नेकपा माओवादी केन्द्रले आगामी मंसिर ४ गतेको प्रदेश र प्रतिनिधि सभा चुनावको घोषणापत्र तिहारलगतै ल्याउने भएको छ । घोषणापत्रको सबै कार्य सम्पन्न भएपनि प्रावधिक कारण तिहारपछि मात्रै मतदाता समक्ष पुग्ने भएको बताएको छ । दलहरुले घोषणापत्र ल्याउन ढिला गरेको भन्दै आलोचना भइरहेको अवस्थामा माओवादीले समेत ढिलागरी घोषणापत्र ल्याउन लागेको हो । ‘पार्टीको घोषणापत्र लेखन र सम्पादनको काम सम्पन्न भइसकेको छ । अब थप्नुपर्ने कन्टेन्ट केही छैन । सबै तयार छ । घोषणापत्रमा केही स्केचहरु राख्नुपर्ने भएकाले ढिला