तराईमा बढेको गर्मीसँगै अस्पतालमा सर्पदंशका विरामी बढ्न थालेका छन् । धनगढीस्थित सेती प्रादेशिक अस्पतालका अनुसार पछिल्लो समय दैनिक २-३ वटासम्म सर्पदंशका गम्भीर विरामी भर्ना हुने गरेका छन् ।‘सर्पले टोकेका विरामीको संख्या दैनिक ५-६ जनासम्म पुग्ने गरेको छ,’ सेती प्रादेशिक अस्पतालका सर्पदंश उपचार संयोजक डाक्टर शेरबहादुर कमरले भने, ‘तीमध्ये २-३ जना धेरै विषालु सर्पले टोकेका विरामी आउने गरेका छन् ।’ उनले मानिसको लापरवाहीका कारण सर्पदंशका विरामी बढ्ने गरेको बताए । रातिमा होसियारी