सिसडाेलवासीलाई बालेनकाे आग्रह : केमिकल हालेर दुर्गन्ध हटाउँछौँ, अवरोध गरिदिनुभएन

काठमाडाैँ- काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) शाह शुक्रबार बिहानै नुवाकोटमा रहेको सिसडोल क्षेत्रमा पुगे। लामो समयदेखि काठमाडौँको फोहोर बिर्सजन गर्न नदिएर अवरोध गरिरहेका स्थानीयबासिन्दासँग छलफल गर्न उनी त्यहाँ पुगेका हुन्। उपप्रमुख सुनिता डंगोलसहित महानगरको टोलीले केहीबेर स्थानीयसँग छलफल पनि गर्‍याे। छलफलको क्रममा प्रमुख शाहले तत्कालको लागि केमिकल हालेर दुर्घन्ध हटाइने बताए। उनले केमिकल लिएर आउने […]

सम्बन्धित सामग्री

दुई ठुला चिनी उद्योगले उखु क्रसिङ रोके

उखुको मूल्य तय नहुन्जेल चिनी उद्योग सञ्चालन नगरिदिन किसानले आग्रह गरेपछि देशकै ठुला दुई चिनी उद्योगले उखु क्रसिङ रोकेका छन् । सर्लाहीको इन्दुशङ्कर चिनी उद्योग हरिवन र महोत्तरीको एभरेस्ट सुगर एन्ड केमिकल इन्डस्ट्रिज रामनगरले तत्कालका लागि उखु क्रसिङ कार्य स्थगित गरेका हुन् । दुवै चिनी उद्योगले सोमबारबाट उखु क्रसिङ (पेल्ने) काम सुरु गर्ने तयारी गरेका थिए । नेपाल उखु उत्पादक महासङ्घका अध्यक्ष कपिलमुनि मैनालीले उखुको मूल्य निर्धारण नभएसम्म मिल सञ्चालन नगरिदिन आग्रह गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार सर्लाही, महोत्तरी र रौतहटका अगुवा उखु किसानको हरिवनमा आइतबार बैठक नै बसेर मूल्य तय नभएसम्म चिनी उद्योग सञ्चालन हुन नदिने निर्णय गरिएको छ ।

सभ्य एवं सुरक्षित तरिकाले होली मनाउनूस् : प्रहरी

काठमाडौं : जिल्ला प्रहरी परिसर काठमाडौंले सभ्य एवं सुरक्षित तवरले होली पर्व मनाउन आम सर्वसाधारणलाई अनुरोध गरेको छ।प्रहरी परिसर काठमाडौंले बिहीबार सन्देश जारी गरी होली पर्वलाई सभ्य, शिष्ट, स्वस्थकर र मर्यादित तवरले मनाउन सबैलाई अनुरोध गरेको हो। प्रहरीले आत्मीय व्यक्ति वा आफन्तसँग मात्र होली खेल्न, होली पर्वको नाममा उच्छृङ्खल क्रियाकलाप नगर्न आग्रह गरेको छ।जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक सीताराम रिजालले कसैको इच्छाविपरीत रङ, लोला मोबिल, मोसो, केमिकल र फोहोरपानी प्रयोग

सेभेरोडोनेत्स्कका युक्रेनी फौजलाई आत्मसमर्पण गर्न रुसको आग्रह

मस्को । रुसले पूर्वी युक्रेनी सहर सेभेरोडोनेत्स्कमा रहेको एजट केमिकल प्लान्टमा आश्रय लिएका युक्रेनी फौजलाई आत्मसमर्पण गर्ने मौका दिएको बताएको छ ।  दुवै सहर र एजट प्लान्ट हालैका हप्ताहरूमा द्वन्द्वको केन्द्र बनेका छन् । सहर कब्जा गर्न खोजिरहेका रुसी सेनाले तीव्र गोलाबारी गर्दैगर्दा युक्रेनी सर्वसाधारण र सैनिकहरू कारखानामा लुकेको स्थानीय अधिकारीहरूले...

मेयर बालेन शाह फेरि पुगे सिसडोल, फोहोरबाट मल र ग्यास बनाउने घोषणा

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले फोहोर विर्सजन गर्ने नुवाकोटको सिसडोललाई एकहप्ता भित्र दूर्गन्धमुक्त बनाउने आश्वासन दिएका छन्।उपमेयर सुनिता डंगोलसहित शुक्रबार बिहान काठमाडौंको फोहोर विर्सजन गर्ने सिसडोलको अनुगमन गर्नेक्रममा स्थानीयको गुनासो सुनेपछि मेयर साहले केमिकल हालेर एक हप्ता भित्र त्यहाँ दूर्गन्ध आउने अवस्थाको अन्त्य गर्ने बताएका हुन्। त्यसका लागि आफूले विज्ञहरुसँग आवश्यक छलफल गरेको पनि उनले बताउए  । मेयर साहले ३ महिना भित्र मल र ग्याँस दुवै निकाल्न सुरु गरेर त्यहाँको फोहोर व्यवस्थापन गर्ने प्रतिवद्धता समेत व्यक्त गरे । उनले भने  ‘एक हप्तामा गन्ध नआउने गरी केमिकलको व्यवस्था गरिन्छ । मल र ग्याँस पनि बनाईन्छ । त्यसका लागि ३ महिना लाग्छ । केमिकल हालिसकेपछि एक हप्ता भित्र गन्ध हटाईन्छ । बन्चरेडाँडाको पनि सबै रिर्पोट हेरियो । सडने र नसडने फोहोर छुट्टयाउने । त्यसबाट मुल र ग्यास निकाल्ने हो । सडने र सडने फोहोर छुट्टयाउनका लागि काठमाडौं महानगरपालिकाले घरघरमा जनचेतना फैल्याउने काम गर्नेछ ।’मेयर साहले फोहोर व्यवस्थापनका लागि सड्ने र नसड्ने फोहोर छुट्टयाउनुपर्ने उल्लेख गर्दै त्यसका लागि छिट्टै काठमाडौंबासीको घरघरमा जनचेतनामूलक कार्यक्रम संचालन गर्ने योजना पनि सार्वजनिक गरे । त्यस अवसरमा उनले तत्कालका लागि भने काठमाडौंमा थुप्रिएको फोहोर व्यवस्थापनमा अवरोध नगर्न पनि स्थानीयसँग आग्रह गरे । स्थानीयको सबै समाधान हुने तर फोहोर विर्सजन गर्न भने स्थानीयले अवरोध गर्न नहुने उनको भनाई थियो ।मेयर साहले आफ्नो पहिलो प्राथमिकता काठमाडौंको फोहोरबाट सिर्जित समस्या समाधान गर्नु रहेको पनि पटकपटक दोहो¥याए । यता, स्थानीयले भने आफूहरुको माग सम्बोधन नगरेसम्म काठमाडौंको फोहोर विर्सजन गर्न दिन नसकिने अडान राखेका थिए ।

चुनावअघि नै मल ल्याउन पहल

काठमाडौं, वैशाख ७ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले स्थानीय चुनावअघि नै मल उपलब्ध गराउन भारतलाई आग्रह गरेको छ । दुई देशको सम्बन्धित मन्त्रालयबीच मङ्गलबार भएको ‘भर्चुअल’ छलफलमा सो आग्रह गरिएको कृषि मन्त्रालयका सहसचिव डा राजेन्द्र मिश्रले बताए । भारतले नेपाललाई मल दिनका लागि कम्पनी पनि छनोट गरिसकेको छ । भारतले मुम्बईको राष्ट्रिय केमिकल फर्टिलाइजर […]

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नसार्न आग्रह

विराटनगर । विराटनगरस्थित खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नसार्न आग्रह गरिएको छ । कार्यालय अन्यन्त्र सार्दा करोडौं रुपैयाँका उपकरण खेर जाने भएकाले नसार्न कार्यालय प्रमुख राजकुमार रिजालले आग्रह गरेका हुन् । प्रदेश १ सरकारले उक्त कार्यालय रहेको भवनमा कुनै एउटा मन्त्रालय राख्ने तयारी गरेपछि रिजालको यस्तो प्रतिक्रिया आएको हो । कार्यालयका उपकरणहरू अन्यत्र सार्न नमिल्ने गरी जडान गरिएको र यहाँबाट अन्यत्र सार्दा करोडौंको क्षति हुने कार्यालय प्रमुख रिजालले बताए । कार्यालयको दोस्रो त्रैमासिक प्रगति सार्वजनिक कार्यक्रममा उनले रसायन भण्डारण कक्ष तथा प्रयोगशाला सुरक्षा उपकरणको व्यवस्था गरिएकाले यसलाई हटाउन नहुनेमा उनले जोड दिए । खाद्यको प्रयोगशालामा ९०० भन्दा बढी खाद्य उद्योगको परीक्षण गर्ने गरिएको उनले जानकारी दिए । यहाँ वार्षिक ५ हजारभन्दा बढी अन्तरराष्ट्रियस्तरको परीक्षण हुने गर्छ । कार्यालयका प्रमुख रिजालका अनुसार भवन अत्याधुनिक उपकरण राख्नेगरी डिजाइन गरिएको छ । अन्य भवनको भन्दा फरक संरचना रहेकाले त्यसैको आधारमा सूक्ष्म जीवाणुको विश्लेषण गर्ने व्यवस्था मिलाइएको उनले बताए । अन्तरराष्ट्रिय मान्यता प्राप्त प्रयोगशाला भएकाले यसले देशलाई नै फाइदा पुग्ने उनको भनाइ छ । मौजुदा संरचना हटाउँदा प्रयोगशाला उपयोगविहीन बन्न सक्नेतर्फ रिजालले ध्यानाकर्षण गराएका छन् । केमिकल भण्डारण कक्ष तथा प्रयोगशाला सुरक्षा उपकरणको व्यवस्था गरिएकाले यसलाई हटाउन नहुने उनले प्रस्ट पारे । हाल कायम रहेका सात मन्त्रालयलाई फुटाएर १२ पुर्‍याउने प्रदेश १ सरकारले निर्णाय गरेको छ । सोहीअनुसार प्रदेश राजधानी विराटनगर आसपास ठूला सरकारी भवन खाली गर्ने काम शुरू भएको छ । थप हुने मन्त्रालयका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको भवन पनि प्रयोग हुने सम्भावना छ ।