पर्वत : मौसम परिवर्तनको बेला नजिकिएसँगै पर्वत अस्पतालमा बिरामीहरूको चाप उच्च बनेको छ।सामान्यतः इमर्जेन्सीमा बाहेक दैनिक ५०/६० जना बिरामीले परीक्षणका लागि नाम दर्ता गराउने गरेको भए पनि पछिल्लो समय दैनिक डेढ सयभन्दा बढी हुने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. ढुण्डिराज पौडेलले बताए।‘सामान्य अवस्थाको तुलनामा करिब दोब्बरले बिरामीहरूको संख्या बढिरहेको छ। हामीले एकै दिनमा १७० जनासम्मको स्वास्थ्य परीक्षण यो बेलामा गरेका छौं‚’ उनले भने, ‘आएकामध्ये ५० प्रतिशत दीर्घ रोग भएर नियमित