प्रत्येक वर्ष जेठ २१ गते देशभर जातीय भेदभाव तथा छुवाछूत उन्मूलन दिवस मनाइने गरिन्छ । यस वर्ष भने उक्त दिवस शनिबार परेको थियो । वि.सं. २०६३ साल जेठ २१ गते मुलुकलाई जातीय छुवाछूतमुक्त राष्ट्र घोषणा गरिएको थियो । नेपालको संविधान तथा यसअन्तर्गत भएका कानुनी व्यवस्थाले जातीय आधारमा हुने सबै प्रकारका विभेद, बहिष्करण र हिंसालाई अपराधको […]
लोकतन्त्र स्थापनायताको १३ वर्षको अवधिमा ६४ जना दलितहरूको जातीय विभेदको आवरणमा हत्या भएको तथ्याङ्कले देखाउँछन् । जबकि छुवाछूतमुक्त मुलुक घोषणा गरिए पनि दलित समुदायमाथि भएका यस किसिमका जातीय हत्याका घटनाले सरकारको औपचारिक घोषणा र कार्यान्वयनको बीच रहेको फरकलाई प्रष्ट पार्दछ ।
खोटाङ – खोटाङमा आप्रवासी श्रमिकहरुलाई सामाजिक बहिष्करणको प्रभाव न्यूनीकरण सम्बन्धी एकदिने अभिमुखीकरण अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
सामाजिक समस्यामा परेकाहरुलाई पहिचान गरी मनोसामाजिक परामर्शकर्तालाई भेटाउने र अरुलाई होच्याउने लान्छना, विभेद गर्ने जस्ता काम गर्ने विरुद्ध आवाज उठाउनेबारे कार्यक्रममा छलफल भएको छ ।
कार्यक्रममा वैदेशिक रोजगारीमा जान लागेकाहरुलाई सीप सिकेर जान प्रेरित गर्ने विषयमा समेत जोड दिइएको छ । यस्तै गइ सकेकाहरुलाई कागजपत्रहरुको महत्वबारे जानकारी गराउने र वैदेशिक रोजगारसम्बन्ध...
पीडित परिवारका सदस्यहरूले दुव्र्यवहार, पारिवारिक एवं सामाजिक बहिष्करण, अवहेलना, मनोवैज्ञानिक आघात, अवसरहरूबाट वञ्चितीकरण, सामाजिक विभेद, अपहेलनाजस्ता उत्तिकै कहालीलाग्दा पीडा खेपिरहेका छन् ।