सल्यान : सल्यानको छत्रेश्वरी गाउँपालिका–५ लेखपोखरामा रहेको प्राथमिक स्वास्थ्य केन्द्रको विरामी कुरुवा भवन प्रयोगमा नआई थोत्रिएको छ। २०६६ सालमा निर्माण सम्पन्न विरामी कुरुवा भवन प्रयोग नभएर जीर्ण बनेको हो तर प्राथमिक स्वास्थ्य केन्द्रमा आउने विरामीका कुरुवाले भने सास्ती पाउँदै आएका छन्।स्थानीय सुनिल कुँवरले बिरामी कुरुवा भवन सञ्चालनमा नआउँदा उपचारका लागि स्वास्थ्य संस्थामा पुगेका कुरुवाले सास्ती भोग्दै आएको बताए। उनले भने‚ ‘प्राथमिक स्वास्थ्य केन्द्रमा विरामीको चाप छ, सुत्केरी ह