काठमाडौं : सरकारले पशुजन्य उत्पादनमा नेपाल आत्मनिर्भर भएको घोषणा गर्दैछ। कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको आयोजनामा प्रधानमन्त्री केपी शर्मा ओलीले आज (बिहीबार) बिहान १० बजे स्टाफ कलेज, जावलाखेलमा आयोजना हुने एक कार्यक्रममा धुलो दूध, बटर, मासु र अण्डामा देश आत्मनिर्भर भएको घोषणा गर्न लागेका हुन्।धुलो दूध, बटर, मासु र अण्डा आयात शून्यमा झरेको र नेपालमा भएको उत्पादन नै पर्याप्त हुने गरेको मन्त्रालयले दाबी गरेको छ। नेपालमा धुलो दूध ३ हजार मेट्रिकटन माग रहेको र उत्पादन ३ हजार ४ सय