पुस १३, काठमाडौं । एनआईसी एशिया बैंक म्युुचुअल फण्ड अन्तर्गत सञ्चालित एनआईसी एशिया ग्रोथ फण्ड र एनआईसी एशिया ब्यालेन्स फण्डले मंगलवार खुद सम्पत्ति मूल्य सम्बन्धी विवरण सार्वजनिक गरेको छन् ।
विवरण अनुसार दुवै फण्डको सूचीकृत शेयरमा लगानी कात्तिक मसान्तको तुलनामा मंसिर मसान्तमा घटेको छ । एनआईसी एशिया ब्यालेन्स फण्डले कात्तिक मसान्तसम्ममा रू. ७६ करोड ४५ लाख ५५ हजार लगानी गरेकोमा मंसिर मसान्तसम्ममा घटेर रू. ६१ करोड २९ लाखमा झरेको हो ।
त्यसैगरी, एनआईसी एशिया ग्रोथ फण्डले कात्तिक मसान्तसम्ममा रू. ९९ करोड ४३ लाख ३४ हजार लगानी गरेकोमा मंसिर मसान्तसम्ममा घटेर रू. ७९ करोड ९१ लाख १८ हजारमा झरेको हो । यी दुवै फण्डले मंसिर महीनामा लगानी गरेका कम्पनीहरुको शेयरमूल्य घटेसँगै समग्र सूचीकृत शेयरमा लगानी घटेको हो ।
, एनआईसी एशिया ग्रोथ फण्डले मंसिर मसान्तसम्ममा रू. ३० करोड ३२ लाख २४ हजार नाफा कमाएको छ । यो नाफा कात्तिक मसान्तको तुलनामा ३३ प्रतिशत घटेको हो । फण्डले कात्तिक मसान्तसम्ममा रू. ४५ करोड ५६ लाख ११ हजार नाफा कमाएको थियो ।
मंसिर महीनामा फण्डको आम्दानी घटेसँगै नाफा घटेको हो । फण्डले कात्तिक मसान्तसम्ममा रू. ४६ करोड ४७ लाख ९४ हजार आम्दानी गरेकोमा मंसिर मसान्तसम्ममा रू. ३१ करोड ४१ लाख २६ हजारमा सीमित भएको हो ।
त्यसैगरी, एनआईसी एशिया ब्यालेन्स फण्डले मंसिर मसान्तसम्ममा रू. २१ करोड ३९ लाख ९६ हजार नाफा कमाएको छ । यो नाफा कात्तिक मसान्तको तुलनामा ३५ प्रतिशतले घटेको हो । फण्डले कात्तिक मसान्तमा रू. ३३ करोड २४ लाख ६३ हजार नाफा कमाएको थियो ।
मंसिर महीनामा फण्डको आम्दानीमा कमी आएकाले नाफा घटेको हो । कात्तिक मसान्तसम्ममा फण्डले रू. ३४ करोड १ लाख ७२ हजार आम्दानी गरेकोमा मंसिर मसान्तसम्ममा रू. २२ करोड ३१ लाख ५९ हजारमा सीमित भएको हो ।