दूध अभावपछि भारतबाट ल्याउन मागियो अनुमति

दूध अभाव भएपछि सरकारी तथा निजी डेरी उद्योगीहरूले भारतबाट दूध, एसएनपी (धुलो दूध) र बटर ल्याउन कृषि तथा पशुपन्छी विकास मन्त्रालयसँग अनुमति माग गरेका छन् । सरकारी स्वामित्वमा रहेको दुग्ध विकास संस्थान, निजी क्षेत्रका नेपाल डेरी एसोसिएसन र नेपाल डेरी उद्योग सङ्घले कृषि मन्त्रालयअन्तर्गतको राष्ट्रिय दुग्ध विकास बोर्डमा निवेदन दिएका छन् ।

सम्बन्धित सामग्री

दूध विकासको निम्ति मुर्रा राँगा ल्याउन लागिएको हो : मन्त्री भुसाल

काठमाडौं, १० असार । कृषि तथा पशुपंक्षी विकासमन्त्री डा.वेदुराम भुसालले दूध विकासको लागि मुर्रा राँगा ल्याउन लागिएको दाबी गरेका छन्। आइतबार ललितपुरमा भएको एक कार्यक्रममा बोल्दै मन्त्री भुसालले दूध विकासको लागि मुर्रा ल्याउन लागिएको दाबी गरेका हुन्। उनले भने, ‘दुग्धविकास बोर्ड खारेज विषयमा आत्तिहाल्नुपर्ने, दुःखी हुनुपर्ने अवस्था देख्दिन। सरकारले कुनै न कुनै हिसावले व्यवस्थापन गर्छ। […]

सम्पादकीय: नेपाली दूध नबिक्ने तर बाहिरबाट आयात गर्ने गल्ती नहोस्

दुर्गम जिल्लामा दूध संकलनका लागि नजाने डेरी उद्योगीहरूले भारतबाट दूध ल्याउन फेरि ‘लबिइङ’ थाल्नु नामुनासिब छ । नेपाली उपभोक्ताका लागि मुलुकभित्र उत्पादित दूधले पुग्दै नपुग्ने अवस्थामा मात्रै आयातको विकल्पमा सोच्नुपर्छ । तर आज यहीँका सहरआसपास भन्दा बाहिरका दुग्ध उत्पादकहरूले बजार नपाइरहेका बेला भारतबाट दूध ल्याइएमा नेपाली किसानहरूको हित त हरिन्छ नै, आत्मनिर्भर कृषि–अर्थतन्त्रको लक्ष्यमा पनि आघात पुग्छ । त्यसैले, सरकारले कुनै पनि हालतमा दूध आयातको निर्णय गर्नु हुन्न ।

किसानलाई उत्पादनमा आकर्षित गर्न वाग्मतीमा ‘दूधजोन’ को माग

हेटौंडा : वाग्मती प्रदेशका दुग्ध सहकारीले दूध उत्पादनको अवस्थाबारे हेरेर ‘दूधजोन’ घोषणा गरि उत्पादन अभिवृद्धि कार्यक्रम ल्याउन सुझाव दिएका छन्। गाईभैंसी पाल्ने किसानलाई उत्पादनमा उकास्ने खालका कार्यक्रम ल्याउनेदेखि गोठमै पुगेर गाईवस्तुको उपचार गर्ने कार्यक्रम र खाद्यवस्तुको मूल्य निर्धारण गर्नसमेत उनीहरुको आग्रह छ। प्रदेश दुग्ध विकास बोर्ड हेटौंडाद्वारा आगामी आर्थिक वर्ष २०८०-०८१ का लागि…

दुर्गम नजाने डेरी उद्योग भारतबाट दूध ल्याउने ‘लबिइङ’ मा

दुर्गम जिल्लामा दूध संकलन गर्न नजाने डेरी उद्योगीले भारतबाट दूध ल्याउन फेरि ‘लबिइङ’ थालेका छन् । बजारमा दूध अभाव भएको दाबी गर्दै उनीहरूले दुग्ध विकास बोर्डको सहारामा भारतबाट आयात गर्न ‘लबिइङ’ सुरु गरेका हुन् । उद्योगीहरूकै इसारामा बोर्डले आयात गर्नुपर्ने राय कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा पठाइसकेको छ । दूध आयातमा केन्द्रीय दुग्ध सहकारी संघको असहमति हुँदाहुँदै बोर्डले आयात खुलाउन राय दिएको हो ।

'मानव दूध बैंक' : नवजात शिशुहरुको पोषणका लागि नविन प्रारम्भ

परिवार कल्याण महाशाखा तथा परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालबीच सहकार्य गरी नेपालमा पहिलोपटक 'बृहत स्तपान व्यवस्थापन केन्द्र' अन्तर्गत 'मानव दूध बैंक' को अवधारणालाई कार्यान्वयनमा ल्याउन गहन अध्ययन तथा गृहकार्य पश्चात स्थापनाको तयारी भइरहेको छ।

रोल्पा नगरपालिकाले खरीद गरेको दूध बोक्ने ट्याङ्कर प्रयोग विहिन

कात्तिक १, रोल्पा । रोल्पा नगरपालिकाले गत तीन वर्ष अघि खरीद गरेको दूध बोक्ने ट्याङ्कर प्रयोग विहिन बनेको छ । किसानहरुले उत्पादन गरेको दूधलाई बजारीकरण गर्ने उद्देश्यले प्रदेश सरकार र नगरपालिकाको साझेदारीमा खरीद गरिएको उक्त ट्याङ्कर लामो समयसम्म प्रयोगमा आउन नसक्दा विग्रिन थालेको छ ।  नगरपालिकाले ट्याङ्कर प्रयोगमा ल्याउन नसकेको भन्दै दुग्ध विकास संस्थान बुटवल र नेपालगञ्जले भाडामा दिन आग्रहसमेत गरेका थिए । तर नगरपालिकाले आफैं प्रयोग गर्ने भन्दै दिन नमाने पछि लाखौं मूल्यको ट्याङ्कर प्रयोग विहिन भएको हो । उता नगर प्रमुख पूर्ण केसीले भने ट्याङ्कर प्रयोगमा ल्याउने तयारी भइरहेको बताएका छन् । किसानलार्ई गाईभैंसी खरीद गर्न अनुदान दिएर भएपनि दूध उत्पादनमा वृद्धि गर्ने नगरपालिकाको योजना रहेको उनले बताए ।

निषेधाज्ञाले रोक्यो दूध बिक्री

सल्यान । सल्यानका पशुपालक किसानले उत्पादन गरेको दूध बिक्री हुन सकेको छैन । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालयले झन्डै डेढ महिनादेखि जारी गरेको निषेधाज्ञाका कारण दूध बिक्री हुन नसकेको हो । दूध बिक्री नभएपछि पशुपालन तथा दूध बिक्री गरेर जीविकोपार्जन गर्दै आएका किसान बढी मर्कामा परेका छन् । दुग्ध व्यवसायीले दूध खरिद कम गरेपछि व्यवस्थापन गर्न समस्या भएको किसानको भनाइ छ । कोरोनाको त्रास र निषेधाज्ञाले जिल्लाका व्यावसायिक दूध किसान निकै मर्कामा परेका छन् । किसानले उत्पादन गरेको दूध बिक्री गर्न सकिरहेका छैनन् । एकातिर उपभोक्ताले दूध खान पाएका छैनन् भने अर्कातिर किसानलाई दूध कहाँ लगेर बेच्ने भन्ने पिरलो छ । दूध बिक्री नहुँदा मासिक १ लाख ५० हजारका दरले घाटा लागिरहेको त्रिवेणी गाउँपालिका–६ लुहामका किसान कृष्णकुमार रेउलेले बताए । ‘अहिले निषेधाज्ञा छ । गाईलाई दूध नदेऊ भन्ने कुरै भएन । तर, दूध कहाँ लगेर बेच्ने भन्ने पिरलो छ,’ उनले भने । ६ वर्षदेखि कृष्ण गाई फार्म सञ्चालन गर्दै आएका रेउलेले दैनिक १ सय २० लिटरभन्दा बढी उत्पादित दूधले बजार नपाएको गुनासो गरे । ‘२० वटा गाईबाट बिहान–साँझको दूध १ सय २० लिटरभन्दा बढी हुन्छ । पहिले डेरी खुला थिए र लिन्थे तर आजभोलि निषेधाज्ञाले दूध नै बिक्री भएको छैन,’ उनले भने । निषेधाज्ञाले दूध मात्र बिक्री गर्न समस्या नभई वस्तुभाउलाई खुवाउने दाना ल्याउनसमेत समस्या भइरहेको रेउलेले  बताए । ‘दाना ल्याउन दाङ जाँदा पास नभएको भन्दै प्रहरीले बीच बाटोबाटै फर्काइदियो’, उनले भने ।  निषेधाज्ञामा सवारी साधन नचल्दा दूध ढुवानीमा समस्या भएको सिद्ध कुमाख गाउँपालिका–१ पटोरका किसान राजेशकुमार बस्नेतले बताए । दैनिक ४५ लिटर दूध उत्पादन भए पनि आफ्नो साधन नहुँदा डेरीसम्म पुर्‍याउन सास्ती भोग्नु परेको उनको गुनासो छ । ‘निषेधाज्ञाअघि दूध बिक्रीबाट मासिक ८० हजार रुपैयाँसम्म आम्दानी गर्ने गरेको भए पनि अहिले आम्दानी घटेको उनले जानकारी दिए ।

दूध स्वास्थ्यका लागि मात्रै होइन, अनुहारमा निखारता ल्याउन पनि प्रभावकारी

दूधमा कैयौं गुण हुन्छन् । शरीर स्वस्थ राख्नुका साथै तपाइँको अनुहारको सुन्दरतामा निखारता ल्याउन पनि उपयुक्त हो । महिलाहरु आफ्नो सुन्दरताका लागि कैयौं प्रकारका फेसियल सामग्री प्रयोग गर्दछिन् ।  तर, ती सबै छाडेर घरेलु उपाय अपनाउँदा आर्थिक वचत मात्रै होइन, चाहेजस्तो सुन्दरता पाउन सकिन्छ । घरेलु वस्तुमध्येमा एक दूध हो । आज हामी तपाइँलाई दूधको प्रयोगबाट कसरी अनुहारमा निखारता ल्याउन सकिन्छ भन्नेबारे जानकारी दिँदैछौं ।  मह र दूध  अनुहारमा देखिने दाग हटाउन दूधमा मह मिलाएर लगाउन सकिन्छ । यसलाई खान पनि ...

दूध स्वास्थ्यका लागि मात्रै होइन, अनुहारमा निखारता ल्याउन पनि प्रभावकारी

दूधमा कैयौं गुण हुन्छन् । शरीर स्वस्थ राख्नुका साथै तपाइँको अनुहारको सुन्दरतामा निखारता ल्याउन पनि उपयुक्त हो । महिलाहरु आफ्नो सुन्दरताका लागि कैयौं प्रकारका फेसियल सामग्री प्रयोग गर्दछिन् ।  तर, ती सबै छाडेर घरेलु उपाय अपनाउँदा आर्थिक वचत मात्रै होइन, चाहेजस्तो सुन्दरता पाउन सकिन्छ । घरेलु वस्तुमध्येमा एक दूध हो । आज हामी तपाइँलाई दूधको प्रयोगबाट कसरी अनुहारमा निखारता ल्याउन सकिन्छ भन्नेबारे जानकारी दिँदैछौं ।  मह र दूध  अनुहारमा देखिने दाग हटाउन दूधमा मह मिलाएर लगाउन सकिन्छ । यसलाई खान पनि ...

सहरमा अभाव गाउँमा बिक्दैन दूध

दूध उत्पादनको सिजनमै बजारमा अभाव देखिन थालेको छ । बजारमा माग बढ्दै गए पनि सोअनुसार उत्पादन नहुँदा सहर बजार क्षेत्रमा दूधको अभाव भएको हो । कोभिड–१९ का बेला बिक्री नभएर खेर गएपछि उत्पादन घटेकाले अहिले दूधको अभाव हुन थालेको हो । उत्पादनमा कमी आउनुका साथै ग्रामीण क्षेत्रमा उत्पादन भएको दूध उच्च माग भएको सहरसम्म ल्याउन नसक्दा अभाव देखिएको हो ।