वैदेशिक रोजगार विभागमा सादा पोसाकका प्रहरी

अनियमितता  र  ठगी नियन्त्रणका   लागि   वैदेशिक   रोजगार   विभागमा प्रहरी  टोली  परिचालन  गरिएको  छ ।  नेपाल  प्रहरीको मानव  बेचबिखन  अनुसन्धान  ब्युरोबाट  प्रहरी  नायब उपरीक्षकको  नेतृत्वमा  सात  सदस्यीय  प्रहरी  टोली परिचालन गरिएको गरिएको हो । विभागका   महानिर्देशक   शेषनारायण   पौडेलले विभागमा   मङ्गलबारदेखि   सादा   पोसाकमा   प्रहरी परिचालन   गरिएको ...

सम्बन्धित सामग्री

युरोप पठाउँछु भन्दै ५२ लाख रुपैयाँ ठगी

काठमाडौं । फ्रान्स र सर्बिया पठाइदिने नाममा नागरिकको ५२ लाखभन्दा बढी रकम ठगी भएको छ । काठमाडौंउपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार यसरी ठगी गर्ने दुई जनालाई पक्राउ गरिएको छ ।  पक्राउ पर्नेमा भक्तपुरको सूर्यविनायक नगरपालिका–१३ सल्लाघारी बस्ने ५० वर्षीय सुरेशकुमार पाख्रिन र सर्लाहीको हरिवन नगरपालिका–५ घर भई हाल काठमाडौंबस्ने निरोज बुढाथोकी रहेका प्रहरी उपरीक्षक मिलन केसीले जानकारी दिए ।             पाख्रिनले वैदेशिक रोजगारीका लागि फ्रान्स पठाइदिन्छु भनी फूर्पा शेर्पासमेत चार जनाबाट रु ४० लाख असुलेको पाइएको छ । उनले जानका लागि प्रतिव्यक्ति रु १७ लाख लाग्ने र फ्रान्स पुगेपछि प्रतिष्ठित कम्पनीमा काममा लागेपछि त्यहाँबाट मासिक एक लाखभन्दा बढी तलब हुने प्रलोभनमा पारी पटकपटक गरी पीडितबाट ४० लाख लिएको खुलेको उनले बताए ।             पैसा लिएपछि सम्पर्कविहीन भएका उनलाई वैदेशिक रोजगार विभागबाट खोजीका लागि पत्राचार भएअनुसार खोजतलास गर्नेक्रममा ललितपुरको पुल्चोकबाट आज पक्राउ गरिएको प्रहरीले जनाएको छ ।  उता सर्लाहीका बुढाथोकीले प्रमोद सिटौलासमेत चार जनालाई वैदेशिक रोजगारीका लागि सर्बिया पठाइदिन्छु, त्यसका लागि प्रतिव्यक्ति पाँच लाख ५० हजार लाग्ने भनी रकम उठाएको पाइएको छ । यसरी पीडितबाट उनले १२ लाख लिएर फरार भएका प्रहरीले जनाएको छ । उनलाई काठमाडौँको सिनामङ्गलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।             दुवै जनालाई थप अनुसन्धान तथा कारबाहीका लागि आजै वैदेशिक रोजगार विभाग पठाइएको प्रहरीले जनाएको छ ।      –रासस

वैदेशिक रोजगारीमा ठगी आरोपमा सर्लाहीबाट १ जना पक्राउ

१० जेठ, काठमाडौं । वैदेशिक रोजगारीमा पठाउने भन्दै ठगी गरेको आरोपमा प्रहरीले सर्लाहीको हरिऔनबाट एक जनालाई पक्राउ गरेको छ । बुधबार साँझ इलाका प्रहरी कार्यालय हरिवनको टोलीले हरिवन नगरपालिकाकी विमला विष्टलाई पक्राउ गरी वैदेशिक रोजगार विभाग काठमाडौंमा बुझाउन ल्याएको छ । विमलासहितको गिरोहले विभिन्न व्यक्तिलाई अमेरिका, फ्रान्स लगायतको देश पठाइदिन्छु भनी ६ करोड रुपैयाँ भन्दा […]

वैदेशिक रोजगार विभागमा तारा बरालमाथि किन भयो हातपात ? (बयानसहित)

काठमाडौं । वैदेशिक रोजगारका पीडितलाई न्याय माग्न भन्दै वैदेशिक रोजगार विभाग पुगेकी अभियन्ता तारा बरालमाथि मंगलबार हातपात भएको छ । आफूलाई म्यानपावर व्यवसायी र गुण्डाको समूहले हेलमेटले प्रहार गरेको आरोप बरालले लगाएकी छन् । सामाजिक सञ्जालमा आएका भिडियोमा बरालले टाउको समाउँदै भूईमा लडीबुडी गरेको देखिन्छ । स्थिति तनावपूर्ण भएपछि प्रहरी बाक्लो संख्यामा उपस्थित भएका थिए […]

अत्यावश्यक सरकारी कार्यालय बिदामा खोल्ने तयारी

काठमाडौं । सरकारले अत्यावश्यक सरकारी कार्यालय शनिवारबाहेक अन्य सार्वजनिक बिदाका दिन खोल्ने तयारी गरेको छ । पछिल्लो समय सार्वजनिक बिदा धेरै भएको भन्दै जनगुनासो आएपछि बिहीवारको मन्त्रिपरिषद् बैठकमा अत्यावश्यक कार्यालय सार्वजनिक बिदाको दिन पनि खोल्ने विषयमा छलफल भएको हो । एक जना मन्त्रीले दिएको जानकारीअनुसार सार्वजनिक बिदाको दिन काम गर्ने कर्मचारीलाई थप सुविधा वा अन्य कुनै व्यवस्था गरेर कार्यालय खोल्ने तयारी छ । सरकारले अत्यावश्यक कार्यालय कुनकुन हुन् भनेर सूची तयार गर्नेछ । सार्वजनिक बिदाका दिन राहदानी विभाग, वैदेशिक रोजगार विभाग, गृह मन्त्रालयअन्तर्गतका जिल्ला प्रशासन कार्यालय, अस्पताल, बैंक, प्रहरी कार्यालय, खुला राख्ने सरकारको तयारी हो । ‘सार्वजनिक बिदा धेरै भए’ भनेर सार्वजनिक कार्यक्रममा बोलेको केही दिनमै फागुन १ गते जनयुद्ध दिवस भन्दै सार्वजनिक बिदा घोषणा गरेपछि प्रधानमन्त्री पुष्पकमल दाहालको आलोचना भएको थियो । दाहाल नेतृत्वको सरकारले २ महीनामा पूर्वनिर्धारितबाहेक ३ दिन सार्वजनिक बिदा दिइसकेको छ । गत माघ १ गते पोखरामा यती एयरलाइन्सको विमान दुर्घटना भएको भोलिपल्ट शोक मनाउन भन्दै सरकारले सार्वजनिक बिदा घोषणा गरेको थियो । त्यसअघि सत्ता साझेदार राष्ट्रिय प्रजातन्त्र पार्टीलाई खुशी पार्न सरकारले पुस २७ गते पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता दिवसको रूपमा मनाउने भन्दै बिदा दियो । दाहालले आफ्नै नेतृत्वमा सशस्त्र संघर्ष शुरू गरेको दिन फागुन १ गतेलाई ‘जनयुद्ध दिवस’ भन्दै बिदा घोषणा गरेपछि चर्को आलोचना भएको थियो । अहिले दाहालकै इच्छामा सार्वजनिक बिदा घटाउनेभन्दा पनि बिदाका दिन पनि केही कार्यालय खोल्ने तयारीमा सरकार लागेको छ । यसलाई कतिपयले आलोचनाबाट बच्ने दाहालको कूटनीतिक चालको रूपमा बुझेका छन् । बिहीवारको मन्त्रिपरिषद् बैठकले मेलम्ची खानेपानी आयोजनाको काम पूरा नगरी एकतर्फी रूपमा काम छोडेर हिँडेको इटालियन कम्पनी सीएमसीसँग मुद्दा लड्ने निर्णय पनि गरेको छ । विदेशी कानून व्यवसायी राखेर विदेशी अदालतमा मुद्दा लड्ने निर्णय भएको हो । २०७५ पुसमा सीएमसीले ठेक्काअनुसार काम पूरा नगरी इटली फर्किएको थियो भने माघमा सम्झौता तोडिएको थियो । मन्त्रिपरिषद्को बैठकले संवैधानिक परिषद्सम्बन्धी विधेयक संसद्मा दर्ता गर्ने निर्णयसमेत गरेको छ । बुधवार अपरा≈न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको बैठकले उक्त विधेयकलाई फास्ट ट्र्याकमा पास गर्ने गरी अगाडि बढाउने निर्णय गरेको ती मन्त्रीले जानकारी दिए । यसअघिको सरकारले ल्याएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश खारेजपछि कानूनी जटिलताका कारण संवैधानिक परिषद्को बैठक बस्न समस्या परेको थियो ।   परिषद् निष्क्रिय हुँदा प्रधानन्यायाधीश र संवैधानिक निकायका प्रमुख र पदाधिकारी नियुक्तिको सिफारिश गर्न समस्या परेको छ । केपी ओली नेतृत्वको तत्कालीन सरकारले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ अध्यादेशमार्फत पटकपटक संशोधन गर्दै जारी गरेको थियो । उक्त अध्यादेशमा तीन जनामात्र उपस्थित भए पनि बैठकका लागि कोरम पुग्ने व्यवस्था गरेका कारण चर्को आलोचना भएको थियो । उक्त अध्यादेशलाई प्रतिनिधिसभाले पारित नगरेपछि निष्क्रिय भएको थियो ।

भिजिट भिसासम्बन्धी समस्या समाधानको प्रतिवेदन तयार

काठमाडौं । भिजिट भिसा र त्यसबाट उत्पन्न समस्या समाधानका उपाय सम्बन्धमा सिफारिश गर्न गठित कार्यदलले गृहमन्त्री बालकृष्ण खाणलाई आफ्नो अध्ययन प्रतिवेदन बुझाएको छ । बुधवार गृह मन्त्रालयमा आयोजित कार्यक्रममा कार्यदलका संयोजक गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले प्रतिवेदन बुझाएका हुन् । गत माघ ११ गते प्रवक्ता पोखरेलको संयोजकत्वमा गठित कार्यदलले भ्रमण गर्न योग्य व्यक्तिको पहिचान गर्ने आधार र भ्रमण गर्न आवश्यक हुने आधार के हो, कसरी छुट्ट्याउने भन्नेबारे सिफारिश गरेको छ । त्यस विषयमा वस्तुगत आधार तयार गर्न समितिले सिफारिश गरेको पोखरेलले जानकारी दिए । यो प्रतिवेदन कार्यविधि बनाएपछि कार्यान्वयनमा आउने उनले बताए । कार्यविधि बनाउन अध्यागमन विभाग, वैदेशिक रोजगार विभाग र सम्बद्ध निकायका प्रतिनिधि सम्मिलित समिति बनाउने उनको भनाइ छ । प्रतिवेदनमा भिजिट भिसासम्बन्धी मौजुदा मापदण्ड तथा कार्यविधिलाई परिमार्जन गरी लागू गर्ने, श्रम स्वीकृति प्रक्रियामा रहेका जटिलता सुधार गरी अधिकतम सरलीकृत, पारदर्शी र छिटो बनाउने, भिजिट भिसामा पठाउँदा सहजीकरण गर्ने व्यक्ति/संस्थाहरूलाई कानूनी दायरामा ल्याई जिम्मेवार बनाउने सुझाव दिइएको छ । त्यस्तै वैदेशिक रोजगारीका लागि इजाजत लिएका वैदेशिक रोजगार व्यवसायी संस्थाहरूले श्रम अनुमति नलिई भिजिट भिसामा वा अन्य तरिकाले व्यक्तिलाई विदेश पठाएको पाइएमा त्यस्ता संस्था र सञ्चालकलाई वैदेशिक रोजगार ऐन २०६४ को दफा ४४ बमोजिम कारबाही गरी रोजगारीका लागि भिजिट भिसामा विदेश पठाउने कार्यलाई निरुत्साहित गर्ने सुझाव प्रतिवेदनमा समेटिएको छ ।   कार्यदलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव शेषनारायण पौडेल, परराष्ट्र मन्त्रालयका सहसचिव हरिश्चन्द्र पौडेल, प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकाल, अध्यागमन विभागका उपसचिव प्रकाशचन्द्र अधिकारी र वैदेशिक रोजगार प्रवद्र्धन बोर्डका उपसचिव दीनबन्धु सुवेदी सदस्य थिए ।

विदेश जाँदा सुर्तीजन्य पदार्थ साथमा नबोक्नू : विमानस्थल सुरक्षा कार्यालय

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा कार्यालयले नेपालबाट विदेश जाने यात्रुलाई साथमा सुर्तीजन्य पदार्थ नबोक्न सचेत गराएको छ । कार्यालयको सूचना हिमालय एयरलाइन्सले सार्वजनिक गर्दै यस्तो जानकारी गराएको हो । वैदेशिक रोजगार विभाग र महानगरीय प्रहरी कार्यालय रानीपोखरीको पत्र राख्दै कम्पनीले यस्ता वस्तु बोकेर यात्रा नगर्न भनेको हो । सुरक्षा कार्यालयका अनुसार यात्रुले साथमा चुरोट, […]

इजरायल जानेको स्वास्थ्य परीक्षण र प्रहरी प्रतिवेदन बाँकी

काठमाडौं : वैदेशिक रोजगार विभागले रोजगारीका लागि इजरायल जान छनोट भएका कामदारको प्रहरी प्रतिवेदन र स्वास्थ्य परीक्षण गर्ने तयारी भएको वैदेशिक रोजगार विभागले जनाएको छ।उनीहरूको अबको चार दिनभित्र स्वास्थ्य परीक्षण र प्रहरी प्रतिवेदन तयार पार्न सूचना सार्वजनिक गर्ने तयारी भएको वैदेशिक रोजगार विभाग इजरायल शाखा प्रमुख डम्बर सुनुवारले जानकारी दिए। पहिलो चरणमा ५०० जनाका लागि मेडिकल र प्रहरी प्रतिवेदनका लागि सूचना सार्वजनिक गर्ने तयारी भएको विभागले जनाएको छ। इजरायलले स्वास्थ्य परीक्षणको मापदण्ड पठाइस