बजारमा पर्याप्त तरलता : आधारदर बढ्दा कर्जाको ब्याजदरमा दबाब

काठमाडौं । नयाँ आर्थिक वर्ष शुरू भएसँगै बैंकहरूले आआप्mनो बैंकको कर्जा र निक्षेपको ब्याजदर सार्वजनिक गरेका छन् । बजारमा पर्याप्त तरलता भए पनि आधार दरमा दबाब परेको छ । साउनमा केही बैैंकले पुरानै ब्याजदरलाई निरन्तरता दिएका छन् भने केहीले घटबढ गरेका छन् । सञ्चालनमा रहेका २७ वाणिज्य बैंकमध्ये बचत र मुद्दती निक्षेपमा सबैभन्दा बढी ब्याजदर सिभिल बैंकले दिएको छ । बैंकले साउनमा साधारण बचतमा न्यूनतम ४ दशमलव शून्य १ देखि अधिकतम ६ दशमलव शून्य १ प्रतिशत र मुद्दतीमा न्यूनतम ७ दशमलव शून्य १ देखि अधिकतम ८ दशमलव ७१ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ । नेपाल क्रेडिट एन्ड कमर्श, नेपाल एसबीआई र सेञ्चुरी बैंकले मुद्दती निक्षेपमा अधिकतम ८ प्रतिशतसम्मको ब्याजदर निर्धारण गरेका छन् । यी बैंकको बचतको ब्याजदर भने क्रमशः ५ प्रतिशत, ३ दशमलव १६ र ५ प्रतिशत रहेको छ । मुद्दती निक्षेपमा ७ प्रशितमाथि ७ दशमलव ७६ प्रतिशतसम्म ब्याजदर निर्धारण गर्नेमा प्राइम, कुमारी, एनआईसी एशिया, सिटिजन्स, एनएमबी, सनराइज, कृषि विकास, नेपाल बंगलादेश, मेगा र राष्ट्रिय वाणिज्य बैंक रहेका छन् । बाँकी नौओटा बैंकले मुद्दती निक्षेपको अधिकतम ब्याजदर ७ प्रतिशत निर्धारण गरेका छन् । स्ट्यान्डर्ड चार्टर्ड, नेपाल बैंक, एभरेष्ट, नेपाल इन्भेष्टमेन्ट, हिमालयन, लक्ष्मी, सिद्धार्थ, प्रभु बैंक र बैंक अफ काठमाडौंले ७ प्रतिशत ब्याजदर निर्धारण गरेका छन् । सानिमा र नबिल बैंकको बैंकको मुद्दती निक्षेपको ब्याजदर सबैभन्दा कम छ । सानिमा बैंकले अधिकतम ६ दशमलव ८५ र नबिलले ५ दशमलव ५१ प्रतिशतसम्म मुद्दती निक्षेपको ब्याजदर निर्धारण गरेका छन् । सानिमा बैंकले असारमा २ दशमलव शून्य ५ देखि ४ दशमलव शून्य ५ प्रतिशतसम्म बचतमा ब्याज दिएको थियो । बैंकले गत असारभन्दा शून्य दशमलव ३० प्रतिशत विन्दुले बचत तथा मुद्दती निक्षेपको ब्याजदर थपेर बढाएको सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृतसमेत रहेका नेपाल बैंकर्स संघका अध्यक्ष भुवनकुमार दाहालले बताए । उनका अनुसार अहिले बैंकको लगानीयोग्य पूँजी खुकुलो अर्थात् कर्जा–पूँजी निक्षेप अनुपात (सीसीडी) ८० प्रतिशत रहेको छ । सामान्यतया बजारमा लगानीयोग्य पूँजीको अभाव भएमा बैंकहरूले स्रोत जुटाउन निक्षेपको ब्याजदर बढाएर स्रोत संकलनमा जोड दिने गर्छन् । तर, यतिबेला अधिकांश बैंकको सीसीडी सहज भए पनि निक्षेपको ब्याजदर बढाएर थप निक्षेप संकलन गर्ने रणनीति बनाएको हुनसक्ने संघका अध्यक्ष दाहालको भनाइ छ । ‘यतिबेला प्रायः बैंकमा तरलता सहज छ । तर, बैंकले ब्याजदर बढाउने वा नबढाउने भन्नेमा आआफ्नो रणनीति हुनसक्छ,’ उनले अभियानसँग भने । नेपाल राष्ट्र बैंकका सह प्रवक्ता नारायणप्रसाद पौडेलका अनुसार पछिल्लो समय बजारमा १ खर्ब ७ अर्ब अधिक तरलता कायम छ । ‘यतिबेला बजारमा राजस्वको पैसा बैंकहरूमा गयो । विकास खर्च पनि भयो । यसकारणले तरलता बढेको हो,’ उनले भने । असारमै निक्षेपको ब्याज बढाएका अधिकांश बैंकले साउनमा पनि सोही ब्याजदरलाई निरन्तरता दिएका छन् । यसो गर्नेमा प्राइम, सेन्चुरी कमर्शियल, नेपाल बैंक, प्रभु, राष्ट्रिय वाणिज्य बैंक, नेपाल क्रेडिट एन्ड कमर्श (एनसीसी) बैंक, मेगा, सिद्धार्थ, स्ट्यान्डर्ड चार्टर्ड र एभरेष्ट बैंक रहेका छन् । बैंकहरूको कर्जाको ब्याजदर निक्षेपको ब्याजदरको आधारमा कायम हुन्छ । गत असारमा अधिकांश बैंकहरूको निक्षेपको ब्याजदर धेरै भएकाले चौथो त्रैमास अर्थात् वार्षिक प्रतिवेदनमा आधार दर बढ्छ । त्यसैले अब कर्जाको ब्याजसमेत बढ्ने बैंकर्श संघका अध्यक्ष दाहालले बताए । वाणिज्य बैंकहरूले हालसम्म कर्जाको प्रकृतिअनुसार अधिकतम साढे १४ प्रतिशतसम्म ब्याज लिँदै आएका छन् । प्रायः बैंकहरूले व्यक्तिगत कर्जामा अधिकतम १४ दशमलव ६३ प्रतिशतसम्म ब्याजदर लिएका छन् । बैंकहरूले लिने ऋणको ब्याज आधार दरले निर्धारण गर्ने गर्छ । बैंकको आधार दर जति कम भयो त्यति सस्तोमा कर्जा पाइनसक्छ । तर, बैंकले आधारदरमा कति प्रिमियम थपेको छ भन्नेमा भर पर्छ । सबैभन्दा कम आधार दर स्ट्यान्डर्ड चार्टर्ड बैंकको रहेको देखिन्छ । यसको आधार दर ५ दशमलव ३३ प्रतिशत रहेको छ । सबैभन्दा बढी आधार दर सिभिल बैंकको ७ दशमलव ८२ प्रतिशत रहेको छ ।

सम्बन्धित सामग्री

अधिक तरलता भएपछि बैंकिङ प्रणालीबाट १० अर्ब तरलता खिच्दै राष्ट्र बैंक

२ पुस, काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि ३ पुसमा नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ तरला खिच्ने भएको छ । निक्षेप संकलन उपकरण बोलकबोल मार्फत मंगलबार बैंकिङ प्रणालीबाट १० अर्ब तरलता खिच्न लागेको राष्ट्र बैंकले जनाएको छ । १४ दिनका लागि उक्त तरलता खिच्न लागिएको राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले जारी गरेको सूचनामा […]

तरलता व्यवस्थापनमा कुशलता

तरलता सहज बनाउन निक्षेप तथा कर्जा सुरक्षण कोष, सामाजिक सुरक्षा कोष, नागरिक लगानी कोष, सञ्चय कोष जस्ता ठूला संस्थामा रहेको रकमलाई बोण्ड वा अन्य व्यवस्थामार्फत बजारमा परिचालन गरी तरलता सहज बनाउन सकिन्छ । बैंक तथा वित्तीय संस्थासँग भएको नगद उपलब्धताको अवस्था, तुरुन्त लगानी गर्ने क्षमता र दायित्व पुरा गर्न सक्ने सक्षमता नै तरलता हो । […]

बैंकिङ प्रणालीमा तरलता सहज

बजारमा बैंकिङ प्रणालीमा तरलता अभाव रहेको चर्चा चलिरहेका बेला विभिन्न तथ्यांकले यतिखेर तरलता अभाव नरहेको देखाएका छन् । गत आर्थिक वर्ष (आव)को शुरूदेखि बैंकिङ प्रणालीमा देखिएको लगानीयोग्य रकम (तरलता) को अभाव सहज बन्दै गएको हो ।चाडपर्व र चुनावका कारण बैंकिङ प्रणालीबाट बाहिरिएको रकम फिर्ता हुन थालेको र रेमिट्यान्स (विप्रेषण) आप्रवाह बढेका कारण बैंकिङ प्रणालीमा भएको निक्षेप वृद्धिले तरलतामा सुधार देखिएको हो ।नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आइतवारसम्मको तथ्यांकअनुसार बैंक, वित्तीय संस्थासँग ५२ खर्

राष्ट्र बैंकले ब्याजदर नबढ्ने गरी तरलता व्यवस्थापन गर्ने

नेपाल राष्ट्र बैँकले ब्याजदर थप नबढ्ने गरी तरलता व्यवस्थापन गर्ने भएको छ । चालू आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै राष्ट्र बैंकले यस्तो जानकारी दिएको हो ।गत आर्थिक वर्षदेखि नै तरलता अभाव भइरहेको अवस्थामा राष्ट्र बैंकले तरलता प्रवाह गर्दा ब्याजदर नबढ्ने गरी प्रवाह गर्ने जानकारी दिएको हो । तरलता अभाव भएपछि अहिले बैंक तथा वित्तीय संस्थाहरुले कर्जामा लिने व्याजदर १८ प्रतिशतसम्म पुगेको छ ।ब्याजदर बढी भएको भनेर उद्योगी व्यवसायीले गुनासो गरिरहेको समयमा राष्ट्र बैंकले ब

तरलता सुविधामा कडाइ गर्दै राष्ट्र बैंक

काठमाडौं, कात्तिक १६ । नेपाल राष्ट्र बैंकले बैंक, वित्तीय संस्थालाई उपलब्ध गराउँदै आएको तरलता सुविधामा कडाइ गर्ने भएको छ । राष्ट्र बैंकले दैनिक तरलता सुविधासम्बन्धी कार्यविधि संशोधन गर्दै बैंक, वित्तीय संस्थाहरूले दैनिक तरलता सुविधा लिएर ‘ओभरनाइट’मा परिवर्तन गरे उक्त रकम बैंकको वैधानिक तरलता अनुपात (एसएलआर) र खुद तरल सम्पत्ति अनुपातमा गणना गर्न नपाउने व्यवस्था गर्न […]

तरलता संकटको हुण्डरी : सहकारी पनि खतरामा !

तरलता संकटले सहकारी क्षेत्रलाई पनि छ्याप्पै छोपेको छ । लगानीयोग्य रकम (तरलता) अभावमा बैंक तथा वित्तीय संस्थाहरूले हात उठाउनुपर्ने स्थिति निम्तिएको छ । सहकारी क्षेत्र पनि यसको मारमा परेको हो ।यतिखेर सहकारी क्षेत्र तरलता व्यवस्थापनबारे अन्योलमा छ । झण्डै ३० हजार सहकारी, १५ वटा विषयगत संघ र एक मात्र सहकारी बैंक ‘राष्ट्रिय सहकारी बैंक (एनसीबीएल)’ तरलता व्यवस्थापनको पिरलोमा परेका छन् ।घट्दो डिपोजिट (निक्षेप), तर बढ्दो कर्जा मागबीच नियामक नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत बैंक तथा वि

सहकारीमा पनि तरलता समस्या

बैंक तथा वित्तीय संस्था हुँदै तरलता अभावको समस्या सहकारी संस्थामा पनि पर्न थालेको छ । पछिल्लो समय सहकारीहरुको पनि बचत संकलन घट्न थालेको र भएको बचत पनि बैंकहरुमा जान थालेपछि तरलताको अभाव हुन थालेको हो ।तरलता अभाव हुन थालेपछि सहकारीहरुले पनि अत्यावश्यक अवस्थाका सदस्यहरु बाहेकलाई ऋण लगानी रोकेका छन् । सहकारी सदस्यमा आधारित संस्थाहरु हुन् […]

तरलता अभावले कर्जा प्रवाहमा समस्या

वित्तीय प्रणालीमा तरलता अभाव निरन्तर बढ्न थालेको छ ।चालु आर्थिक वर्षको अन्तिम दुई महिना अगाडीदेखि वित्तीय प्रणालीमा तरलता अभावको समस्या चुलिँदै आएको हो । वित्तीय प्रणालीमा थप तरलता अभाव हुँदा कर्जा प्रवाहमा समस्या देखिएको छ । तरलता अभाव बढ्दै गएकाले बैंकहरुको (कर्जा–निक्षेप अनुपात) सीडी रेसियो ९७ प्रतिशत पुग्न थालेको छ भने औसत रेसियो नै ९१ […]

तरलता अभाव बैंकहरूले नै निम्त्याए : गभर्नर

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले हाल कायम तरलता अभाव बैंकहरूले नै निम्त्याएको बताएका छन् । तरलता पर्याप्त भएका बेला ६ प्रतिशत ब्याजदरमै कर्जा लिन बोलाएका बैंकहरूले दीर्घकाल निम्ति नसोच्दा अहिले तरलता अभाव भएको गभर्नर अधिकारीले दाबी गरेका हुन् ।  गभर्नर अधिकारी नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले सोमवार काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा तरलता अभावबारे धारणा राख्दै थिए । ‘बैंकहरूले घाँटी हेरेर हाड ननिल्दा तरलता समस्या निम्तियो, अहिले स्रोत बिनाको लगानी बढ्दा मिसम्याच भएको छ,&r...

बजारमा तरलता अभावको दोहोरिइरहने चक्र

राष्ट्र बैंकले अन्य मौद्रिक औजारमार्फत पनि बजारमा तरलता बढाउन आवश्यक छ । नेपालका बैंक तथा वित्तीय संस्थामा तरलता अभाव दोहोरिइरहने गरेको छ । हरेक वर्ष कुनै न कुनै त्रैमासमा तरलता अभाव देखिने गरेको धेरै वर्ष भइसकेको छ । यसरी नियमित रूपमा तरलता अभाव देखिन थालेपछि नेपाल राष्ट्र बैंकले पनि यसका लागि समाधानको उपाय गर्नुपर्ने हो […]