जेठ १३, काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले ५ हजार कित्ता संस्थापक शेयर आज (शुक्रवार) देखि लिलामीमा विक्री खुला गरेको छ ।
कम्पनीले कृष्ण प्रसाद रिजालको नाममा रहेको उक्त शेयर विद्यमान संस्थापक शेयरधनीहरुलाई पहिलो प्राथमिकता दिई विक्री खुला गरेको हो । कम्पनीको जेठ १० गतेको सञ्चालक समितिको निर्णय बमोजिम उक्त शेयर विक्रीमा आएको हो ।
यो शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले आगामी ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय पोखरा, कास्कीमा लिखित जानकारी दिनु पर्नेछ ।
तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरुबाट आवेदन प्राप्त नभएमा भने अन्य व्यक्ति तथा संस्थाहरुमा यी शेयर विक्री गरिने जानकारी कम्पनीले दिएको छ ।