काठमाडौं, असार २७ । वैदेशिक रोजगार विभागका वरिष्ठ कर्मचारीहरू नै म्यानपावर कम्पनीका सञ्चालकलाई टेलिफोन गरेर सोध्छन्, ‘हजुरहरू कहिले आउनुहुन्छ ? हजुरहरूविरुद्ध यहाँ पीडित उजुरी दिन आएका छन्। हजुर समय मिलाएर आउनुहोस्। त्यसैअनुसार तारेखमा पीडितलाई बोलाइदिउँला।’ यो दृश्य वैदेशिक रोजगार विभागमा देख्न पाइन्छ। ठगिएका पीडित न्याय माग्न दिनहुँजसो विभाग पुग्छन्। विभागका कर्मचारी पीडितका व्यथा पाँच मिनेट पनि […]