काठमाडौं। मेडिसिटी अस्पतालले अक्सिजनको कोटा नबढाए कोरोनाका नयाँ विरामी नलिने चेतावनी दिएको छ। अस्पतालले आज जारी गरेको विज्ञप्तीमा भनिएको छ, "दैनिक ४/५ सय अक्सिजन सिलिन्डर आवश्यक पर्नेमा सरकारले १०० वटा मात्रै दिएको छ। यो कोटाले कोभिड विरामीको उपचार गर्न सम्भव छैन। नयाँ विरामी लिन सकिन्दैन।" त्यसैले अक्सिजनको सहज आपूर्ति मिलाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र सीसीएमसीलाई अनुरोध गरेको छ।