काठमाडौं,२३ जेठ । अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेट तयार पार्ने क्रममा कुनैपनि अनधिकृत व्यक्तिलाई प्रवेश नगराएको प्रष्टीकरण दिएका छन् । प्रतिनिधिसभामा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै महतले अवकासप्राप्त नायव सुब्बालाई बजेट वक्तव्य टाइप गर्नमात्रै मन्त्रालयमा ल्याइएको प्रष्टीकरण दिएका छन् । “निर्णय प्रक्रियामा मसहित सचिवहरू तथा महानिर्देशक मात्र संलग्न थियौँ,” उनले भने, “हामीले भनेअनुसार टाइप गराउने […]