वैदेशिक रोजगारीको आवरणमा भइरहेको वा हुन सक्ने ठगी र विभिन्न खालका घटनाहरूलाई नियमन र नियन्त्रण गर्ने सिलसिलामा वैदेशिक रोजगार ऐन २०६४ र त्यो अनुसारको नियमावली र सँगसँगै केही कार्यविधि पनि बनेर कार्यान्वयनमा आएको अवस्था हो ।
त्यत्तिले पनि नपुगेर अझ छिटो छरितोसँग आएका गुनासो, उजुरी र ठगीका घटनाहरू छन् भने त्यसलाई तत्कालै रेस्पोन्स गरौँ र समस्या समाधान गरौँ भन्ने हिसाबले यो र्यापीड रेस्पोन्स टीम’ आरआरटी गठन भएको हो । तर आरआरटी गठन हुनुअघि पनि वैदेशिक रोजगार विभागले यस प्रकारको काम भने गर्दै आएक...