कालिका लघुवित्त र ग्रीन लाइफ हाइड्रोको संस्थापक शेयर विक्रीमा, विद्यमान संस्थापकले मात्र खरीद गर्न पाउने

काठमाडौं । आइतवार दुई कम्पनीहर...

सम्बन्धित सामग्री

कालिका लघुवित्त र विजय लघुवित्तको शेयर मूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कालिका लघुवित्त वित्तीय संस्था र विजय लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य बुधवार समायोजन भएको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यी कम्पनीले बुक क्लोज गरेसँगै नेप्सेले शेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो । नेप्सेले कालिका लघुवित्तको १९ प्रतिशत र विजय लघुवित्तको २० प्रतिशत बोनस शेयरको समायोजन गरेको हो । समायोजनपश्चात् विजय लघुवित्तको शेयर मूल्य रू. ६५८ दशमलव ३३ र कालिका लघुवित्तको रू. ६५९ दशमलव ६६ कायम भएको छ ।  नेप्सेले बुधवार कारोबार दिनको अन्तिम मूल्यका आधारमा यी कम्पनीको शेयर मूल्य समायोजन गरेको हो । बुधवार दोस्रो बजारमा कालिका लघुवित्तको शेयर मूल्य प्रतिकित्ता रू. ७८५ र विजय लघुवित्तको शेयर मूल्य रू. ७९० मा अन्तिम कारोबार भएको थियो । यही समायोजित मूल्यलाई आधार मानेर बिहीवारदेखि  दोस्रो बजारमा यी दुवै कम्पनीकोे शेयर कारोबार खुल्नेछ ।

कालिका लघुवित्तले २० प्रतिशत लाभांश दिने

९ माघ, काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्थाले २० प्रतिशत लाभांश दिने भएको छ । ६ माघ, शुक्रबार बसेको लघुवित्त सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को सञ्चित मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । लघुवित्तले सेयरधनीलाई काल कायम रहेको चुक्ता पूँजी ३१ करोड २८ लाख ७५ हजार ४११ रुपैयाँको १९ प्रतिशत बोनस […]

५ हजार कित्ता संस्थापक शेयर विक्री गर्दै कालिका लघुवित्त

जेठ १३, काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले ५ हजार कित्ता संस्थापक शेयर आज (शुक्रवार) देखि लिलामीमा विक्री खुला गरेको छ ।  कम्पनीले कृष्ण प्रसाद रिजालको नाममा रहेको उक्त शेयर विद्यमान संस्थापक शेयरधनीहरुलाई पहिलो प्राथमिकता दिई विक्री खुला गरेको हो । कम्पनीको जेठ १० गतेको सञ्चालक समितिको निर्णय बमोजिम उक्त शेयर विक्रीमा आएको हो ।  यो शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले आगामी ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय पोखरा, कास्कीमा लिखित जानकारी दिनु पर्नेछ ।  तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरुबाट आवेदन प्राप्त नभएमा भने अन्य व्यक्ति तथा संस्थाहरुमा यी शेयर विक्री गरिने जानकारी कम्पनीले दिएको छ ।

कालिका लघुवित्तको अध्यक्षमा चन्द्रबहादुर क्षेत्री नियुक्त

पोखरामा केन्द्रीय कार्यालय रहेको कालिका लघुवित्त वित्तीय संस्थाको अध्यक्षमा चन्द्रबहादुर क्षेत्री नियुक्त भएका छन् । संस्थाको आज बसेको सञ्चालक समितिको बैठकको निर्णयानुसार उनलाई सर्वसम्वत रुपमा अध्यक्ष पदमा चयन गरिएको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।यसअघिका अध्यक्ष कृष्ण खाँड वालिङ नगरपालिकाको मेयरमा निर्वाचित भएपछि सो जिम्मेवारीमा कालिका लघुवित्तको बोर्डले क्षेत्रीलाई सर्वसम्मत चयन गरेको बताइएको छ । महाशीला गाउँपालिका वडा नं.४ पाखापानी पर्वत स्थायी ठेगाना भई हाल कुस्मा नगरपालिका व

कालिका लघुवित्तको गोष्ठी

कालिका लघुवित्त वित्तीय संस्थाका सम्पूर्ण शाखाका शाखाप्रमुख स्तरीय २ दिने गोष्ठी सम्पन्न भएको छ।...

कालिका लघुवित्त र अजोड इन्स्योरेन्सको साधारण सभा मंगलवार हुँदै

वैशाख ६, काठमाडौं । दुई ओटा अलग - अलग कम्पनीको साधारण सभा मंगलवार हुन लागेको छ । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड र अजोड इन्स्योरेन्स कम्पनीले मंगलवार साधारण सभा गर्न लागेका हुन् । कालिका लघुवित्तले बिहान ८ बजे होटल टास्क इन्टरनेशनल प्रालि कास्कीमा साधारण सभा बोलाएको हो । सभाले गत आवको मुनाफाबाट १० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । गत चैत २१ गतेसम्म कायम शेयरधनीले लाभांश पाउनेछन् । त्यसैगरी अजोड इन्स्योरेन्स कम्पनीले सभा युनाइटेड वल्र्ड सेन्टर त्रिपुरेश्वरमा बिहान ११ बजे गर्न लागेको हो ।  सभाले आव २०७६/ ७७ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नेछ । सभाले लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने र सर्वसाधारण शेयरधनीको तर्फबाट सञ्चालक पदमा दूई जनाको निर्वाचन गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

एकैदिन ११ कम्पनीको सेयर कारोबार रोक्का

२६ माघ, काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्थासहित ११ कम्पनीहरुको सेयर कारोबार रोक्का भएको छ । नेपाल धितोपत्र बोर्डको निर्देशन पछि नेपाल स्टक एक्सचेञ्जले ३ बैंक तथा वित्तीय संस्था, १ बिमा कम्पनी र ७ वटा हाइड्रोपावर कम्पनीहरुको सेयर कारोबार रोक्का गरिदिएको हो । बैंक तथा वित्तीय संस्थाहरु तर्फ कालिका लघुवित्तसहित नेशनल माइक्रोफाइनान्स र कर्णाली डेभलपमेन्ट […]