काठमाडौं। बैंकको चर्को ब्याजदरकोविरुद्धमा आन्दोलनमा उत्रिएका मोरङका उद्योगी व्यवसायीहरुले आन्दोलन स्थगित गरेका छन्। नवनियुक्त अर्थमन्त्री विष्णु पौडेलले मंगलबार उद्योगीहरुलाई वार्तामा बोलाएपछि उनीहरुले आन्दोलन स्थगित गरेका हुन्। दोस्रो चरणको आन्दोलन रहेका उद्योग व्यवसायीहरु ६ जनाको टोली सहित वार्तामा आउने भएका छन्।