सल्यानको कुमाख गाउँपालिकामा नेपाली काँग्रेस र नेकपा एमालेको गठबन्धन विजयी भएको छ । अध्यक्षमा काँग्रेसका मानबहादुर बुढाथोकी ४६ मतान्तरले विजयी भएका हुन् । बुढाथोकीले ४०५८ मत ल्याए भने उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका डिल्लीराज जैसीले ४०१२ मत ल्याएको निर्वाचन अधिकृत रामहरी रिजालले रातोपाटीलाई जानकारी दिए ।उपाध्यक्षमा पनि गठबन्धनबाट एमालेका लालबहादुर रावत विजयी भएका छन् । रावतले ४१४३ मत ल्याए भने माओवादीका धनसरा मल्लले ३९४३ मत ल्याएको उनले बताए ।