नेपाल बार एसोसिएशनको सम्मेलनले २४ बुँदे घोषणापत्र जारी गरेको छ । नेपाल बारएसोसिएशनले यही फागुन १५, १६ र १७ गते आयोजना गरेको सम्मेलनको १५ औँ अखिल नेपाल कानुन व्यवसायी राष्ट्रिय सम्मेलन, २०७८ को आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी थिइन् । घोषणापत्र जारी गर्दै एसोसिएशनलेकानुनको शासन, मानव अधिकारको संरक्षण, स्वतन्त्र सक्षम र न्यायमा पहुँच र भ्रष्टाचारमुक्त न्यायपालिकाप्रति नेपाल बारएसोसिएशनको प्रतिबद्धतालाई दोहोर्याएको छ । त्यस्तै नेपाल बारको आन्दोलनमा ऐक्यबद्धता देखाउँदै