धुलो दूध तथा बटर उद्योग निर्माण अन्तिम चरणमा

हेटौँडा उपमहानगरपालिका– १०, नागसोतीको सिसौघारीमा निर्माण गरिएको धुलो दूध तथा बटर उद्योगको काम अन्तिम चरणमा पुगेको छ । एक वर्षमा सक्ने गरी प्रदेश सरकारको कृषि तथा पशुपक्षी विकास मन्त्रालयअन्तर्गत प्रदेश दुग्ध...

सम्बन्धित सामग्री

गोदाममा थन्कियो ७५ करोडको दूध र घ्यू

चितवन, १३ फागुन । भरतपुर महानगरपालिका–१ ठिमुरामा रहेका चितवन मिल्क उद्योग गत माघ २२ गतेदेखि बन्द छ । प्रशोधन गरिएको नौनी घ्यू (बटर) र धुलो दूध बिक्री नभएर भण्डारण गर्ने ठाउँ नभएपछि उद्योग बन्द भएको हो । उद्योगले डेरी, सहकारी र व्यावसायिक फर्महरुको दूध भाडामा प्रशोधन गर्ने गरेको थियो । पछिल्लो समय दूध ल्याएका संस्थाले […]

आयात रोकिँदा पनि भारतीय बटर, घ्यू तथा धुलो दूध छ्याप्छ्याप्ती

कृषि तथा पशुपक्षी विकास मन्त्रालयले २०७७ साउन ४ गतेदेखि घ्यू, बटर र एसएमपी (धुलो दूध) आयातमा रोक लगायो । तर, नेपालको दूग्ध बजार (डेरी मार्केट) मा अहिले पनि भारतीय उत्पादनको हालीमुहाली छ । पसल–पसलमा भारतका विभिन्न कम्पनीबाट उत्पादित घ्यू, बटर र धुलो दूध बिक्री भइरहेको छ । किराना पसल, मार्ट अन्य सपिङ्ग मलहरूमा नेपाली घ्यू तथा बटर खासै पाइँदैन । तर, भारतलगायत अन्य देशमा उत्पादित घ्यू, बटर र एसएमपी (धुलो दूध) जताततै पाइन्छन् ।भन्सार विभागको तथ्याङ्क अनुसार २०७७ साउनदेखि २०७८ असोजसम्म नेपालमा ६

राष्ट्रिय दुग्ध विकास बोर्ड ३० औं वर्षमा

काठमाडौं । राष्ट्रिय दुग्ध विकास बोर्ड ३० औं वर्षमा प्रवेश गरेको छ । २०४९ सालमा स्थापना भएको बोर्डले शुक्रबार २९ वर्ष पूरा गर्दै ३० औं वर्षमा प्रवेश गरेको हो । सो अवसरमा नेपाल डेरी एसोसिएसनले शुभकामना दिँदै कोभिड–१९ को प्रभाव समग्र डेरी क्षेत्रको विकास, विस्तार एवम् समस्या सहजीकरणमा विशेष भूमिका खेलिदिन बोर्डसँग आग्रह गरेको छ ।शुक्रबार एक शुभकामना वक्तव्य जारी गर्दै एसोसिएसनले कोभिड–१९ का कारण डेरी क्षेत्रको अर्बौंको उत्पादन धुलो दूध र बटर गोदाममा थन्किएर बसेकाले चालु पुँजी अभाव

घोषणामा आत्मनिर्भर, तर ८ महिनामै एक अर्ब ३० करोडको आयात

१२ चैत, काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको योजनाअनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार नेपाल पशुपन्छीजन्य उत्पादनमा आत्मनिर्भर भएको घोषणा गरेका छन् । बिहीबार आयोजित भव्य कार्यक्रममा प्रधानमन्त्री ओलीले धुलो दूध, बटर, अण्डा र मासुजन्य (कुखुरा) गरी चार उत्पादनमा मुलुक आत्मनिर्भर भएको बताएका हुन् । स्वदेशमै प्रशस्त मात्रामा उत्पादन भएकाका कारण विदेशबाट पशुपन्छीजन्य उत्पादन […]

पशुपन्छीजन्य उत्पादनमा नेपाल आत्मनिर्भर घोषणा

काठमाडौं : पशुजन्य उत्पादनमा नेपाल आत्मनिर्भर मुलुक घोषणा भएको छ।कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको आयोजनामा प्रधानमन्त्री केपी शर्मा ओलीले आज जावलाखेलमा आयोजित एक कार्यक्रममा धुलो दूध, बटर, मासु र अण्डामा देश आत्मनिर्भर भएको घोषणा गरेका हुन्‌।धुलो दूध, बटर, मासु र अण्डा आयात शून्यमा झरेको र नेपालमा भएको उत्पादन नै पर्याप्त हुने गरेको मन्त्रालयले दाबी गरेको छ।नेपालमा धुलो दूध ३ हजार मेट्रिकटन माग रहेको र उत्पादन ३ हजार ४ सय मेट्रिकटन भइरहेको मन्त्रालयको तथ्यांक छ। यस्तै, घिउ १२ सय मेट्रिक

नेपाल पशुजन्य उत्पादनमा आत्मनिर्भर भएको घोषणा हुँदै

काठमाडौं : सरकारले पशुजन्य उत्पादनमा नेपाल आत्मनिर्भर भएको घोषणा गर्दैछ। कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको आयोजनामा प्रधानमन्त्री केपी शर्मा ओलीले आज (बिहीबार) बिहान १० बजे स्टाफ कलेज, जावलाखेलमा आयोजना हुने एक कार्यक्रममा धुलो दूध, बटर, मासु र अण्डामा देश आत्मनिर्भर भएको घोषणा गर्न लागेका हुन्‌।धुलो दूध, बटर, मासु र अण्डा आयात शून्यमा झरेको र नेपालमा भएको उत्पादन नै पर्याप्त हुने गरेको मन्त्रालयले दाबी गरेको छ। नेपालमा धुलो दूध ३ हजार मेट्रिकटन माग रहेको र उत्पादन ३ हजार ४ सय

पशुजन्य उत्पादनमा आत्मनिर्भरता( सम्पादकीय)

पछिल्लो समय नेपालले विकास र समृद्धिका लागि गरेको लगानीका परिणाम देखिन थालेका छन् । कृषि तथा पशुपालनलाई सरकारले आत्मनिर्भर अर्थतन्त्र र रोजगारीको भरपर्दो क्षेत्र बनाउन ल्याएका विभिन्न कार्यक्रमको सफलतासँगै मुलुक धुलो दूध (एसएमपी), बटर (नौनी), मासु र अण्डामा आत्मनिर्भर भएको छ । केही वर्षअघिसम्म यस्ता खाद्यपदार्थ भारत तथा तेस्रो मुलुकबाट आयात गर्ने गरिन्थ्यो । कृषिका हरेक उत्पादनमा आत्मनिर्भर हुने लक्ष्य लिएको सरकारले हाल एसएमपी, बटर, मासु र अण्डामा आत्मनिर्भरता घोषणाको तयारी गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले नेपाल धुलो दूध, बटर, मासु, अण्डा उत्पादनमा आत्मनिर्भर रहेको औपचारिक घोषणा गर्ने तयारी गरेको छ ।

धुलो दूध, बटर, मासु र अण्डा आत्मनिर्भर घोषणा हुँदै

सरकारले धुलो दूध (एसएमपी), बटर, मासु र अण्डामा देश आत्मनिर्भर भएको घोषणा गर्न लागेको छ । कृषिको हरेक उत्पादनमा आत्मनिर्भर हुने लक्ष्य लिएको सरकारले सुरुवातमा एसएमपी, बटर, मासु र अण्डामा आत्मनिर्भर भएको घोषणा गर्न लागेको हो । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले बिहीबार प्रधानमन्त्री केपी शर्मा अ‍ोलीबाट त्यसको घोषणा गर्न लगाउने तयारीमा लागेको छ । मन्त्रालयका सहसचिव डा.विमल निर्मलले धुलो दूध, बटर, मासु (भैँसीबाहेक) र अण्डा आयात शून्यमा झरेको छ र नेपालमा भएको उत्पा

कृषि मन्त्रालयको अफर योजना-एक किलो बटर किन्नेलाई एक किलो सित्तैमा !

२७ जेठ, काठमाडौं । लकडाउनका कारण दुग्ध पदार्थको बिक्री घटेपछि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले ‘अफर’ योजना ल्याउने तयारी गरेको छ । उपभोक्ताले एक किलो चिज, धुलो दूध वा बटर किन्दा अर्को एक किलो सित्तैमा वा …

दूध अभावपछि भारतबाट ल्याउन मागियो अनुमति

दूध अभाव भएपछि सरकारी तथा निजी डेरी उद्योगीहरूले भारतबाट दूध, एसएनपी (धुलो दूध) र बटर ल्याउन कृषि तथा पशुपन्छी विकास मन्त्रालयसँग अनुमति माग गरेका छन् । सरकारी स्वामित्वमा रहेको दुग्ध विकास संस्थान, निजी क्षेत्रका नेपाल डेरी एसोसिएसन र नेपाल डेरी उद्योग सङ्घले कृषि मन्त्रालयअन्तर्गतको राष्ट्रिय दुग्ध विकास बोर्डमा निवेदन दिएका छन् ।