सभ्य एवं सुरक्षित तरिकाले होली मनाउनूस् : प्रहरी

काठमाडौं : जिल्ला प्रहरी परिसर काठमाडौंले सभ्य एवं सुरक्षित तवरले होली पर्व मनाउन आम सर्वसाधारणलाई अनुरोध गरेको छ।प्रहरी परिसर काठमाडौंले बिहीबार सन्देश जारी गरी होली पर्वलाई सभ्य, शिष्ट, स्वस्थकर र मर्यादित तवरले मनाउन सबैलाई अनुरोध गरेको हो। प्रहरीले आत्मीय व्यक्ति वा आफन्तसँग मात्र होली खेल्न, होली पर्वको नाममा उच्छृङ्खल क्रियाकलाप नगर्न आग्रह गरेको छ।जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक सीताराम रिजालले कसैको इच्छाविपरीत रङ, लोला मोबिल, मोसो, केमिकल र फोहोरपानी प्रयोग

सम्बन्धित सामग्री

सभ्य एवं सुरक्षित तवरले होली पर्व मनाउन काठमाडौं प्रहरीको अनुरोध

काठमाडौं, फागुन २० । फागु अर्थात् होलीलाई सभ्य, शिष्ट, स्वस्थकर र मर्यादित बनाउन प्रहरीले आग्रह गरेको छ । जिल्ला प्रहरी परिसर काठमाण्डौले सन्देश निकालेर सभ्य एवम् सुरक्षित तवरले होली पर्व मनाउन सबैसँग अनुरोध गरेको हो । प्रहरीले आत्मीयरूपमा नजिक भएका व्यक्ति वा आफन्तसँग मात्र होली खेल्न, होली पर्वको नाममा उच्छृङ्खल क्रियाकलाप नगर्न आग्रह गरेको छ […]

मधेशमा होली : ४५६ चालकलाई कारबाही

मधेश प्रदेशका विभिन्न जिल्लामा होली पर्वका बेला ट्राफिक नियम उल्लङ्घन गर्ने ४५६ सवारीसाधनका चालकलाई कारबाही गरिएको छ । होली पर्वमा मादक पदार्थ सेवन गरी तथा बिना हेलमेट ट्राफिक नियम उल्लङ्घन गर्ने चालकलाई नियन्त्रणमा लिई कारबाही गरिएको प्रदेश ट्राफिक कार्यालय पथलैया बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक सन्तुप्रसाद जैसवालले जानकारी दिए। सप्तरीमा ५६, सिरहामा १५८, धनुषामा ७४, पर्सामा ९१, महोत्तरीमा ३१, सर्लाहीमा २५, रौतहटमा १४ र बारामा सात चालकलाई कारबाही गरिएको छ ।      चाल

काठमाडौंमा होली खेल्ने क्रममा छतबाट खसेर महिलाको मृत्यु

काठमाडौं, ४ चैत्र । काठमाडौंमा होली खेल्ने क्रममा घरको छतबाट खसेर एक महिलाको मृत्यु भएको छ । तारकेश्वर बस्दै आएकी डिवन कुमारी खड्काको होली खेल्ने क्रममा घरको छतबाट खसेर मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीको अनुसार महिलाको नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा उपचारको क्रममा बिहीबार मृत्यु भएको हो । होली खेल्ने क्रममा छतबाट खसेर अर्की एक […]

होली खेल्दा घरको छतबाट लडेर २२ वर्षीया युवती गम्भीर घाइते

काठमाडौँ-  काठमाडौंमा होली खेल्ने क्रममा घरको छतबाट लडेर एक युवती गम्भीर घाइते भएकी छन्। जोरपाटीमा बस्दै आएकी २२ वर्षीया बिनिता चौलागाईं होली खेल्दै गर्दा घरको छतबाट लडेर  गम्भीर घाइते भएको काठमाडौं प्रहरी परिसरका प्रहरी उपरीक्षक (एसपी) दिनेशराज मैनालीले जानकारी दिए। सिन्धुपाल्चोक भोटेचौर घर भएकी उनी अस्थायी रुपमा जोरपाटी दक्षिणढोका बस्दै आएकी थिइन्। घरको छतमा होली […]

आज होली: बिहानैबाट मापसे चेकिङ

काठमाडौं। महानगरीय ट्राफिक प्रहरी महाशाखाले रङहरूको पर्व होलीलाई व्यवस्थित, सुरक्षित र मर्यादित बनाउन काठमाडौं उपत्यकामा १३ सय बढी ट्राफिक प्रहरी खटाएको छ । महाशाखाले उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरमा होली सुरक्षाका लागि १ हजार ३ सयभन्दा बढी ट्राफिक प्रहरी खटाएको हो । ती ट्राफिक प्रहरीले उपत्यकाका ६८ स्थानमा चेकजाँच गर्नेछन् । महाशाखाले होली […]

होलीलाई व्यवस्थित, सुरक्षित र मर्यादित बनाउन उपत्यकामा १३०० प्रहरी परिचालन

काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले होली पर्वलाई व्यवस्थित, सुरक्षित र मर्यादित बनाउन भन्दै काठमाडौँ उपत्यकामा १३ सयभन्दा धेरै ट्राफिक प्रहरी खटाएको छ । होली मनाउँदा सवारी नियम तोड्ने गतिविधि नियन्त्रण गर्न तथा दुर्घटनारहित होली पर्व बनाउन महाशाखाले ट्राफिक व्यवस्थापनको योजना तयार गरी अन्य समयभन्दा धेरै जनशक्ति परिचालन गर्ने भएको हो । महाशाखाले होली पर्वलाई […]

होली विशेषः इच्छाविपरित कसैलाई रंग लगाए कारबाही

काठमाडौं, २ चैत्र । भोलि हिन्दुहरुको होली पर्व हो । एकअर्कालाई रंग दलेर होली पर्व मनाउने गर्छन् । होली लक्षित गरी महानगरीय प्रहरी परिसरले विशेष सुरक्षा योजना बनाएको छ । होलीको दिन उछ्ृंखल गतिविधि हुनसक्ने भन्दै सामान्य दिनमा भन्दा धेरै प्रहरी परिचालन गर्ने भएको छ । काठमाडौमा होलीको दिनमा धेरै स्थानमा कार्यक्रमको आयोजना हुँदैछन् । […]

काठमाडौंका १९ सार्वजनिक ठाउँमा होली कार्यक्रम, १५ सय प्रहरी परिचालन गरिने

कोरोना भाइरस संक्रमणको जोखिमका कारण सरकारले २०७७ मा फागु पूर्णिमाको अवसरमा भिडभाड गरेर होली खेल्न रोक लगाएको थियो । संक्रमण दर घटेसँगै यसवर्ष सरकारले ‘होली नखेल्नु’ भनेको छैन । प्रहरीले फागु पूर्णिमामा हुने भीडभाडपूर्ण कार्यक्रममा सुरक्षा दिनेगरी सुरक्षा योजना तयार गरेको छ । काठमाडौं जिल्लाका १९ सार्वजनिक ठाउँमा होली खेल्ने कार्यक्रम आयोजना गरिएको छ । काठमाडौंमा आयोजित होलीका कार्यक्रममा हुनसक्ने उच्छृङ्खल गतिविधि नियन्त्रण गर्न १ हजार ५ सय प्रहरी परिचालन गर्नेगरी सुरक्षा योजना

अमर्यादित होली खेल्ने ११ युवा पक्राउ

कपिलवस्तुमा सोमवार अमर्यादित ढंगले होली खेलेको आरोपमा प्रहरीले ११ जना युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जबरजस्ती रंग दल्ने, अमर्यादित रुपमा होली खेल्नेहरू रहेका छन् । यस्तै सवारी नियम उलंघन गर्ने २ सय ११ वटा मोटरसाइकल र  १० वटा अटो रिक्सा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

मोरङ प्रहरीले भन्यो : घरभित्रै परिवारसँग होली मनाउनु, बाहिर मनाए कारवाही गर्छौं

विराटनगर : भारतसँग सीमा जोडिएको मोरङ जिल्लामा यसवर्षको होली पर्वलाई घर भित्रै सिमित राख्न प्रहरीले आग्रह गरेको छ।भारतमा दोस्रो लहरको कोरोना संक्रमणको जोखिम उच्च बन्दै गएपछि होली विशेष सुरक्षा योजना अन्तर्गत सार्वजानिक क्षेत्रमा हुने भीडभाड र जमघटलाई प्रहरीले नियन्त्रण गर्दै विशेष सावधानीपूर्वक होली खेल्न अनुरोध गरेको हो।  होलीलाई मध्यनजर गर्दै प्रहरीले विशेष निगरानी र सुरक्षा चेकजाँचलाई कडाई गरिने जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सन्तोष खड्काले जानकारी दिए। खड्काका अनुसार प्रहरीले प