मकवानपुरको बकैया गाउँपालिकामा गठबन्धन विजयी

मकवानपुरको पूर्वी क्षेत्र बकैया गाउँपालिकामा गठबन्धनले जितेको छ । नेकपा एमालेका प्रमुख, उपप्रमुख उम्मेदवारलाई पराजित गर्दै गठबन्धनबाट नेपाली कांग्रेस र माओवादी केन्द्रले जितेको हो ।  प्रमुखम कांग्रेसका उम्मेदवार धर्म लामिछाने र...

सम्बन्धित सामग्री

मकवानपुरको बागमती गाउँपालिकामा गठबन्धन विजयी

मकवानपुर – मकवानपुरकाे पूर्वी गाउँपालिका बागमतीमा सत्तारुढ गठबन्धन विजयी भएको छ । सत्तारुढ गठबन्धनतर्फ नेकपा माओवादी केन्द्रका उम्मेदवार सर्केश घलान प्रमुखमा र नेपाली कांग्रेसका उम्मेदवार फणिन्द्र तिमल्सिना उपप्रमुखमा निर्वाचित हुनुभएकाे हाे । सर्केशले नेकपा एमालेका उम्मेदवार खेम जर्गामगरलाई पराजित गरेका हुन् । सर्केशले ७ हजार ३८४ मत प्राप्त गर्नुभयाे भने उहाँका प्रतिस्पर्धी खेमले ६ हजार १६६ मत पाउनुभयाे । यस्तै, उपाध्यक्षमा विजयी हुनुभएका फणिन्द्रले ७ हजार ९३५ मत तथा उपमेयरमा पराजित एमालेकी उम्म्दवार धनमाया स्य...

सुनकोशी गाउँपालिकामा गठबन्धन विजयी

सिन्धुपाल्चोक – सुनकोशी गाउँपालिकामा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का दिपा बोहोरा दाहाल र उपाध्यक्षमा नेपाली कांग्रेसका कपिल कोइराला निर्वाचित भएका हुन्। गाउँपालिकामा अध्यक्षमा निर्वाचित दिपाले पाँच हजार ३७६ मत र उपाध्यक्ष कपिलले ६ हजार ५९४ मत प्राप्त गरे । अध्यक्षका प्रतिस्पर्धी नेकपा (एमाले)का रोमनराज गिरीले पाँच हजार […]

मनहरी गाउँपालिकामा गठबन्धन विजयी

हेटौँडा : मकवानपुरको मनहरी गाउँपालिकामा सत्तारुढ गठबन्धनका उम्मेदवार विजयी भएका छन्।गठबन्धनबाट गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार रञ्जन कालाखेती र उपाध्यक्षमा नेकपा माओवादी केन्द्रकी सीता पुलामी विजयी भएका हुन्।निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम मत परिणाम अनुसार गठबन्धन तर्फका उम्मेदवार कालाखेतीले ९ हजार ३ सय १६ मत पाएका छन्। उनका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार एकराज उप्रेतीले ४ हजार ९ सय ७० मत पाए।६ हजार ४ सय ७० मतसहित नेकपा माओवादी केन्द्रकी सीत

रोल्पाको त्रिवेणी गाउँपालिकामा एमाले र काँग्रेस गठबन्धन विजयी

रोल्पाको त्रिवेणी गाउँपालिकामा एमाले/कांग्रेस गठबन्धनले जितेको छ। अध्यक्षमा एमालेका कर्णबहादुर वाठा मगरले ५ हजार ८५ मत ल्याएर विजयी भएका छन् भने उनका प्रतिद्वन्द्वी माओवादीका रेशम पुनले ४ हजार ४ सय ६३ मत ल्याए।...

राक्सिराङ गाउँपालिकामा गठबन्धन विजयी

हेटौँडा : मकवानपुरको विकट गाउँपालिका राक्सिराङको दुवै पदमा सत्तारुढ गठबन्धनको उम्मेदवार विजयी भएका छन्।गाउँपालिकाको अध्यक्षमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार राजकुमार मल्ल विजयी भएका छन्। २०७४ को निर्वाचनमा पनि अध्यक्षमा निर्वाचित मल्लले आफ्नो प्रतिद्वन्द्वीलाई नौ सय नौ मतान्तरले पराजित गरेका हुन्।मल्लले पाँच हजार ४ सय ८१ मत प्राप्त गरेका छन्। एमालेका उम्मेदवार बाबुलाल स्याङ्तानले ४ हजार ५७२ मत प्राप्त गरे। उपप्रमुखमा नेकपा माओवादी केन्द्रका वनस्थम थिङ विजयी भएका छन्। उनले ४ हजार ८

उदयपुरका चार वटा गाउँपालिकामा एमालेलाई हराउँदै गठबन्धन विजयी

उदयपुर : उदयपुरको पहाडी क्षेत्रस्थित चार गाउँपालिकामा गठबन्धन दलका उम्मेदवारले विजयी हासिल गरेका छन्। लिम्चुङबुङ, रौतामाई, उदयपुर गढी र ताप्ली गाउँपालिकामा गठबन्धनको प्यानलै निर्वाचित भएका हुन्। लिम्चुङबुङ गाउँपालिकामा गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का मेजरकुमार राईले एक हजार ८१८ मत प्राप्त गरी नेकपा (एमाले)का राजकुमार राईलाई ४४८ मतान्तरले पराजित गरे। यस्तै…

पाल्पाको रिब्दीकोट गाउँपालिकामा गठबन्धन विजयी

पाल्पा : रिब्दिकोट गाउँपालिकामा गठबन्धन विजयी भएको छ। गठबन्धनतर्फका नेकपा माओवादी केन्द्रका उम्मेदवार नारायणबहादुर कार्की पाँच हजार ७०४ मत प्राप्त गरी विजयी भएका हुन्।उनका प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार नारायणबहादुर जिसीले चार हजार ७२६ मत पाएका छन्। उपाध्यक्षमा गठबन्धनकै नेपाली कांग्रेसकी उम्मेदवार कान्ता अधिकारी विजय भएकी छिन्। उनले पाँच हजार ४७९ मत पाएकी छन्।उनका प्रतिद्वन्द्वी नेकपा एमालेकी उम्मेदवार लक्ष्मी खनालले ४ हजार ९२६ मत प्राप्त गरेकी छन्।

म्याग्दीको धवलागिरी गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा गठबन्धन विजयी

म्याग्दी – पश्चिम म्याग्दीको धवलागिरि गाउँपालिकामा सत्तापक्षीय गठबन्धन विजयी भएको छ । गाउँपालिकाको अध्यक्षमा विजयी हुनुभएका नेपाली कांग्रेसका उम्मेदवार प्रेमप्रसाद पुनले ३ हजार १ सय २३ मत ल्याउनुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका थमसरा पुनले २ हजार ५ सय ४८ मत पाउनुभएको छ ।       यसैगरी पालिकाको उपाध्यक्षमा पनि सत्तापक्षीय गठबन्धनबाट नेकपा माओवादी केन्द्रका रेशम पुनले २ हजार ८ सय १२ मत ल्याएर विजयी हुनुभएको सहायक निर्वाचन अधिकृत पूर्णबहादुर खत्रीले जानकारी दिनुभयो । उहाँका ...

संखुवासभाको मकालु गाउँपालिकामा गठबन्धन विजयी

संखुवासभा : संखुवासभाको मकालु गाउँपालिकामा गठबन्धनका उम्मेदवार विजयी भएका छन्। मकालु गाउँपालिकामा गठबन्धनका तर्फबाट अध्यक्षमा नेपाली कांग्रेसका वाङदी शेर्पा ३ हजार १७ मत ल्याएर विजयी भएका छन्।उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका भरत कटुवालले २ हजार ४ सय ७८ मत ल्याएका छन्। उनले प्रतिद्वन्द्वी कटुवाललाई  ५ सय ६९ मतले पछि पार्दै शेर्पा विजयी भएका हुन्।शेर्पा यस अघि वडा नम्बर १ का वडाध्यक्ष हुन्।उपाध्यक्षमा गठबन्धन तर्फबाट माओवादी केन्द्रका मनकला राईले २ हजार ७ सय ३९ मत ल्याएर विजयी भएकी छन

सल्यानको कुमाख गाउँपालिकामा काँग्रेस र एमालेको गठबन्धन विजयी

सल्यानको कुमाख गाउँपालिकामा नेपाली काँग्रेस र नेकपा एमालेको गठबन्धन विजयी भएको छ । अध्यक्षमा काँग्रेसका मानबहादुर बुढाथोकी ४६ मतान्तरले विजयी भएका हुन् । बुढाथोकीले ४०५८ मत ल्याए भने उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका डिल्लीराज जैसीले ४०१२ मत ल्याएको निर्वाचन अधिकृत रामहरी रिजालले रातोपाटीलाई जानकारी दिए   ।उपाध्यक्षमा पनि गठबन्धनबाट एमालेका लालबहादुर रावत विजयी भएका छन् । रावतले ४१४३ मत ल्याए भने माओवादीका धनसरा मल्लले ३९४३ मत ल्याएको उनले बताए  ।