गर्मी बढेसँगै लमजुङ जिल्ला अस्पतालमा विरामीको चाप बढेको छ । अस्पतालका प्रशासन प्रमुख हेमन्त श्रेष्ठका अनुसार हाल दैनिक तीन सय ५० देखि तीन सय ८० जना विरामी अस्पतालमा आउने गरेका छन् । गर्मी बढेसँगै अस्पतालमा झाडापखालाका विरामीको चाप बढेको छ । दैनिक रूपमा ५० भन्दा बढी झाडापखालाका विरामी अस्पतालमा चेकजाँचका लागि आउने गरेको अस्पतालले जनाएको छ । गर्मीका कारण खानपान तथा पिउने पानीमा विशेष ध्यान नदिँदा झाडापखालाका विरामीको चाप बढेको अस्पतालका डा। विष्णु अर्यालको भनाइ छ । यस्तै, अस्पतालमा हाडजो