पाल्पाको रिब्दीकोट गाउँपालिकामा गठबन्धन विजयी

पाल्पा : रिब्दिकोट गाउँपालिकामा गठबन्धन विजयी भएको छ। गठबन्धनतर्फका नेकपा माओवादी केन्द्रका उम्मेदवार नारायणबहादुर कार्की पाँच हजार ७०४ मत प्राप्त गरी विजयी भएका हुन्।उनका प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार नारायणबहादुर जिसीले चार हजार ७२६ मत पाएका छन्। उपाध्यक्षमा गठबन्धनकै नेपाली कांग्रेसकी उम्मेदवार कान्ता अधिकारी विजय भएकी छिन्। उनले पाँच हजार ४७९ मत पाएकी छन्।उनका प्रतिद्वन्द्वी नेकपा एमालेकी उम्मेदवार लक्ष्मी खनालले ४ हजार ९२६ मत प्राप्त गरेकी छन्।