आर्थिक अभावका कारण उच्च शिक्षा अध्ययनबाट कुनै पनि विद्यार्थी वञ्चित हुन नपरोस् भनेर मोरङको बेलबारी नगरपालिकाले क्याम्पस भर्नामा लाग्ने सम्पूर्ण शुल्क तिरिदिने भएको छ ।धेरै विद्यार्थीले आर्थिक अभावका कारण पठनपाठन पूरा नगरी बीचमै पढाइ छाड्ने गरेको घटना बाहिर आइरहेको बेला नगरपालिकाले क्याम्पसप्रति विद्यार्थीको आकर्षण बढाउने उद्देश्यले भर्ना निःशुल्क गरिदिने भएको हो । कार्यक्रमअन्तर्गत २०७७ /०७८ […]