिबेञ्चर २०८२ को १ दशमलव ९८ प्रतिशत, १० दशमलव २५ प्रतिशत ब्याजदरको माछापुच्छ्रे बैंक डिबेञ्चर २०८५ को १ दशमलव ९८ प्रतिशत, १० दशमलव २५ प्रतिशत केबिएल डिबेञ्चर २०८६ को १ दशमलव ९८ प्रतिशत, १० दशमलव ५० प्रतिशत ब्याजदरको एसबिएल डिबेञ्चर २०८२ को १ दशमलव ९४ प्रतिशतले वृद्धि भएको छ । १० दशमलव ३५ प्रतिशत कृषि विकास बैंक डिबेञ्चर २०८३ को १ दशमलव ६३ प्रतिशत, १० दशमलव २५ प्रतिशत ग्लोबल आइएमई बैंक डिबेञ्चर २०८०÷८१ को १ दशमलव ३३ प्रतिशत, १० प्रतिशत ब्याजदरको लक्ष्मी बैंक डिबेञ्चर २०८६ को शून्य दशमलव २९ प्रतिशत, ८ दशमलव ५ प्रतिशत ब्याजदरको एसबिएल डिबेञ्चर २०८४ को शून्य दशमलव १५ प्रतिशत मूल्य वृद्धि भएको हो ।  आइतवार २१२ ओटा कम्पनीको शेयरमूल्य घटेको छ भने १९ ओटा कम्पनीको स्थिर रहेको छ । यस दिन युनियन हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक ९ दशमलव ८१ प्रतिशतले घटेको छ । प्रतिकित्ता रू. ४२ ले घटेर युनियन हाइड्रोपावरको शेयरमूल्य रू. ३८६ मा झरेको हो ।  त्यस्तै यो दिन श्री इन्भेष्टमेण्ट फाइनान्स, बरुण हाइड्रोपावर र नेपाल हाइड्रो डेभलोपर्सको शेयरमूल्य पनि ८ प्रतिशतभन्दा बढीले घटेको छ । यस दिन कारोबारमा आएका सबै समूहको परिसूचक घटेको छ । बैंकिङ्गको १ दशमलव ८ प्रतिशत, व्यापारिकको २ दशमलव ५१ प्रतिशत, होटल्स तथा पर्यटनको २ दशमलव ३५ प्रतिशत, विकास बैंकको ३ दशमलव ५ प्रतिशत, जलविदुतको ३ दशमलव ३८ प्रतिशत, वित्तको ३ दशमलव ३३ प्रतिशतले परिसूचक घटेको छ । त्यसैगरी निर्जीवन बीमाको १ दशमलव ८५ प्रतिशत, उत्पादन तथा प्रशोधनको २ दशमलव ४ प्रतिशत, अन्यको २ दशमलव २ प्रतिशत, लघुवित्तको २ दशमलव १८ प्रतिशत, जीवन बीमाको १ दशमलव ७ प्रतिशत, म्युचुअल फण्डको १ दशमलव २६ प्रतिशत र लगानी समूहको २ दशमलव शून्य ७ प्रतिशतले परिसूचक घटेको छ ।